Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

६५ बर्षपछि कर्णाली पुगे प्रहरी महानिरीक

\"upendra-kanta-aryal_20131112095541\"कालिकोट । कालिकोट पौष १८ । नेपाल प्रहरीको स्थापना २००७ सालमा भएको थियो । स्थापना भएको ६५ बर्षपछि कर्णालीको प्रहरीको अवस्था र जिल्लाको भौतिक संरचना हेर्न पहिलो पटक प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले कर्णालीको जुम्ला र कालिकोट भ्रमण गरेका छन् । भ्रमणका क्रममा प्रहरी महानिरीक्षक उपेन्द्रकात अर्यालले विकाससँगै अपराध पनि सँगै आउने गरेको बताएका छन् । नागरिक समाज र राजनीतिक दलले उठाएका बिषयमा महानिरीक्षक अर्यालले विकास र सुरक्षा गहन सम्बन्ध रहेको उल्लेख गरे । कर्णालीका प्रहरीको अवस्था बुझ्न जुम्ला हुदैँ कालिकोट आएका महानिरीक्षक अर्याल जिल्ला प्रहरी कार्यालय कालिकोटले आयोजना गरेको कालिकोटका राजनीतिक दल नागरिक समाजसँगको अन्तक्रियामा सहभागी थिए । कर्णालीमा बिगतभन्दा अहिले सडक संजालले छोएको अब सुरक्षा चुनौती थपिदैँ जाने तर्फ इंकित गर्दै महानिरीक्षक अर्यालले विकाससँगसँगै अपराध आउने बताए । प्रहरी माहानिरीक्षक अर्यालले विकास दुरुपयोग गरेर अपराध आउने गरेको त्यसको नियन्त्रणका लागि जनता प्रहरी मिल्नुपर्ने बताए । प्रहरीले चाहेर पनि खराब काम गर्न नसक्ने बताउँदै प्रहरी महानिरीक्षक अर्यालले प्रहरीमा कोही अधिकारी खराब हुदैँमा सबै प्रहरी खराब काम गर्न नसक्ने बताए । समाजमा पनि सबै अपराधिक तत्व नहुने सीमित अपराधिक तत्वको अन्त्य गर्न जनता र प्रहरी मिल्नुपर्ने महानिरीक्षक अर्यालले बताए । देशभरका २ हजार ठाउँमा प्रहरी चौकी रहेको बताउँदै प्रहरीका भौतिक संरचना निर्माण गर्न प्रहरीमा आउने बजेट प्रर्याप्त नहुने महानिरिक्षक अर्यालले बताए । आगामी बर्ष कालीकाेटमा प्रहरी कार्यालयको भवन बन्ने महानिरीक्षक अर्यालले आगामी बर्ष कालिकोट जिल्ला प्रहरी कार्यालयको भवन निर्माण गर्ने बचनबद्धता गरेका छन् । कालिकोटका राजनीतिक दल र नागरिक समाजले जिल्ला प्रहरी कार्यालयको भवनको निकै समस्या भएको कुरा राखेपछि महानिरीक्षक अर्यालले आगामी बर्षमा जसरी भए पनि जिल्ला प्रहरी कार्यालयको भवन निर्माण गर्ने वचन दिएका हुन् । महानिरीक्षक अर्यालले अहिले प्रहरी आउने बजेटको ७५ देखि ८० प्रतिशत रकम रासन भत्तामा अन्य सुरक्षा खर्चमा जाने हुदाँ चाहे जति भौतिक संरचना निर्माण गर्न सकेको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: