Khabar Dabali २७ बैशाख २०८३ आईतवार | 10th May, 2026 Sun

राजनीतिक दलले विकासनिर्माणको गतिलाई तीव्रता दिन प्रतिस्पर्धा गर्नुपर्छः प्रम अाेली

\"kp-oli1\"हेटौँडा । प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुर गिम्दी गाविस वडा नं ९ को सोभानेबेंसीस्थित वाग्मती नदीमा निर्मित झोलुङ्गे पुलको आज उद्घाटन गरेका छन् । सो अवसरमा उनले दुर्गम भेगका जनताको आर्थिक समुन्नतिका लागि बाटोघाटो, पुलपुलेसा निर्माण गर्न सरकार प्रयत्नशील छ भन्दै राजनीतिक दलहरुले पनि विकास निर्माणको गतिलाई तीव्रता दिन प्रतिस्पर्धा गर्नुपर्नेमा जोड दिएका हुन  । उनले मुलुकलाई विद्युत्भार कटौतीबाट देशलाई मुक्त गर्न आवश्यक एक हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्नका लागि सरकारले वैकल्पिक उपाय अपनाउन लागेको जानकारी दिए । राजनीतिक नेतृत्व गाउँमुखी हुनुपर्ने र उपेक्षित क्षेत्रको विकासमा ध्यान दिने व्यक्ति नै राजनीतिक नेतृत्वमा आउनुपर्ने उनको भनाइ थियो । सो अवसरमा सङ्घीय मामिला तथा स्थानीय विकास सहायकमन्त्री विराज विष्टले ग्रामीण क्षेत्रको पूर्वाधार विकासका लागि सरकार प्रयत्नशील रहेको बताउँदै उहाँले जनताप्रति उत्तरदायी नेतृत्व उत्पादन गर्न स्थानीय निकायको निर्वाचन गर्ने गृहकार्य भइरहेको जानकारी दिए  । सो अवसरमा काँग्रेसका सांसद उदयशम्शेर जबरा र इन्द्रबहादुर बानियाँ तथा नेकपा९एमाले०का सांसद सुशीला नेपाल, इन्द्रबहादुर बानियाँ र सस्पेन्सन ब्रिज डिभिजन कार्यालयका महानिर्देशक जीवनकुमार श्रेष्ठले दुर्गम क्षेत्रमा सडक, खानेपानी र बिजुलीलाई प्राथमिकता दिनुपर्ने सुझाव दिए । सोभानेबेंसी र मकवानपुर मन्थली गाविस–२ को मन्थली जोड्ने सो पुल करिब ८२ लाखमा लागतमा निर्माण गरिएको हो । लम्बाइ १३९ मि र चौडाइ डेढ मि रहेको सो पुल निर्माणमा स्थानीय विकास मन्त्रालय, सस्पेन्सन ब्रिज डिभिजनको सहयोग रहेको छ । सो पुलबाट मकवानपुर जिल्लाका शिखरपुर, ठिंगन र मन्थली गाविसका साथै ललितपुर जिल्लाका मानिसहरु लाभान्वित हुने छन् । प्रधानमन्त्री ओलीले आफ्नो कार्यभार सम्हाल्ने दिन नेपालका तुइनहरुलाई विस्थापन गर्ने भनी निर्णय गर्नुभएको थियो । आजदेखि करिब एक दशकअघि त्यहाँ राखिएको तुइन आज विस्थापन भएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending