Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

खाेटाङमा 'याेजना सम्झौता अभियान'

खोटाङ । गुणस्तरीय र छिटो विकासका लागि जिल्ला विकास समितिले ‘योजना सम्झौता अभियान’ थालेको छ । यस क्रममा ६२ वटा योजना सम्झौता भएको छ ।\"index-400\" चालु आवका लागि स्वीकृत १७० योजनामध्ये जिविसले सञ्चालन गरेको एक महिने योजना सम्झौता अभियानका क्रममा ६२ वटा योजनामा सम्झौता भएको हो । ग्रामीण सामुदायिक पूर्वाधार विकास कार्यक्रममा १५, जिविस अनुदान र स्थानीय सडक सुधार कार्यक्रममा आठ÷आठ वटा, ग्रामीण खानेपानी तथा सरसफाई, शान्तिका लागि विकास कार्यक्रम र झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रममा ६÷६ वटा, नदी नियन्त्रण र अन्य पूर्वाधार विकास र पुनःनिर्माण तथा पुर्नस्थापना कार्यक्रममा चार÷चार, साना सिँचाई, वौद्धदर्शन तथा गुम्बा विकास कार्यक्रममा तीन तथा स्थानीय यातायात पूर्वाधार क्षेत्रगत कार्यक्रममा दुई वटा योजना उपभोक्ता समितिसँग सम्झौता भएको योजना अनुगमन तथा प्रशासकीय अधिकृत नरहरि सापकोटाले जानकारी दिए । अभियानका क्रममा छुट भएका अन्य योजनाको पनि प्रक्रिया अघि बढेकाले केही दिनमै सम्झौता गरेर काम थालनी गरिने छ । आवको अन्त्यतिर मात्र सम्झौता गर्ने प्रचलनले अधिकांश योजना अधुरै रहने तथा सम्पन्न भएका योजना गुणस्तरहीन हुने भएकाले त्यसलाई अन्त्य गर्दै गुणस्तरीय र छिटो विकास गर्नका लागि योजना सम्झौता अभियान सञ्चालन गरिएको स्थानीय विकास अधिकारी निश्चलराज पाण्डेको भनाइ छ । “विगत वर्षमा ढिला सम्झौता गर्दा करोडौंँको बजेट फिर्ता भयो, आगामी दिनमा त्यस्तो हुन नदिन अभियान चलाएका हौं” उहाँले भन्नुभयो । योजना सम्झौतामा गरिने ढिलाई र निर्माणका काममा हुने अधुरोपनालाई नियन्त्रण गर्ने उद्देश्यका साथ जिविसले गत मङ्सिर–२० गतदेखि पुस २० गतेसम्म एक महिने ‘योजना सम्झौता अभियान’ सञ्चालन गरेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: