पौष २१ गते, २०७२ सोमवार 4th January, 2016 Mon१३:५२:२५ मा प्रकाशित
सिन्धुली । एकीकृत नेकपा माओवादी परित्याग गरेका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ वर्षको दिन नयाँ पार्टी घोषणा गर्ने भएका छन् ।
नयाँ शक्ति निर्माण अभियानमा लागेका भट्टराईले विक्रम् सम्बतको नयाँ वर्ष वैशाख १ मा नयाँ पार्टीको घोषणा गर्ने तयारी गरेका हुन् ।
नयाँ वर्षको अवसर पारेर नयाँ पार्टी घोषणा गरिने नयाँ शक्तिका अभियन्ता गंगा श्रेष्ठले बताए । सोमबार बिहान सिन्धुलीमाढीमा आयोजित भेलामा उनले वैशाख १ गते नयाँ पार्टी घोषणा हुने जानकारी दिएका हुन् ।
तीन महिनाअघि एमाओवादी छाडेका भट्टराई अहिले नयाँ शक्ति अभियानका संयोजक छन् । उनी देशब्यापी रुपमा नयाँ पार्टी बनाउने अभियानमा लागेका छन् । आफूहरुको पार्टी कम्युनिष्ट पार्टी नरहने भन्दै नयाँ विचार बोक्ने सबैलाई समाहित गर्ने खालको पार्टी बनाउने भट्टराईले बताउँदै आएका छन् ।
नयाँ बन्ने पार्टीमा पूर्व माओवादीहरुदेखि गैरमाओवादी, समाजिक ब्यक्ति, कर्मचारी बुद्धिजीवी सबै अटाउने उनीहरुको भनाइ छ । भट्टराईले पार्टीमै छँदा मुलुकको आर्थिक विकासको लागि नयाँ शक्तिको अपरिहार्य रहेको बहस चलाउँदै आएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: