पौष २१ गते, २०७२ सोमवार 4th January, 2016 Mon१५:२५:४८ मा प्रकाशित
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेल पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनको चुनाव प्रचार गर्न छाडेर भारतको दिल्लीतर्फ लागेका छन् ।
आफू अध्यक्षको उम्मेदवार बन्ने घोषणा गर्दै देशब्यापी दौडाहामा रहेका पौडेल जिल्ला दौडाहा छाडेर सोमबार भारत भ्रमणतिर लागेका हुन् । पाँच दिने भारत भ्रमणका लागि उनी सोमबार विहानी दिल्ली प्रस्थान गरेका छन् ।
पतञ्जलि योगपीठको कार्यक्रममा सहभागी हुन भन्दै उपसभापति पौडेल भारत प्रस्थान गरेको उनको निजी सचिवालयले जनाएको छ । पतञ्जली योगपीठको कार्यक्रममा भाग लिन गएका भनिए पनि उनले भारत भ्रमणका क्रममा विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह लगायत अन्य महत्वपूर्ण राजनीतिक भेटघाट गर्ने कार्यक्रम छ ।
स्रोतका अनुसार आफू कांग्रेस सभापति बन्नका लागि भारतको आर्शिवाद थाप्न पौडेल दिल्ली गएका हुन् । भारतले लामो समयदेखि कोइराला परिवारको मात्रै विश्वास गर्ने भएकाले भारतको विश्वास लिन पौडेल आफ्नो कार्यकर्ता भेटघाट छाडेर दिल्ली हानिएका कांग्रेसका एक नेताले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: