Khabar Dabali २० असार २०८३ शनिबार | 4th July, 2026 Sat
Investment bank

समाजवाद निर्माणका लागि मजदुर किसानको संयन्त्र आवश्यकः प्रचण्ड

\"cm_prachanda काठमाडौं । एमाओवादी अध्यक्ष प्रचण्डले समाजवादको आधारका लागि तल्लो तहमा मजदूर र किसानको संयन्त्र निर्माण गर्नुपर्ने बताएका छन् । राजधानीको बबरमहलमा पार्टीको ३ नम्बर प्रदेशको वैचारिक तथा राजनीतिक प्रशिक्षण कार्यक्रममा नेता—कार्यकर्ताहरुलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । उनले भने,‘समाजवाद निर्माणको अभियानका लागि जनतामा गएर नै सहिद तथा बेपत्ता योद्धाहरुको सपना पुरा गर्न सकिन्छ ।’ प्रचण्डले अबको हाम्रो संस्कृति र अर्थनीति समाजवादी क्रान्ति उन्मुख हुनुपर्नेमा जोड दिए । केन्द्रीय समितिको बैठकले समाजवादी क्रान्तिको आधार तयार पारेको र सोही आधारमा बिचारको विकास गर्न जरुरी भएको उनको भनाई थियो । उनले भने,‘०७३ सालको अन्त्यसम्ममा महाधिवेशन अघि समाजवादी क्रान्तिको वैचारिक संश्लेषण गर्नुपर्छ ।’ अध्यक्षले एमाओवादी पार्टी रुपान्तरण नभए राष्ट्रको भविश्य पनि नरहने बताए । अहिलेसम्मका प्रदेशका बैठक तथा प्रशिक्षणहरुमा नेता कार्यकर्ताका साथै जनतामा उत्साह आएको उनको भनाई थियो । उनले भने, ‘विज्ञान र कलाको प्रयोग गरी संविधान जारी भएकाले हामीप्रति जनताको विश्वास पलाएको छ ।’ प्रचण्डले संविधान बन्न नदिन धेरै घेराबन्दी र चलखेलहरु परास्त गरी संविधान जारी गरेको जिकिर गरे । ‘हामी जस्तो सुकै दुःख पनि सहन तयार छौं तर राष्ट्रको शिर झुक्न दिन्नौं । ‘पार्टी नेतृत्वको सानो गल्तिले पनि पार्टी बिग्रने र त्यो गल्ति सच्चाउँदा पार्टी बन्ने रहेछ ।’ ’ उनले भने । अध्यक्षले पार्टीको संगठन निर्माणमा ध्यान केन्द्रित गर्न र जनताका उत्पादन क्रियाकलापमा सहभागी बन्न कार्यकर्तामा निर्देशन समेत दिए । उनले अहिलेको मुख्य चुनौति संगठन निर्माण रहेको पनि बताए । उनले भने, ‘माओवादी भनेको पहिचान हो । हामीले जनता र राष्ट्रको पक्षमा जिम्मेवारीबोध गर्नुपर्छ । पार्टी भनेको पद्दति हो । अब हामी पद्दतिमा जानुपर्छ । अब सबै माओवादी क्रान्तिकारीहरुलाई एकजुट बनाउनु पर्छ । बिचार र राजनीतिमा एकमत भएर नै पार्टी एकता हुन्छ । ’ प्रचण्डले काँग्रेसलाई पनि सरकारमा सामेल गराएर राष्ट्रिय सहमतिको सरकारमा आउन आव्हान गरे । उनले भने, ‘काँग्रेस सरकारमा सहभागी भए संविधान कार्यान्वयन र राष्ट्रिय स्वाधीनताका लागि सहज हुन्छ । तीन पार्टीबीच मधेसको समस्या समाधान गर्न छलफल भइरहेको छ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending