Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

नेपालको शिक्षालाई परिवर्तन गरेरै छाड्छु : शिक्षामन्त्री पोखरेल

\"girirajmaniखोटाङ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शिक्षा क्षेत्रमा देखिएका समस्यालाई नीतिगत रूपमै परिवर्तन गरेर छाड्ने बताएका छन् । खोटाङको दिक्तेलमा सोमबार आयोजना गरिएको अन्तक्र्रिया कार्यक्रममा उनले भने , ‘शिक्षा क्षेत्रमा अहिले जटिल समस्या देखिएको छ, यसलाई तल्लो तहदेखि मन्त्रालयसम्म सुधार गर्नमा आफू लागिपरेको छु ।’ संविधान प्रचार अभियानका क्रममा खोटाङ पुगेका मन्त्री पोखरेलले राष्ट्र र राष्ट्रियताका लागि आत्मैदेखि लागिपर्न शिक्षा सम्बद्ध व्यक्तिहरूलाई आग्रह गरे । उनले भने –‘शिक्षा भनेको परिवर्तन हो । तपाईंहरू त्यही पेसामा हुनुभएकाले आफ्नो पेसालाई नतिजामूलक बनाउनुहोस् ।’ एकीकृत नेकपा ९माओवादी०का सचिवसमेत रहेका मन्त्री पोखरेलले पार्टीको भ्रातृ संस्थाका व्यक्तिका रूपमा भन्दा आफूलाई शिक्षक भनेर चिनाउन शिक्षकलाई आग्रह गरे । उनले भने – ‘आगामी दिनमा शिक्षकले पार्टी सदस्यता लिन पाउने छैनन् ।’ शिक्षा क्षेत्रको सुधारका लागि आफूले संसद्मा विधेयकसमेत पेस गरिसकेको सो विधेयकले शिक्षकलाई पार्टीको सदस्य बन्न नदिने दाबीसमेत मन्त्री पोखरेलले गरे । अन्तक्र्रियामा खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुका जिल्ला शिक्षा अधिकारी, प्राविधिक, शिक्षक सङ्घसङ्गठनका प्रमुख तथा प्रतिनिधिलगायतको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीले आ–आफ्नो जिल्लाको शैक्षिक तथा भौतिक अवस्था, चुनौती र भए गरेका प्रगतिका बारेमा मन्त्रीलाई जानकारी गराएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: