Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

प्रधानमन्त्री ओलीको भारत भ्रमणको रहस्य

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः छिमेकी राष्ट्र भारतको पहिलो भ्रमण गरेर आफ्नो औपचारिक विदेश यात्राको आरम्भ गर्ने भएका छन् । ओली यस्ता प्रधानमन्त्री हुन्, जो संविधानसभाबाट नयाँ संविधान जारी भएपछि नयाँ संवैधानिक प्रक्रियाबाट प्रधानमन्त्री बनेका हुन् । भलै अहिलेको सरकार संक्रमणकालिन अवस्थाको भनेर संविधानले दिएको अधिकार भन्दा बढी सदस्य मन्त्रिपरिषद बनाइएको किन नहोस् । \"kp-oli1\"प्रमुख तीन दलले सीमांकनमा गरेको सहमतिको विरोधमा मधेसमा आन्दोलन थालियो ।आन्दोलनकैबीच केही मधेसवादी दलहरुले संविधानसभाको पछिल्लो प्रक्रिया नै बहिष्कार गरे । विरोधकैबीच नयाँ संविधान जारी गरी प्रधानमन्त्री बनेका ओलीको राष्ट्रियताको अडानकै कारण भारतले दुःख दिइरहेको अधिकांशको बुझाइ छ । संविधानप्रति नै असन्तुष्टी जनाएर चार महिनादेखि भारतले नाकाबन्दी गर्दा पनि ओली नझुकेको भन्दै एमालेवृत्तमा चर्का भाषण गरिएका छन् । तर मुलुकले संकटग्रस्त अवस्था भोगे पनि भारतको विकल्प भने सरकारले अघि सार्न सकेको छैन । संविधान जारी गर्ने अन्तिम समयमा भारतले दिएको आदेशको समेत पालना नगर्ने हठि नेताका रुपमा तारिफ गरिएका प्रधानमन्त्री ओली अन्ततः भारतको पहिलो भ्रमण गरेर भारतसँगकै सम्बन्धलाई बलियो बनाउन खोज्दैछन् । यसकारण ओलीको भारत भ्रमण गम्भीर संकटकाबीच प्रधानमन्त्री बनेका ओेलीले दुई चार दिनमा मधेस आन्दोलन रोकिन्छ भन्ने ठानेका थिए । उल्टै मधेस आन्दोलनलाई साथ दिँदै भारतले समेत नाकाबन्दी गरिदियो । भारतले नाकाबन्दी गरे पनि धेरै दिन गर्दैन भन्नेमा ओली विश्वास्त थिए । तर भारतले नाकाबन्दी खोल्ने छाँट नदेखाएपछि भारतको विकल्पका खोज्ने भाषणबाजी गरे । आम नागरिकले पनि भारतको विकल्प खोज्नुपर्ने सुझाव दिएपछि चीनतिर हात बढाउन खोजे पनि ओली सफल भएनन् । उनले सोंचेजस्तो न त मधेस आन्दोलन रोकियो, न त भारतले नाकाबन्दी नै फिर्ता लियो । चीनबाट र अन्य मुलुकसँगको सम्झौतालाई पनि उनले सम्भव तुल्याउन सकेनन् । राष्ट्रियताको नारा दिएर मात्रै मुलुकको संकट नटर्ने भएपछि अन्ततः उनी भारतसँग नै सम्बन्ध राख्न चाहे । भारतले बोलाएमा आफ्नो पहिलो भ्रमण भारत नै हुन सक्ने भन्दै भारत भ्रमणका लागि खुट्टा उचालेपछि मोदीले तत्काल भारत भ्रमणको ‘सुपारी’ दिए । मोदीको निम्तो पाएपछि उनी आगामी फेबु्रुअरीमा भारत भ्रमणमा जाने तयारी गरेका छन् । राष्ट्रवादी भन्नेहरुलाई नै गलपासो भारतको आदेश नमान्ने बरु साइकल चढ्ने भन्दै सत्ता साझेदार प्रमुख दल एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले संविधान जारी भएलगत्तै खुलामञ्चबाट भाषण दिएका थिए । राष्ट्रियतामा झुकिन्न बरु साइकल चढिन्छ भने पनि सरकारले संकट समाधानका अहिलेसम्म पनि कुनै विकल्प दिन सकेको छैन । अन्य कुनै विकल्प दिन असफल भएपछि सरकार समर्थक दलहरुले पनि हात झिक्न सक्ने डरले प्रधानमन्त्री ओलीले राष्ट्रियतालाई तिलाञ्जली दिएर भारत भ्रमण गर्न कस्सिएका हुन् । ओलीको यस्तो कदमले ओली राष्ट्रवादी नेता भन्नेहरुलाई गलपासो भएको छ । प्रचण्ड जस्तै प्रधानमन्त्री छाड्नुपर्ने डर सन् २००८ मा तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री भएपछिको आफ्नो पहिलो भ्रमण चीन बनाएका थिए । चीनको पहिलो भ्रमणले गर्दा नै भारत प्रचण्डसँग सधैं चिढियो र सरकारलाई लामो समय टिक्न दिएन । त्यसैले प्रधानमन्त्री ओलीले भारतलाई चिढाएर आफ्नो सत्ता गुमाउन चाहेका छैनन् । त्यसैले भारतसँगको सम्बन्ध बढाएर उनी आफ्नो सत्ता लम्ब्याउन चाहेको राजनीतिक विश्लेषकहरु बताउँछन् । प्रधानमन्त्री केपी शर्मा ओली निकै रोगी पनि छन् । उनको स्वास्थ्य अवस्था कमजोर भएकै कारण उनी जतिसक्दो चाँडो प्रधानमन्त्री बन्न चाहन्थे । विरामी भएकै बेलामा पनि उनले त्यस्तै खालका अभिब्यक्ति दिएका थिए । उनको अन्तिम इच्छा पु¥याइदिनकै लागि एमालेका झलनाथ खनाल र माधव नेपाल गुटले पनि साथ दियो । सबैको साथ पाएपछि प्रधानमन्त्री भए । एक पटक प्रधानमन्त्रीको नाम लेखाउने र सिंहदरबारमा फाटो झुण्ड्याउने चाहना पनि पूरा भएको छ । प्रधानमन्त्री ओलीले आगामी फेब्रुअरीमा पहिलो विदेश भ्रमणको रुपमा भारत जाने उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले स्पष्ट गरिदिएका छन् । ओली फेब्रुअरी दोस्रो तया तेस्रो हप्ता भारत भ्रमणमा निस्किनेछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: