Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

पुनरावेदनका पूर्व ५ न्यायाधीशद्धारा सर्वोच्चमा रिट

\"download-400\"काठमाडौँ । पाँच जना पुनरावेदन अदालतका पूर्व अतिरिक्त न्यायाधीशहरुले गैरसंवैधानिक तरिकाले आफूहरुलाई हटाइएको भन्दै आज सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रधानन्यायाधीश सर्वोच्च अदालत, न्यायपरिषद्लगायतलाई विपक्षी बनाई पूर्वअतिरिक्त न्यायाधीशहरु रामेश्वरनाथ अमात्य, विमलप्रसाद ढुङ्गेल, सहदेवप्रसाद बाँस्तोला, महेन्द्रराज गौतम र अवध विहारीप्रसाद सिन्हाले संयुक्तरुपमा रिट निवेदन दायर गरेका हुन् । रिट निवेदनमा आफूहरुलाई पुनरावेदन अदालतमा पुनः नियुक्ति गर्ने आदेश दिन सर्वोच्च अदालतसँग माग गरिएको छ । सर्वोच्च अदालतका उपरजिस्ट्रारले गत मङ्सिर २९ गते पुनरावेदनका २८ अतिरिक्त न्यायाधीशहरुलाई पत्र पठाई म्याद सकिएको जानकारी गराउनु भएकोमध्येका पाँच जनाले सर्वोच्चमा रिट निवेदन दायर गरेका हुन् । सर्वोच्च अदालतका उपरजिस्ट्रारले पठाएको पत्रमा कुनकुन निकायको निर्णयले आफूहरुको पदावधि सकिएको भनी उल्लेख नगरिएको रिट निवेदनमा उल्लेख गरिएको छ । नेपालको संविधानको धारा ३०० को उपधारा (६) मा यो संविधान प्रारम्भ हुँदाका बखत बहाल रहेका पुनरावेदन अदालतका अतिरिक्त न्यायाधीशहरुको नियुक्ति हुँदा तोकिएको अवधिसम्म बहाल रहन सक्नेछन् भन्ने उल्लेख छ । जिल्ला अदालतमा स्थायी कार्यरत रहँदारहँदै पुनरावेदन अदालतमा अस्थायी न्यायाधीशको रुपमा उहाँहरुलाई लगिएको थियो । रिट निवेदकसहित २८ न्यायाधीश दुई वर्ष छ महिना अतिरिक्त न्यायाधीशको रुपमा कार्यरत रहनुभएको थियो । अन्तिम पटक म्याद थप गर्दा उहाँहरुको पदावधि गत मङ्सिर २६ गतेबाट सकिएको थियो
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending