Khabar Dabali २० असार २०८३ शनिबार | 4th July, 2026 Sat
Investment bank

नेपालको पूर्वाधार विकासमा लगानी बढाउन चीन तयार

\"agni काठमाडौं । नेपालको शिक्षा, स्वास्थ्य तथा सामुदायिक पूर्वाधार विकासमा लगानी चीन तयार देखिएको छ । वन तथा भूसंरक्षण मन्त्री अग्नि सापकोटासँग चीनकाे बेइजिङमा चिनिया कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री छन फङसियानले भेट गरी यस्तो प्रतिवद्धता जनाएका हुन् । उपमन्त्री फङसियानले नेपालले प्रस्ताव गरेको तातोपानी–खासा र रसुवागढी–केरुङ सडकखण्डलार्इ \'ग्रीन इकोनोमिक बेल्ट\'का रूपमा विकास गर्न चीनको सहयोग दिलाउने प्रतिबद्धता दोहो¥याए । उनले भूकम्पपछिको नेपालको पुननिर्माणमा पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएको मन्त्री सापकोटाको निजी सचिवालयले जनाएको छ । भूकम्पका कारण अवरुद्ध बनेको तातोपानी नाकाको चीनतर्फको भागमा देखिएको समस्या छिटो हल गरी शीघ्र नाका सुचारु गर्ने चिनिया उपमन्त्रीको प्रतिबद्धता छ । त्यसैगरी भक्तपुरको सूर्यविनायकमा निर्माण गरिन लागेको जुलोजिक पार्क (प्राणी उद्यान) मा पार्टीको तर्फबाट आर्थिक तथा प्राविधिक सहयोग गर्ने उनले बताए । बनमन्त्री सापकाेटासहित चीन गएकाे नेपाली टाेलीले जैविक विकासका सन्दर्भमा बुधबार विभिन्न १२ बुँदामा सहमति गरेकाे थियो । झण्डै डेढघण्टा भएको कुराकानीमा वनमन्त्री सापकोटाले भूकम्पलगत्तै राहत र उद्दार कार्यमा चीनले खेलेको भूमिका र पुनर्निर्माणका लागि देखाएको प्रतिबद्धताका साथै नेपाल–भारत सीमामा नाकाबन्दीपछि असहज अवस्थामा पेट्रोलियम पदार्थ सहयोग गरेकामा पनि धन्यवाद दिए । उपमन्त्री फङसियानले संविधान निर्माणमा एमाओवादी पार्टी र नेतृत्वले खेलेको भूमिकाको उच्च प्रशंसा गरेका थिए । अघिल्लो वर्ष आई पिङलाई विस्थापित गरी विदेश विभागको उपमन्त्री नियुक्त भएपछि छनले नेपाल भ्रमण गरेका थिए।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending