Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

मेदान्तबाट डिस्चार्ज भएर पनि महतो दिल्लीमै रहने

\"Rajendraकाठमाडौं । भारतको मेदान्त अस्पतालमा थप उपचारका लागि भन्दै भर्ना भएका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो अस्पतालबाट डिस्चार्ज भएका छन् । अस्पतालबाट डिस्चार्ज भए पनि उनी दिल्लीमै रहने भएका छन् । यसअघि धरानस्थित वीपी कोइराला मेमोरियल अस्पतालबाट डिस्चार्ज गरिए पनि उनी अस्पताल छाड्न नमानेको बताइएको थियो । महतोको दबाबमा उक्त अस्पतालले उनलाई भारतको मेदान्त अस्पताल रिफर गरेको थियो । विराटनगरको जोगबनीमा प्रहरीसँगको झडपमा परी महतो घाइते भएका थिए । घाइते भएपछि विरानगरमै उपचार गरिएका उनलाई थप उपचारका लागि भन्दै धरान लगिएको थियो । टाउको र खुट्टामा चोट लागेका महतो मधुमेह र रक्तचापको विरामी रहेको अस्पतालले जनाएको छ । चिकित्सकले फलोअपका लागि ७ दिनपछि बोलाएको भन्दै उनी दिल्लीमै आराम गर्ने बताइएको छ । मेदान्तको अर्थो–ट्रउमा युनिटमा भर्ना गरिएका महतोलाई भिटामिन‘डी’को कमी देखिएको बताइएको छ । धरानबाट भारतको मेदान्त अस्पताल लगिएका महतोले मेदान्त अस्पतालमा भर्ना भएको भोलिपल्ट नै विज्ञप्ति जारी गर्दै पुस २७ गतेसम्मका लागि छुट्टै आन्दोलनको घोषणा गरेका थिए । महतोको पार्टी सद्भावना पछिल्लो समय मोर्चाको बैठकमा समेत सहभागी छैन । उसले विराटनगर घटनामा सरकारले माफी माग्नुपर्ने सर्त राख्दै आएको छ । सद्भावनाले सरकार, विपक्षी दल र मोर्चाको बैठकसमेत बहिष्कार गरेपछि मोर्चाले कार्यदलमा समेत सद्भावनालाई राखेको छैन । मधेस आन्दोलनमा महतो सबैभन्दा बढी विवादित छन् । उनको नागरिकतादेखि लिएर विभिन्न विषयमा भारत परस्त रहेको भन्दै सामाजिक सञ्जालहरुमा पनि आलोचना हुने गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: