Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

राजनीति आयआर्जन गर्ने बाटो होइनःप्रधानमन्त्री ओली

\"kp-oli1\"काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका राम्रा कामले टिप्पणी र आलोचना समाप्त भएर जाने भन्दै आत्मविश्वासका साथ काम गर्न राज्यमन्त्रीहरुलाई निर्देशन दिएका छन् ।

यही पुस ९ गते नियुक्त राज्यमन्त्रीलाई शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शपथपछि निर्देशन दिँदै प्रधानमन्त्री ओलीले राम्रा काम गर्दै गए परिणाम पनि प्राप्त हँुदै जाने र देशलाई अघि बढाउन सकिने बताए।

मन्त्रिमण्डल ठूलो भयो भनेर आउने गरेका टीकाटिप्पणीका सम्बन्धमा प्रधानमन्त्री ओलीले यसमा एकथरिले चुस्त मन्त्रिमण्डलले छिटोछरितो काम गरोस् भन्ने भावनाले आलोचना गरेको र अर्कोथरिले जे गर्दा पनि निहुँ खोज्ने मनशाय राखेर आलोचना गरेको बताए।

अहिलेको परिस्थितिमा सामान्य अवस्थाका भन्दा फरक काम गर्नुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले समयमै कानुन नबन्दा भूकम्पबाट जनता प्रताडित भएको र ढिलाइ किन भयो भन्ने सबैलाई जानकारी भएको धारणा राखे ।

इन्धन आपूर्ति र ढुवानीको समस्याले गर्दा पनि भूकम्पपछिको पुनःनिर्माण भएको अवगत गराउँदै उनले यसमा तीव्रता ल्याउन र कामलाई छिटो अगाडि बढाउन ध्यान दिनुपर्ने बताउए ।

स्वच्छता, पारदर्शिता र निष्ठाका साथ काम गरे मात्र सफल भइन्छ भन्दै उनले भने, “राजनीति आयआर्जनको बाटो होइन, माध्यम पनि होइन, राजनीति देश र जनताको सेवा एवम् कल्याणमा समर्पित हुनुपर्छ ।”

विश्व राजनीतिमा सफल भएका सबै व्यक्ति पैसाले नभई निष्ठाका साथ देश र जनताप्रति उन्नत र अग्रगामी विचारका साथ क्रियाशील भएर नै हो भन्ने धारणा राख्दै उनले भने, “हामीले त्यही स्वच्छता, पारदर्शिता, जनता र देशप्रति बफादारीको बाटो नै समाउनुपर्छ, तपार्इंहरुले पनि त्यही बाटो समाउनुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।”

प्रधानमन्त्री ओलीले आत्मनियन्त्रित, आत्मअनुशासित, आफ्नै इमान र नैतिकताबाट नियन्त्रित र निर्देशित हुनुपर्नेमा जोड दिँदै खास परिस्थितिमा देश विकासका लागि खास काम गर्नुपर्ने धारण राखे।

प्रधानमन्त्रीले देश र जनताको अपेक्षानुसार आफूमाथिका मन्त्री र मन्त्रालयको प्रशासनसँग उपयुक्त सम्बन्ध राखेर परिपक्वताका साथ काम गर्न निर्देशन दिए । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: