Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

सीमांकन हेरफेर गर्न तयार छौ :- कांग्रेस

काठमाडौं । तीन दल र मधेसी मोर्चाको कार्यदलमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसले नयाँ ट्रयाकबाट सम्वाद थाल्ने प्रस्ताव गरेको छ । शान्ति मन्त्रालयमा भएको कार्यदलस्तरीय वार्तामा कांग्रेसले सीमांकन हेरफेरका लागि तयार भएको बताएको हो । तर पहिले राजनीतिक संयन्त्र बनाउने र त्यसको कार्य्विधिमा राज्य पुनसंरचना आयोग र समितिले बनाएको सैद्धान्तिक आधारलाई नै राख्नुपर्ने कांग्रेसको प्रस्ताव छ ।\"3-party-and-morcha-task-force-400\" कार्य दलका एक सदस्यका अनुसार बिहीबारको वार्तामा कांग्रेसका महेश आचार्यले नयाँ ट्रयाकबाट सम्वाद थाल्ने प्रस्ताव राखेका हुन् । आचार्यले मधेसी मोर्चाले अघि सारेको ११ बुँदे मागमाथि आफ्नो धारणा राख्दै राज्य पुनर्सरचना समिति र आयोगले बनाएको सैद्धान्तिक आधारमा कांग्रेस र एमालेको समेत सहमति रहेको भन्दै उनले त्यसलाई नै संयन्त्रको कार्य्विधिमा राख्न प्रस्ताव गरेका थिए । कांग्रेसले पहिलो संविधानसभाको राज्य पुनर्सरचना समितिले सर्वसम्मत आधारमा पहिचानका पाँच र सामर्थ्यका चार आधार बनाएको थियो । तर, सात प्रदेशको सीमांकन गर्दा त्यसलाई पूर्णरुपमा आत्मसाथ नगरिएको भन्दै विज्ञहरुले नै सीमांकनमा प्रश्न उठाउँदै आएका छन् । काग्रेसले निर्वाचन क्षेत्र निर्धारणका हकमा संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावमा अर्को संशोधन राखेर प्रदेशको जनसंख्या भन्ने शब्द थप्ने र प्रत्येक निर्वाचन क्षेत्रमा समान जनसंख्या बनाउन यथासम्भव प्रयास गर्ने बताएको छ । कार्यदलको बैठकमा एमालेका भीम रावलले भने संविधान संशोधन प्रस्तावमा जोड दिएका थिए । संशोधन प्रस्तावमा संशोधन दर्ताका लागि दिएको समय आजै सकिने भएकाले यसमा सहमति खोज्न रावलले जोड दिएको एक सदस्यले जानकारी दिए । जवाफमा मधेसी मोर्चाका नेताहरुले भने दुईवटा विषयमा मात्र सहमति हुन नसक्ने बताएका छन् । उनीहरुले सकारात्मक सन्देश दिन चाहेको हो भने समानुपातिक समावेशीको क्लस्टर पुनारावलोकन गर्न र जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण सुनिश्चित गर्न सुुझाव दिएका छन् । कांग्रेस नेता आचार्यले राखेको प्रस्तावमा भने मोर्चाका नेताहरु सकारात्मक देखिएको स्रोतले बतायो ।कार्यदलको बैठकमा एकीकृत नेकपा माओवादीका महासचिव कृष्णबहादुर महरा अनुपस्थित थिए । उनको स्थानमा गृहमन्त्री शक्ति बस्नेत बैठकमा सहभागी थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending