काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले जेठ ८ गते विश्वासको मत लिने व्यवस्था मिलाउन प्रदेश सभामुख रामअषिश यादवलाई पत्र पठाएका छन् ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले विश्वासको मत दिने वा नदिने विषयमा निर्णय गर्न नसकेपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिने कार्यक्रम सारेका हुन् ।
यसअघि वैशाख २१ गते जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने तयारी गरेका थिए । तर जसपा नेपालभित्र मत विभाजन भएपछि कार्यक्रम स्थगित गरिएको स्रोतले जनाएको छ ।
जसपा नेपालभित्र केही सांसद मुख्यमन्त्रीलाई विश्वासको मत दिनुपर्ने पक्षमा छन् भने केही सांसद विपक्षमा देखिएका छन् । यही विवादका कारण पार्टीले आधिकारिक निर्णय लिन सकेको छैन ।
जसपा नेपालका एक नेताका अनुसार पार्टी बैठक जारी रहे पनि हालसम्म निष्कर्षमा पुग्न सकेको छैन । ती नेताले कांग्रेसभित्रै केही सांसदले फ्लोर क्रस गर्ने सम्भावना देखिएपछि पनि मुख्यमन्त्रीले विश्वासको मतको कार्यक्रम सारिएको दाबी गरे ।
उनले भने, “यदि विश्वासको मतको प्रक्रिया अगाडि बढेको भए जसपा नेपाल कुनै न कुनै निर्णय लिन बाध्य हुन्थ्यो । तर कांग्रेसभित्रको विवादले परिस्थिति जटिल बनायो ।”
यता, जनमत पार्टीले समर्थन फिर्ता लिए पनि सो पार्टीका मन्त्री महेश यादव र वसन्त कुशवाहा अझै सरकारमै छन् ।
जनमत पार्टीका संसदीय दलका नेता चन्दन सिंहले भने आफ्ना सांसदहरूलाई विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप जारी गरिसकेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १ गते, २०८३ - १७:०७
काठमाडौं । आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षणबाट कुल ८८ अर्ब ९ करोड ११ लाख रुपैयाँ बेरुजु कायम भएको छ। तोयम रायाले राष्ट्रपति रामचन्द्र पौडेल समक्...
जेष्ठ १ गते, २०८३ - १६:४९
काठमाडौं । सरकारी अस्पताल तथा स्वास्थ्य निकायहरूमा ठूलो परिमाणमा औषधि र स्वास्थ्य सामग्री म्याद नाघेर प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेको पाइएको छ। ...
जेष्ठ १ गते, २०८३ - १६:३१
बुटवल । लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि मन्त्रालयको संख्या ८ मा सीमित गर्ने तयारी अघि बढाएको छ। हाल प्रदेशमा १२ वटा मन्त्रालय रहेका छन्। ...
जेष्ठ १ गते, २०८३ - १६:०५
काठमाडौँ। सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपालका लागि जापानका राजदूत माएडा तोरुले शिष्टाचार भेटवार्ता गरेको छन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्ष...
जेष्ठ १ गते, २०८३ - १५:५५
काठमाडौँ। संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले जेन्जी प्रतिनिधिहरूसँग आज गर्न लागेको छलफलका विषयमा देखिएका केही अन्योल चिर्दै सकारात...
जेष्ठ १ गते, २०८३ - १५:४९
काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोष कर्मचारी सेवा, शर्त तथा सुविधासम्बन्धी नियमावली, २०८३ स्वीकृत गरी जा...
जेष्ठ १ गते, २०८३ - १५:३५
प्युठान । प्युठान–दाङ सडकखण्डअन्तर्गत माण्डवी गाउँपालिका–१ देविस्थानमा मारुती भ्यान दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। लुप्र ०२–००१...
जेष्ठ १ गते, २०८३ - १५:२०
भरतपुर । जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ । इच्छाकामना–१ कुलबाङकी छ वर्षकी नमुना चेपाङको च्याउ खाँदा शुक्रबार बिहान घरमै मृत्यु भएको हो । ...
जेष्ठ १ गते, २०८३ - १५:०७
बैतडी। गत भाद्रमा जेनजी आन्दोलन का क्रममा नख्खु कारागार बाट फरार भएका एक अभियुक्तलाई बैतडी प्रहरीले पुन: नियन्त्रणमा लिन सफल भएको छ । जबरजस्ती करणी...
जेष्ठ १ गते, २०८३ - १४:५९
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा)को नेतृत्वमाथि लगाइएको निलम्बन फुकुवा गरेको छ । शुक्रबार एन्फाका महासचिवसह...



प्रतिकृया लेख्नुहोस्: