Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

काँग्रेस कार्यालयमा अनशन गर्ने थपिँदै

काठमाडौँ,। नेपाली काँग्रेस केन्द्रीय कार्यालय सानेपामा क्रियाशील सदस्यताका सम्बन्धमा विभिन्न माग राखी अनशन गर्ने नेता – कार्यकर्ता दिनहुँ थपिँदै गएका छन् । \"1 काँग्रेसको १३औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टी केन्द्रीय कार्यालयमा यसअघि विभिन्न जिल्लाका नेता कार्यकर्ताको अनशन जारी रहेकामा आजदेखि कैलाली जिल्ला पनि थपिएको छ । कैलाली काँग्रेसमा आफ्ना पक्षका नयाँ क्रियाशील सदस्यता नियतवश सदर नगरिएको भन्दै संस्थापन पक्षका गोविन्दराज जोशी, जङ्गबहादुर साउद, यज्ञनिधि कोइराला, कालकृष्ण न्युरे, क्षितिज भण्डारीलगायतले आजदेखि रिले अनशन सुरु गरेको बताएका छन् । उहाँहरुले काँग्रेस कैलालीद्वारा केन्द्रमा दर्ता गराइएका सबै नयाँ क्रियाशील सदस्यता फाराम सदर गर्नुपर्ने र मनोमानी पक्षपातपूर्ण व्यवहार अन्त्य गरी समान न्याय स्थापित गर्न माग गर्दै अनशन सुरु गरेको बताए । यसअघि काँग्रेस केन्द्रीय कार्यालयमा डोल्पा काँग्रेसका सभापति टङ्कप्रसाद उपाध्यायले जिल्लाबाट पठाइएको सदस्यतालाई हुबहु लागू गर्नुपर्ने अडानका साथ आमरण अनशन बसेका छन भने केन्द्रीय सदस्य मोहम्मद अफ्ताफ आलम रौतहट पार्टी सभापति कृष्ण यादवले पार्टीको विधानको पालना नगरी क्रियाशील बाँडेको भन्दै अनशनमा छन् । त्यस्तै काँग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसी र सोलुखुम्बु पार्टी सभापति आङ्गेलु शेर्पाले एकलौटी ढङ्गले विधि, विधान र नियमावलीलाई मिचेर क्रियाशील सदस्यता वितरण गरेको भन्दै अनशन बसेका् बताए । केन्द्रीय सदस्य केसीले क्रियाशील सदस्यलाई मान्यता नदिनुपर्ने अडानका साथ रिले अनशन थालेको केही दिनपछि सोलुखुम्बुाक आङ्गेलु शेर्पा र रौतहटका पार्टी सभापति कृष्ण यादवले आफूले केन्द्रलाई बुझाएको सदस्यतालाई नै आधिकारिता दिनुपर्ने भन्दै अनशन थालेको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: