Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

आर्थिक विकासको कार्यसूची उच्च प्राथमिकतामा – अर्थमन्त्री

काठमाडौँ ।  हाल मुलुकको अर्थतन्त्रका सबै पक्षमा परेको प्रतिकूल प्रभाव घटाउन सरकारले आर्थिक विकासको कार्यसूचीलाई उच्च प्राथमिकता राखेर आवश्यक काम थालेको जनाएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज अर्थमन्त्रालयमा पत्रकार सम्मेलन गरेर कृषि, उद्योग, पर्यटन, सेवा, व्यापार र निर्माण क्षेत्रमा देखिएको शिथिलता हटाउन आर्थिक विकासका विषयलाई केन्द्रमा राखेर काम थालिएको बताउनुभयो ।\"bishnu-paudel\" चालु आर्थिक वर्ष वृद्धिदर दुई प्रतिशत रहने प्रक्षेपण गर्दै उहाँले गत कात्तिकको उपभोक्ता मुद्रास्फीति दर १०.४ प्रतिशत रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– “चालु आर्थिक वर्षको मङ्सिर महिनासम्म राजस्व असुलीको लक्ष्य रु एक खर्ब ६२ अर्ब २६ करोड रहेकामा रु एक खर्ब १२ अर्ब ८१ करोड असुली भयो ।” राजस्व सङ्कलनको अवस्था गत मङ्सिरदेखि सुधारोन्मुख रहेको तर गत आर्थिक वर्षको तुलनामा यो वर्ष रु २९ अर्ब कम उठेको जानकारी दिँदै अर्थमन्त्रीले शोधभर्नाबाट रु २४ अर्ब प्राप्त हुने तथा निजी क्षेत्रबाट बक्यौता तिर्ने प्रतिबद्धता आएको बताए । भूकम्पबाट भएको क्षति, भारतसँगको सीमानाकामा भएको अवरोध तथा आपूर्ति प्रणालीको असहज परिस्थितिबाट कृषि, पर्यटन, उद्योग, व्यवसायलगायतका क्षेत्रमा पर्न गएको प्रतिकूल असरलाई घटाउन त्यस्ता व्यवसायको सञ्चालनमा सहयोग पु¥याउने, आर्थिक क्रियाकलाप विस्तार गर्ने, लगानीको विश्वसनीय वातावरण बढाउन योगदान गर्ने, रोजगारी र उत्पादन वृद्धिमा सहयोग पु¥याउने, असहज परिस्थितिमा उद्योग व्यवसाय र उद्यमशील नागरिकलाई राज्यको तर्फबाट सम्बोधन गरी आत्मविश्वास बढाउने विभिन्न नीतिगत निर्णय सरकारले गरी यथाशक्य सहुलियत र सुविधाको व्यवस्था मिलाएको उनले बताए । आयकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा करको भदौ महिनादेखि मासिक वा चौमासिक रुपले बुझाउनुपर्ने विवरण तथा कर २०७२ पुस मसान्तसम्मका लागि स्थगन गरी म्याद थप गरिएको जानकारी गराए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: