Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

हार्ने डरले कोइराला क्याम्पमा खैलाबैला

\"koirala-deuba\"काठमाडौं । जसरी पनि १३ औं महाधिवेशनबाट कांग्रेसको सत्ता हत्याउन नेता शेरबहादुर देउवाले सबै अस्त्र प्रयोग गर्ने तयारी गरेसँगै कांग्रेसको संस्थापन पक्षमा खैलाबैला मच्चिएको छ । पारिवारिक विरासतभन्दा आफ्नै प्रयासमा २००७ सालमा पार्टी स्थापना भएदेखि एकछत्र राज गर्दै आएको कोइराला परिवारको विरासतलाई नेता देउवाले यसपटक तोड्ने प्रयासस्वरुप सबै तयारीलाई तीव्रता दिएपछि संस्थापन पक्षमा खैलाबैला मच्चिाएको छ । महाधिवेशनमा आउँने प्रतिनिधि छानिने क्रियाशील सदस्यहरु धेरै आफ्नो तर्फबाट पार्न देउवाले पक्षले राम्रो तयारी गरेदेखि नै कोइराला पक्ष झस्किएको थियो । झन् संस्थापन पक्षकै बरिष्ट हस्तीहरु आउने चर्चा र केही केन्द्रीय सदस्यले खुलेरै साथ दिएपछि देउवा यसपटक मजबुत अवस्थामा छन् । यस अघि देउवा एकपटक गिरिजाप्रसाद कोइराला र गत १२ औं महाधिवेशनमा सुशील कोइरालासँग पराजित भएका थिए । सुशीलले १६५२ मत ल्याई विजयी हुँदा देउवाले १३१७ मत ल्याई ३३५ मतले पराजित भएका थिए । तर, यसपटक क्रियाशील सदस्यमा पकड, भातृ संस्थाहरु तरुण, दल, महिला संघ, नेविसंघ, दलित संघसहितका संस्थामा पकड, ७५ मध्ये ४५ जिल्लामा पकड भएपछि यसपटक देउवा पक्ष हावी हुने भएको छ । ‘सबैतिर हाम्रो पक्षमा माहोल देखिएको छ’ देशव्यापी घुमघाम र दौडाहामा सहभागी केन्द्रीय सदस्य श्याम घिमिरे भन्छन्, ‘सुशील दाईले पाँच वर्षमा पार्टीलाई संस्थागत रुपमा अगाडि बढाउन सक्नुभएन त्यसैले यसपटक देउवालाई जिताऔं भन्नेको मत धेरै छ ।’ घिमिरे कोइरालाबाटै केन्द्रीय सदस्यमा मनोनित भए पनि अहिले खुलेरै देउवा पक्षमा लागेका छन् । उनीसहित चन्द्र भण्डारी, मानबहादुर विश्वकर्माले पनि देउवालाई खुलेरै साथ दिएका छन् । अर्जुननरसिंह केसी, कृष्ण सिटौला, गगन थापासहितका नेतालाई पनि देउवाले अनेक आश्वासन दिएर आफूतिर ल्याउँदै छन् । यो बाहेक देउवा आफैं र आफू निकट केन्द्रीय सदस्यहरुलाई देशव्यापी संगठन निर्माणको लागि पठाइसकेका छन् । उनी आफैं पनि बाके, बर्दिया, कैलाली, कंचनपुर जस्ता ठाउँमा पुगेर आफ्नो पक्षमा माहोल बनाइरहेका छन् । आफू निकटका केन्द्रीय सदस्यहरुलाई पनि देशैभर फिजाइरहेका छन् । देउवाले पश्चि, मध्य पश्चिम, तराई, पूर्वी नेपाल सबैतिर नेतालाई दौडाएका छन् । देउवाको यस्तो शैलीबाट डराउँदै उनले आफ्नो पक्षमा माहोल बनाउन बाँडेका आश्वासनलाई चिर्न सभापति कोइराला पनि पछिपछि लागेका छन् । आफू निकटका नेताहरु आनन्द ढुंगाना, दिलेन्द्र बडु, दिलबहादु घर्ती, शशांक कोइरालासहितलाई उनले दौडाएका छन् । तर, उनीहरुको तयारी देउवा पक्षको जत्ति आक्रामक छैन । अर्को पक्ष कोइराला परिवारकै शेखर र सुजाताले समेत खुलेर सुशीललाई साथ दिएका छैनन् । यी दुवै यसपटक पदाधिकारीका लागि दाबेदार छन् । कुनै पद पाएमात्र अन्तिमसम्म सहयोग गर्ने भन्दै यी दुवै नेता अहिले सुशीलको आलोचनामा छन् । सुजाता नै एक्लै आफ्नो पक्षमा माहोल बनाउन यतिखेर पश्चिम नेपालमा सक्रिय छिन् । संस्थापन निकटका महामन्त्री कृष्ण सिटौला पनि एक्लै देश दौडाहामा छन् । अर्का महामन्त्री प्रकाशमान सिंहले पनि खुलेर कोइरालालाई साथ दिएका छैनन् । उनी पनि उपसभापति पाउनुपर्ने बार्गेनिङमा लागेका छन् । अर्को महत्वपूर्ण पक्ष भनेको उपसभापति रामचन्द्र पौडेलको साथ कोइरालाले पाउनेमा पनि यसपटक शंका छ । किनकी सधैं संस्थापनलाई साथ दिंदै आएकोले यसपटक आफू नै सभापतिमा उठ्न पाउनुपर्ने भन्दै पौडेलले पनि देश दौडाहालाई व्यापक बनाइरहेका छन् । उनी यतिखेर भारतका नेताहरुसँग परामर्श उतै गएका छन् । यी सबै फ्याक्टरलाई हेर्दै महाराजगञ्जबाट कममात्र निस्किएका सुशील तनावमा रहेको एक नेता बताउँछन् । यद्यपी पौडेल र देउवाले बाँडेको आश्वासनलाई चिर्दै नेताहरुलाई म्यानेज गर्ने गरी विधान संसोधन गर्ने र सबैलाई चित्त बुझाउने आश्वासन उनले बाँडेका छन् । संगठन विभाग प्रमुख आनन्दप्रसाद ढुंगाना सभापतिलाई बलियो बनाउने गरी विधान संसोधन भइरहेको बताउँछन् । तर, नेता देउवाले मंगलबार प्रष्टै शब्दमा भनेका छन्–यो पटक विधान संसोधन हुँदैन । अर्को पक्ष पाँच वर्षमा भातृ संगठन, विभाग, केन्द्रीय समिति, केन्द्रीय कार्यसम्पादन समिति, संसदीय दल कार्यसमितिलाई काम गर्न सक्ने गरी सक्रिय नबनाएको र नेताहरुलाई जिम्मेवारी नदिएको जस्ता पक्षलाई समात्दै देउवा पक्षले संस्थापनका कमजोरीलाई उठाउँदै छ । कांग्रेसमा आगमी माघ १५ गते गाउँ र नगर, २२ माघमा २४० निर्वाचन क्षेत्र, २५ माघमा ७५ जिल्ला र फागुन २० देखि २३ सम्म काठमाडौंमा १३ औं महाधिवेशन हुने कार्यतालिका छ । महाधिवेशन प्रतिनिधि प्रत्येक निर्वाचन क्षेत्रबाट १२/१२ जनाका दरले आउँछन् । कोइराला परिवारको सत्ता अर्को पक्षमा नजाओस् भनेरै सुशीलले राष्ट्रपति नबनी आफैं सभापतिमा उठ्ने तयारी गर्दै आएका छन् । यद्यपी देउवा उम्मेदवार पक्का भए पनि सुशीलले मुख खोलिसकेका छैनन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending