Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

राजनीति आयआर्जन गर्ने बाटो होइनःप्रधानमन्त्री ओली

\"kp-oli1\"काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका राम्रा कामले टिप्पणी र आलोचना समाप्त भएर जाने भन्दै आत्मविश्वासका साथ काम गर्न राज्यमन्त्रीहरुलाई निर्देशन दिएका छन् ।

यही पुस ९ गते नियुक्त राज्यमन्त्रीलाई शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शपथपछि निर्देशन दिँदै प्रधानमन्त्री ओलीले राम्रा काम गर्दै गए परिणाम पनि प्राप्त हँुदै जाने र देशलाई अघि बढाउन सकिने बताए।

मन्त्रिमण्डल ठूलो भयो भनेर आउने गरेका टीकाटिप्पणीका सम्बन्धमा प्रधानमन्त्री ओलीले यसमा एकथरिले चुस्त मन्त्रिमण्डलले छिटोछरितो काम गरोस् भन्ने भावनाले आलोचना गरेको र अर्कोथरिले जे गर्दा पनि निहुँ खोज्ने मनशाय राखेर आलोचना गरेको बताए।

अहिलेको परिस्थितिमा सामान्य अवस्थाका भन्दा फरक काम गर्नुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले समयमै कानुन नबन्दा भूकम्पबाट जनता प्रताडित भएको र ढिलाइ किन भयो भन्ने सबैलाई जानकारी भएको धारणा राखे ।

इन्धन आपूर्ति र ढुवानीको समस्याले गर्दा पनि भूकम्पपछिको पुनःनिर्माण भएको अवगत गराउँदै उनले यसमा तीव्रता ल्याउन र कामलाई छिटो अगाडि बढाउन ध्यान दिनुपर्ने बताउए ।

स्वच्छता, पारदर्शिता र निष्ठाका साथ काम गरे मात्र सफल भइन्छ भन्दै उनले भने, “राजनीति आयआर्जनको बाटो होइन, माध्यम पनि होइन, राजनीति देश र जनताको सेवा एवम् कल्याणमा समर्पित हुनुपर्छ ।”

विश्व राजनीतिमा सफल भएका सबै व्यक्ति पैसाले नभई निष्ठाका साथ देश र जनताप्रति उन्नत र अग्रगामी विचारका साथ क्रियाशील भएर नै हो भन्ने धारणा राख्दै उनले भने, “हामीले त्यही स्वच्छता, पारदर्शिता, जनता र देशप्रति बफादारीको बाटो नै समाउनुपर्छ, तपार्इंहरुले पनि त्यही बाटो समाउनुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।”

प्रधानमन्त्री ओलीले आत्मनियन्त्रित, आत्मअनुशासित, आफ्नै इमान र नैतिकताबाट नियन्त्रित र निर्देशित हुनुपर्नेमा जोड दिँदै खास परिस्थितिमा देश विकासका लागि खास काम गर्नुपर्ने धारण राखे।

प्रधानमन्त्रीले देश र जनताको अपेक्षानुसार आफूमाथिका मन्त्री र मन्त्रालयको प्रशासनसँग उपयुक्त सम्बन्ध राखेर परिपक्वताका साथ काम गर्न निर्देशन दिए । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending