Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

अङ्ग्रेजी पढाउन थालेपछि पर्वतमा बसाइँ सराइ रोकियो

\"parbat\"पर्वत । गाउँको विद्यालयमा अङ्ग्रेजीमा पढाइ सुरु भएपछि पर्वतको एक गाउँमा केटाकेटीलाई सहरमा पढाउने नाममा हुने बसाइँ सराइ रोकिएको छ । स्थानीय गोर्लाङ्धाम निम्न माध्यमिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाउन थालिएपछि दक्षिण पर्वतको दुर्गम होस्राङ्दी गाविसको जम्पुर गाउँमा केही वर्षयता बसाइँ सराइ हुने क्रम रोकिएको हो । गाउँमा स्तरीय पढाइ नहुने भन्दै निजी विद्यालयमा छोराछोरी पढाउन बसाइँ सराइ गर्ने क्रम तीव्र भएपछि यो विद्यालयले पाँच वर्ष पहिलेदेखि अङ्ग्रेजी माध्यममा पढाउन थालेको हो । यहाँ नर्सरीदेखि ८ कक्षासम्म अङ्ग्रेजीमा नै पढाइ हुने गरिएको छ । अङ्ग्रेजीमा पढाउन सुरु गरेदेखि अहिलेसम्म एकजना अभिभावक पनि छोराछोरी पढाउनका लागि बजार झरेका छैनन् अभिभावक ईश्वरी भुसालले भने –‘गाउँ छाडेरभन्दा गाउँमै शिक्षाको अवस्था सुधार गरेर राम्रो बनाउन सकिँदोरहेछ ।’ सो विद्यालयमा पढ्नका लागि अहिले उरामपोखरा गाविसबाट समेत विद्यार्थी आउन थालेका छन् । विद्यार्थीका लागि सहुलियतमा आवास सुविधासमेत दिइएको छ । अङ्ग्रेजी सुरु गरेपछि ३० जना विद्यार्थी थपिएको प्रधानाध्यापक चेतप्रसाद रानाले बताए । ‘गाउँका मान्छे बसाइँ सराइ गरेका छैनन्, अरु बाहिरबाट विद्यार्थी थपिएपछि छात्रावास चलाउनुपर्ने अवस्था आयो ’ – उनले भने । अङ्ग्रेजी माध्यममा पढाउन थालेपछि निजी स्रोतमा चारजना शिक्षक राखिएको छ । शिक्षकको तलबका लागि अभिभावकले वर्षमा एक दिनको तलब र प्रत्येक वर्ष छ दिन श्रमदान गर्दै आएका छन् । विद्यालयको क्षेत्रमा पर्ने होस्राङ्दीको ४, ५ र ९ वडाका बासिन्दाले घरमा सबैभन्दा बढी तलब हुने सदस्यको एक दिनको तलब विद्यालयलाई दिने गरेका छन् । यसबाट वर्षमा रु ५० हजारभन्दा बढी नगद सङ्कलन हुने गरेको प्रधानाध्यापक चेतप्रसाद रानाले बताए । ‘शिक्षकलाई तलब खुवाउन भनेर आफैँ महिना दिनको तलब बोकेर अभिभावक विद्यालय अउनुहुन्छ , उनले भने । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: