Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

सीमांकन हेरफेर गर्न तयार छौ :- कांग्रेस

काठमाडौं । तीन दल र मधेसी मोर्चाको कार्यदलमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसले नयाँ ट्रयाकबाट सम्वाद थाल्ने प्रस्ताव गरेको छ । शान्ति मन्त्रालयमा भएको कार्यदलस्तरीय वार्तामा कांग्रेसले सीमांकन हेरफेरका लागि तयार भएको बताएको हो । तर पहिले राजनीतिक संयन्त्र बनाउने र त्यसको कार्य्विधिमा राज्य पुनसंरचना आयोग र समितिले बनाएको सैद्धान्तिक आधारलाई नै राख्नुपर्ने कांग्रेसको प्रस्ताव छ ।\"3-party-and-morcha-task-force-400\" कार्य दलका एक सदस्यका अनुसार बिहीबारको वार्तामा कांग्रेसका महेश आचार्यले नयाँ ट्रयाकबाट सम्वाद थाल्ने प्रस्ताव राखेका हुन् । आचार्यले मधेसी मोर्चाले अघि सारेको ११ बुँदे मागमाथि आफ्नो धारणा राख्दै राज्य पुनर्सरचना समिति र आयोगले बनाएको सैद्धान्तिक आधारमा कांग्रेस र एमालेको समेत सहमति रहेको भन्दै उनले त्यसलाई नै संयन्त्रको कार्य्विधिमा राख्न प्रस्ताव गरेका थिए । कांग्रेसले पहिलो संविधानसभाको राज्य पुनर्सरचना समितिले सर्वसम्मत आधारमा पहिचानका पाँच र सामर्थ्यका चार आधार बनाएको थियो । तर, सात प्रदेशको सीमांकन गर्दा त्यसलाई पूर्णरुपमा आत्मसाथ नगरिएको भन्दै विज्ञहरुले नै सीमांकनमा प्रश्न उठाउँदै आएका छन् । काग्रेसले निर्वाचन क्षेत्र निर्धारणका हकमा संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावमा अर्को संशोधन राखेर प्रदेशको जनसंख्या भन्ने शब्द थप्ने र प्रत्येक निर्वाचन क्षेत्रमा समान जनसंख्या बनाउन यथासम्भव प्रयास गर्ने बताएको छ । कार्यदलको बैठकमा एमालेका भीम रावलले भने संविधान संशोधन प्रस्तावमा जोड दिएका थिए । संशोधन प्रस्तावमा संशोधन दर्ताका लागि दिएको समय आजै सकिने भएकाले यसमा सहमति खोज्न रावलले जोड दिएको एक सदस्यले जानकारी दिए । जवाफमा मधेसी मोर्चाका नेताहरुले भने दुईवटा विषयमा मात्र सहमति हुन नसक्ने बताएका छन् । उनीहरुले सकारात्मक सन्देश दिन चाहेको हो भने समानुपातिक समावेशीको क्लस्टर पुनारावलोकन गर्न र जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण सुनिश्चित गर्न सुुझाव दिएका छन् । कांग्रेस नेता आचार्यले राखेको प्रस्तावमा भने मोर्चाका नेताहरु सकारात्मक देखिएको स्रोतले बतायो ।कार्यदलको बैठकमा एकीकृत नेकपा माओवादीका महासचिव कृष्णबहादुर महरा अनुपस्थित थिए । उनको स्थानमा गृहमन्त्री शक्ति बस्नेत बैठकमा सहभागी थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: