Khabar Dabali २० असार २०८३ शनिबार | 4th July, 2026 Sat
Investment bank

उर्जामन्त्री रायमाझी भन्छन्– एक वर्षभित्रै लोडसेडिङ अन्त्य

\"top_bdr_rayamajhi\"पर्वत । उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले एक वर्षमै लोडसेडिङ अन्त्य हुने दाबी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षभित्रमै लोडसेडिङ अन्त्य हुने भाषणलाई उडाइरहेक बेला एमाओवादी नेता तथा ऊर्जामन्त्री रायमाझीले पनि एक वर्षभित्रै नेपाललाई लोडसेडिङ मुुक्त गर्ने सरकारको महंत्वकांक्षी योजना सुनाए । शुक्रबार विहान पर्वत सदरमुकाम कुश्माबजारमा भएको कार्यकर्ता भेटघाटमा उनले एक वर्ष भित्रमा झन्डै २ सय ५० मेगावाटका जलविद्युत आयोजना सम्पन्न भई विद्युत उत्पादन थाल्ने भएकाले त्यसपछि लोडसेडिङ अन्त्य हुने दाबी गरेका हुन् । उपप्रधानमन्त्री रायमाझीले सबै निर्माणाधिन आयोजनाहरु फाष्ट ट्रयाकबाट पुरा गरेर एक लोडसेडिङ अन्त्य गर्ने ठोकुवा गरे ।  उनले नाकावन्दीको प्रभावका बीचमा पनि सबै आयोजनाहरुलाई आवश्यक इन्धन तथा कच्चा पदार्थ राज्यले उपलव्ध गराएको बताउँदै अन्तिम चरणमा पुगेका योजनाहरुले विद्युत उत्पादनका लागि तीब्ररुपमा काम अघि बढाएको बताए । उर्जा संकटकाल घोषणा गरिने उपप्रधान तथा उर्जामन्त्री रायमाझीले उर्जा संकटकाल घोषणा गरेर विद्युतमै आत्मनिर्भर बनाइने बताए । तीब्र गतिमा काम गरी उर्जासंकट समाधान गरिने उनको भनाइ छ । सरकारले दीर्घकालीन योजना निर्माण गरेर लागु गर्ने चरणमा रहेको पनि मन्त्री रायमाझीले बताए । उनले नेपालमा तेल र ग्यासको अभावका कारण विद्युतको माग बढी भएको बताउँदै विद्युतको माग बढी भएकै कारण लोडसेडिङ पनि बढाउनुपर्ने बाध्यता रहेको बताए । १० वर्षभित्रमा १० हजार मेगावाट विद्युत उत्पादन गर्ने गरी सरकारले कार्ययोजना अघि बढाइसकेको उनको भनाइ छ । इन्धन नहुँदा विजुलीबाट नै खाना पकाउनेदेखि सबै काम गर्नुपर्दा ट्रान्सफरमरले नधानेर साढे पाँच सय भन्दा बढी जलेको कारण लोडसेडिङ बढाउनुपरेको उनको भनाइ थियो । उर्जामन्त्री रायमाझीले शुक्रवार विहानै पर्वतको कुश्मा नगरपालिका– १२ मा निर्माणाधीन तल्लो मोदीखोला जलविद्युत परियोजनाको निरीक्षण गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending