Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

मैनबत्तीको सहारामा जिल्ला अस्पताल

\"hospitalजाजरकोट । जाजरकोट जिल्ला अस्पतालमा विद्युत् नहँुदा मैनबत्ती बालेर बिरामीको उपचार हुने गरिएको छ । दैनिक विद्युत्को अभावमा जिल्ला अस्पतालका बिरामीलाई मैनबत्तीको भरमा उपचार गर्दा निकै सास्ती व्यहोर्नु परेको स्वास्थ्यकर्मीले बताएका छन् । अक्सिजन दिने बिरामी आए पनि विद्युत्को अभावमा अक्सिजन दिन नसकिएको स्वास्थ्यकर्मी नारायणी शाहले बताए । एक हातमा मैनबत्ती अर्काे हातमा औषधि बोकेर वार्डमा जाँदा औषधि खुवाउनसमेत अप्ठ्यारो हुने गरेको शाहको भनाइ छ । अँध्यारो वार्डमा बिरामीको अवस्था के छ कसरी बसिरहेका छन् भन्नेसम्म थाहा नहुँदा उपचारमा बाधा पुगेको छ । अस्पतालमा सोलार बत्ती जडान गरे पनि सोलारले काम नगर्दा अँध्यारोमा बस्नु परेको चिकित्सक दीपक पुनले जानकारी दिए । बिरामी भर्ना गरिएको प्रत्येक वार्डमा मैनबत्ती राखेर उज्यालो दिने प्रयास भए पनि हावा चल्ने भएका कारण मैनबत्ती निभ्दा बिरामी तथा स्वास्थ्यकर्मीले सास्ती व्यहोनु परेको छ । जिल्ला अस्पतालमा थ्री पेचको विद्युत् जडान गरे पनि त्यसले काम नगर्दा र जडान गरिएका सोलारको पनि समयसमयमा मर्मत नहुँदा यस्तो समस्या आएको स्वास्थ्यकर्मीको भनाइ छ । कानको उपचार गर्न आउने बिरामीलाई कान हेर्नका लागि चाहिने टर्चमा प्रयोग हुने ब्याट्री छैन भनेर दैनिक फर्काउने गरिएको स्वास्थ्यकर्मीले बताएका छन् । (रासस)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: