Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

गृह मन्त्रालयका २९ बुँदे योजना, सेवा प्रवाहमा सहजता ल्याउने लक्ष्य

काठमाडौँ,। गृहमन्त्रालयले सेवा प्रवाहमा जनताले तत्काल अनुभूत गर्नसक्ने गरी २९ बुँदे सोच प्राथमिकता तर्जुमा गरी सार्वजनिक गरेको छ । मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री शक्तिबहादुर बस्नेतले सोच प्राथमिकता सार्वजनिक गर्नुभएको हो । राष्ट्रिय सुरक्षा नीतिअन्तर्गत रही आन्तरिक सुरक्षा नीति निर्माण गरिने विषयलाई प्राथमिकतापत्रमा महत्व दिने उल्लेख छ । “उनानतीस बुँदाको कार्यक्रमलाई तात्कालिक, अल्पकाली\"Shakti-basnet-400\"न र दीर्घकालीन गरी दुई वर्षमा पूरा गरिनेछ, बदलिँदो परिवेशअनुरुप गृहमन्त्रालयअन्तर्गत निकायको सङ्घीय प्रणालीअनुसार पुनःसंरचनाको कार्य अगाडि बढाइने विषयलाई महत्व दिइने – मन्त्री बस्नेतको भनाई थियो । देशमा शान्ति सुरक्षा र अमनचैन कायम राख्न एकीकृत सुरक्षा योजना निर्माण गरी कार्यान्वयनमा ल्याइने तथा गुन्डागर्दी,चन्दा असुलीजस्ता गैरकानुनी क्रियाकलापलाई नियन्त्रण गर्ने, राजमार्ग र सहायक मार्गमा अवरोध सिर्जना हुन नदिने एवम् यातायातमा देखिएको एकाधिकारलाई समाप्त पारी स्वच्छ तथा प्रतिस्पर्धात्मक यातायात प्रणालीको प्रत्याभूति दिने विषयलाई पनि मन्त्रालयले सोच प्राथमिकतामा समावेश गरेको छ । जिल्लाको शान्ति सुरक्षा र सीमा अवस्थाका बारेमा तथ्यगत जानकारी प्राप्त हुनेगरी अपराध एवम् सीमासम्बन्धी विवरण तयार गर्न सुरु गरिने मन्त्री बस्नेतले जानकारी दिए । सिंहदरबारलगायत देशका मुख्य सहरको सुरक्षा प्रणालीलाई व्यवस्थित गर्न आवश्यकताअनुसार सिसिटिभी जडान गरी अनुगमन गर्ने व्यवस्था पनि मन्त्रालयले मिलाउने भएको छ । भारतको अघोषित नाकाबन्दीपछि आपूर्ति व्यवस्थामा आएको असहज अवस्थाले बजारमा सिर्जना भएको कालोबजारी नियन्त्रण गरी वस्तुको सर्वसुलभ आपूर्ति व्यवस्था मिलाउन विशेष अभियान सञ्चालन गरिने मन्त्री बस्नेतले प्रतिबद्धता जनाए । औद्योगिक सुरक्षा, सीमा सुरक्षालगायतका विषयमा सशस्त्र प्रहरीबलको भूमिकालाई थप प्रभावकारी बनाइने भएको छ । कर्मचारी हाजिरीका लागि ७५ वटै जिल्लामा विद्युतीय हाजिरी लागू गरिने प्राथमिकतापत्रमा उल्लेख गरिएको छ । सेवाग्राहीप्रति कर्मचारीको उत्तरदायित्व हुने व्यवस्थाका लागि देशभर स्थानीय एफएम रेडियोबाट सार्वजनिक सुनुवाइ सुरु गरिने भएको छ । विपद् व्यवस्थापनसम्बन्धी राष्ट्रिय कार्ययोजना तर्जुमा गरिने पनि गृह मन्त्रालयको प्राथमिकतापत्रमा उल्लेख छ । अध्यागमन कार्यालयमा आधुनिक यात्रु सूचना प्रणाली लागू गर्न प्रारम्भिक कार्य थालनी गरिने भएको छ । कारागारलाई सुधार गृहका रुपमा विकास गर्न भौतिक पूर्वाधार, सौर्य ऊर्जा तथा बायोग्यास प्लान्ट जडान गरी सीपमूलक तालिम कार्यक्रम, खेलकुद सामग्री र योग सिकाउने व्यवस्था गरिने विषयलाई पनि मन्त्रालयले प्राथमिकतामा राखेको छ । तराईका २० जिल्लामा हुनसक्ने सम्भावित शीतलहरको प्रभावलाई न्यून गर्न सचेतनामूलक सन्देशलगायत पूर्वतयारीका कार्यक्रम सञ्चालन गरिने गृहमन्त्री बस्नेतले पत्रकार सम्मेलनमार्फत जानकारी गरायका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: