पौष २१ गते, २०७२ सोमवार 4th January, 2016 Mon०९:२६:४४ मा प्रकाशित
रामेछाप । रामेछापको बेथान पानीघाटमा आज एकीकृत माओवादीले १९ औं बेथान वीरता दिवस मनाएको छ ।
यो दिवस सँगै तत्कालिन माओवादीले बेथान चौकी कब्जा गरेको आज १९ वर्ष वितेको छ । जनयुद्धको सुरुवातमा पहिलो पटक माओवादीले रामेछापको बेथान गाविसमा रहेको पानीघाट प्रहरी चौकीमा २०५३ साल पुस १९ गते आक्रमण गरेको थियो । बेथान आक्रमणमा तीर्थ गौतम, दिलमाया बम्जन, फत्त यस्माली मगर लगाएतले ज्यान गुमाउनु भएको थियो । १९ औ बेथान बिरता दिवसको अवसरमा एमाओबादि रामेछापले आज बेथानको पानिघाटमा बिषेश कार्यक्रमको आयोजना गरेको थयो । कार्यक्रममा बेथान आक्रमणका सहिद तिर्थ गौतमका छोरा दिलिप गौतम र दिलमाया बम्जनका दाजु प्रेमसागर लामालाई दोसल्ला ओढाएर सम्मन गरिएको थियो । कार्यक्रममा एमाओबादिका केन्द्रीय सदस्य तथा ३ नम्बर प्रदेशका सेक्रेटरी नारायण दाहाल, केन्द्रिय सदस्य धावा लामा, काभे्र जिल्ला अध्यक्ष दिनानाथ गौतम, एमाओबादि अन्तराष्ट्रीय ब्युरो सचिब युवराज चौलागाई, रामेछाप जिल्ला क्षेत्र नम्बर २ का सांसद श्यामकुमार श्रेष्ठ कुशल, एमाआबादि रामेछापका अध्यक्ष डिल्लीमान तामाङ लगायतले बेथान बिरता दिबसको अबसरमा तिन शहिद तिफदिको अस्थीर पञ्चर छोएर कसम खादै एमाओबादि पार्टीलाई नयाँ गतिमा लाने प्रतिबद्धता ब्यक्त गरेका थिए ।
छापामार युद्धलाई उचाईमा पु¥याउन बेथान सहितको प्रहरी चौकी आक्रमणले माओवादीलाई नयाँ उचाइमा पु¥याएको थियो । युद्धकै पहिलो आक्रमण सफल भएको भन्दै हरेक वर्ष दिवस मनाउंदै आएको एकीकृत माओबादीले जनाएको छ । जनयुद्धका क्रममा रामेछाप समेत नराम्ररी प्रभावित भएको थियो । दर्जनौंको हत्या तथा कैयो ब्यक्ति बेपत्ता पारिएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: