Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

प्रधानमन्त्री ओलीको भारत भ्रमणको रहस्य

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः छिमेकी राष्ट्र भारतको पहिलो भ्रमण गरेर आफ्नो औपचारिक विदेश यात्राको आरम्भ गर्ने भएका छन् । ओली यस्ता प्रधानमन्त्री हुन्, जो संविधानसभाबाट नयाँ संविधान जारी भएपछि नयाँ संवैधानिक प्रक्रियाबाट प्रधानमन्त्री बनेका हुन् । भलै अहिलेको सरकार संक्रमणकालिन अवस्थाको भनेर संविधानले दिएको अधिकार भन्दा बढी सदस्य मन्त्रिपरिषद बनाइएको किन नहोस् । \"kp-oli1\"प्रमुख तीन दलले सीमांकनमा गरेको सहमतिको विरोधमा मधेसमा आन्दोलन थालियो ।आन्दोलनकैबीच केही मधेसवादी दलहरुले संविधानसभाको पछिल्लो प्रक्रिया नै बहिष्कार गरे । विरोधकैबीच नयाँ संविधान जारी गरी प्रधानमन्त्री बनेका ओलीको राष्ट्रियताको अडानकै कारण भारतले दुःख दिइरहेको अधिकांशको बुझाइ छ । संविधानप्रति नै असन्तुष्टी जनाएर चार महिनादेखि भारतले नाकाबन्दी गर्दा पनि ओली नझुकेको भन्दै एमालेवृत्तमा चर्का भाषण गरिएका छन् । तर मुलुकले संकटग्रस्त अवस्था भोगे पनि भारतको विकल्प भने सरकारले अघि सार्न सकेको छैन । संविधान जारी गर्ने अन्तिम समयमा भारतले दिएको आदेशको समेत पालना नगर्ने हठि नेताका रुपमा तारिफ गरिएका प्रधानमन्त्री ओली अन्ततः भारतको पहिलो भ्रमण गरेर भारतसँगकै सम्बन्धलाई बलियो बनाउन खोज्दैछन् । यसकारण ओलीको भारत भ्रमण गम्भीर संकटकाबीच प्रधानमन्त्री बनेका ओेलीले दुई चार दिनमा मधेस आन्दोलन रोकिन्छ भन्ने ठानेका थिए । उल्टै मधेस आन्दोलनलाई साथ दिँदै भारतले समेत नाकाबन्दी गरिदियो । भारतले नाकाबन्दी गरे पनि धेरै दिन गर्दैन भन्नेमा ओली विश्वास्त थिए । तर भारतले नाकाबन्दी खोल्ने छाँट नदेखाएपछि भारतको विकल्पका खोज्ने भाषणबाजी गरे । आम नागरिकले पनि भारतको विकल्प खोज्नुपर्ने सुझाव दिएपछि चीनतिर हात बढाउन खोजे पनि ओली सफल भएनन् । उनले सोंचेजस्तो न त मधेस आन्दोलन रोकियो, न त भारतले नाकाबन्दी नै फिर्ता लियो । चीनबाट र अन्य मुलुकसँगको सम्झौतालाई पनि उनले सम्भव तुल्याउन सकेनन् । राष्ट्रियताको नारा दिएर मात्रै मुलुकको संकट नटर्ने भएपछि अन्ततः उनी भारतसँग नै सम्बन्ध राख्न चाहे । भारतले बोलाएमा आफ्नो पहिलो भ्रमण भारत नै हुन सक्ने भन्दै भारत भ्रमणका लागि खुट्टा उचालेपछि मोदीले तत्काल भारत भ्रमणको ‘सुपारी’ दिए । मोदीको निम्तो पाएपछि उनी आगामी फेबु्रुअरीमा भारत भ्रमणमा जाने तयारी गरेका छन् । राष्ट्रवादी भन्नेहरुलाई नै गलपासो भारतको आदेश नमान्ने बरु साइकल चढ्ने भन्दै सत्ता साझेदार प्रमुख दल एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले संविधान जारी भएलगत्तै खुलामञ्चबाट भाषण दिएका थिए । राष्ट्रियतामा झुकिन्न बरु साइकल चढिन्छ भने पनि सरकारले संकट समाधानका अहिलेसम्म पनि कुनै विकल्प दिन सकेको छैन । अन्य कुनै विकल्प दिन असफल भएपछि सरकार समर्थक दलहरुले पनि हात झिक्न सक्ने डरले प्रधानमन्त्री ओलीले राष्ट्रियतालाई तिलाञ्जली दिएर भारत भ्रमण गर्न कस्सिएका हुन् । ओलीको यस्तो कदमले ओली राष्ट्रवादी नेता भन्नेहरुलाई गलपासो भएको छ । प्रचण्ड जस्तै प्रधानमन्त्री छाड्नुपर्ने डर सन् २००८ मा तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री भएपछिको आफ्नो पहिलो भ्रमण चीन बनाएका थिए । चीनको पहिलो भ्रमणले गर्दा नै भारत प्रचण्डसँग सधैं चिढियो र सरकारलाई लामो समय टिक्न दिएन । त्यसैले प्रधानमन्त्री ओलीले भारतलाई चिढाएर आफ्नो सत्ता गुमाउन चाहेका छैनन् । त्यसैले भारतसँगको सम्बन्ध बढाएर उनी आफ्नो सत्ता लम्ब्याउन चाहेको राजनीतिक विश्लेषकहरु बताउँछन् । प्रधानमन्त्री केपी शर्मा ओली निकै रोगी पनि छन् । उनको स्वास्थ्य अवस्था कमजोर भएकै कारण उनी जतिसक्दो चाँडो प्रधानमन्त्री बन्न चाहन्थे । विरामी भएकै बेलामा पनि उनले त्यस्तै खालका अभिब्यक्ति दिएका थिए । उनको अन्तिम इच्छा पु¥याइदिनकै लागि एमालेका झलनाथ खनाल र माधव नेपाल गुटले पनि साथ दियो । सबैको साथ पाएपछि प्रधानमन्त्री भए । एक पटक प्रधानमन्त्रीको नाम लेखाउने र सिंहदरबारमा फाटो झुण्ड्याउने चाहना पनि पूरा भएको छ । प्रधानमन्त्री ओलीले आगामी फेब्रुअरीमा पहिलो विदेश भ्रमणको रुपमा भारत जाने उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले स्पष्ट गरिदिएका छन् । ओली फेब्रुअरी दोस्रो तया तेस्रो हप्ता भारत भ्रमणमा निस्किनेछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending