Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

विप्लव माओवादीले गर्याे अवध स्वायत्त प्रदेश घोषणा

\"?????????????\" बुटवल । विप्लव नेतृत्वको नेकपा माओवादीका पोलिट्व्यूरो सदस्य तथा क्रान्तीकारी केन्द्रिय जनपरिषद् नेपालका प्रमुख सन्तोष बुढा मगरले संघर्षको स्वरुप शसस्त्र वा शान्तिपूर्ण जस्तो पनि हुन सक्ने बताएका छन् । अवध स्वायत्त प्रदेश घोषणा पछि क्रान्तिकारी पत्रकार संगठन रुपन्देहीले गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पार्टीका पश्चिम व्यूरो ईन्चार्ज समेत रहेका बुढा मगरले जनताको अधिकार माग्दा नदिने र उल्टै जनतासँग मुडभेड गर्न आएमा लडाई हुन सक्ने बताएका हुन् । मगरले भने ‘सरकारले जनताको अधिकारहरुको ग्यारेन्टी गर्न नसक्ने र उल्टै भारतसँग लम्पसार पर्न जाने अनी जनतालाई शास्ती दिने काम गरेपछि हामी बाध्य भएर सत्ता व्युत्याएका हौं । जनसरकारले आफ्नै ढंगले कारबाही अगाडी बढाउँछ ।’ बुढाले थपे ‘हामी अहिले संगठन विस्तारमा छौं, जनतालाई हाम्रा विरुद्धमा भएका षडयन्त्रको भण्डाफोर गरे छौं, तल्लो निकायसम्म हामी स्वायत्त जनसरकार तथा जनपरिषद् घोषणाको तयारीमा छौं । मगरले आफ्नो पार्टीलाई राजतन्त्रको पुर्नवहालीको लागी भनेर लागेको आरोपको खण्डन गर्दै १० वर्षसम्म लडेर राजतन्त्र अन्त्य गर्ने आफूहरु रहेको र आफ्नो लडाई अहिले जनताको अधिकार स्थापित गर्नको लागी भएकोले अनर्गल प्रचार नगर्न समेत आग्रह गरेका थिए । पूर्व देखी पश्चिमसम्म जनस्तरमा पार्टीका आगामी कार्यक्रम र जनप्रतिनीधि सभा आयोजना गर्दै स्वायत्त प्रदेशहरुको घोषणा गर्दै अगाडी बढेको पार्टीले, भ्रष्टचारीहरुलाई जनकारबाही बढाएको, क्रान्तीकारीहरुलाई एकताबद्ध गरेको लगायत संगठन विस्तारमा पार्टी लागेको छ’ बुढाले भने । १९ हजार जनसेनामध्ये समायोजन नभएका लडाकुहरु सबै आफ्नो पार्टीमा रहेको जिकिर गर्दै बुढाले आवश्यक परेमा जतिबेला पनि युवाहरु हतियार उठाउन तयार रहेको बताए । उनले भने, ‘युवा हामीसँग छन्, हतियार हाम्रो दिमागमा छ, ०५२ सालमा एउटा राईफल बाट युद्ध भएको भन्दै आवश्यक परेमा हतियार आफैं आउछन्, संघर्ष शान्तिपुर्ण हुन्छ तर सरकारले गोली चलायो भने हातले छेक्ने कुरा भएन, आक्रमणमा प्रत्याक्रमण चाहीँ हुन्छ,’ बुढाले भने । क्रान्तिकारी पत्रकार संगठनका केन्द्रिय सदस्य तथा रुपन्देहीका ईन्चार्ज प्रकाश डुम्रेको सभापतित्वमा सम्पन्न पत्रकार सम्मेलनमा नेकपा माओवादीका केन्द्रिय सदस्य तथा लुम्बिनी उपव्युरो ईन्चार्ज चन्द्रबहादुर चन्द, रुपन्देही सेक्रेटरी शरद ओली, कपिलवस्तु सेक्रेटरी संगम पुन, नवलपरासी सेक्रेटरी पदम केसी लगायतको उपस्थिती रहेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending