Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

नयाँ वर्ष अंग्रेजी, ढाकाटोपी नेपाली !

[caption id=\"attachment_53204\" align=\"alignleft\" width=\"768\"]\"ढाकाटाेपीमा ढाकाटाेपीमा सजिएका पाल्पालीहरू[/caption]   काठमाडौं । आजबाट अंग्रेजी वर्षको नयाँ वर्ष सन् २०१६ शुरु भएको छ । विश्वभरका जनताले नयाँ वर्ष मनाइरहेका छन् । विश्वका नागरिकहरुले जस्तै नेपालीहरुले पनि अंंग्रेजी नयाँ वर्ष मनाइरहेका छन् । विक्रम सम्बतको नयाँ वर्षका रुपमा वैशाख १ गतेलाई मान्ने गरिए पनि नेपाली समुदायले अंग्रेजी वर्षलार्इृ पनि उत्तिकै उत्साहका साथ नयाँ वर्षका रुपमा मनाउँने गर्दछन् । \"Topi-Dibas-1\"नयाँ वर्षका अवसरमा एक आपसमा शुभकामना साटासाट गरेर नेपालीहरु पनि अंग्रेजी नयाँ वर्षलाई साथ दिइरहेका छन् । तर अहिलेको अंग्रेजी नयाँ वर्षलाई नेपाली युवाहरुले फरक ढंगले मनाइरहेका छन् । अंग्रेजी वर्षलाई पनि उत्तिकै रुपमा सद्भाव राखिने भएकाले नयाँ वर्ष मान्ने गरिएको बताउने युवाहरुले अंग्रेजी नयाँ वर्ष मनाए पनि आफू नेपाली हो भन्ने कुरा नविर्सन आह्वान गरेका छन् । त्यहि राष्ट्रियताको अभियान स्वरुप नेपाली युवाहरुले समाजिक सञ्जाल मार्फत आह्वान गरी अंगेंजी नयाँ वर्षलाई नेपाली ढाकाटोपी दिवसमा रुपमा मनाएका छन् । सामाजिक सञ्जाल मार्फत नै आह्वान गरी नयाँ वर्षको दिन ढाका टोपी लगाउन आग्रह गरिएकैले देश विदेशमा रहेका नेपालीहरुले शुक्रबार ढाका टोपीमा सजिएर सामाजिक सञ्जाल रंगाएका छन् । किन देखियो नेपाली युवाहरुमा ढाका टोपी मोह ? पहिले पहिलका वृद्धहरुको टाउकोमा जहिले पनि ढाका टोपी सजिएकै हुन्छ । तर नेपाली युवाहरुको शिरमा ढाकाटोपी सजिन कि त मन्त्री मन्त्री हुनुपर्ने वा उच्च ओहोदाको सरकारी कर्मचारी नै हुनुपर्ने अवस्था छ । \"Topi\"नेपालीहरुको महान तिहार अर्थात भाइटीकामा टोपीको महत्व हुने गरे पनि भाइटीकामा समेत ढाकाटोपी लगाउन छाडेका नेपाली युवाहरुलाई अहिले ढाका टोपीको मोह त्यसै जागेको भने होइन । भारतले नाकाबन्दी गरिदिएपछि नेपाली युवाहरुमा राष्ट्रियताको भावना बढ्दै गएको हो । राष्ट्रियताको भावना बढ्दै गएका नेपालीहरुले नेपाली ढाकाटोपी नेपालीको प्रतिकका रुपमा रहेको भन्दै अंग्रेजी नयाँ वर्षलाई नेपाली ढाकाटोपी दिवसका रुपमा मनाउन आह्वान गरेका हुन् । भारतविरोधी भावना बढ्दै गएका नेपालीहरुले अंग्रेजी नयाँ वर्षलाई नेपाली टोपी दिवसको रुपमा मनाउन आह्वान गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि नयाँ वर्षसँगै नेपालीहरुसँगको सम्बन्ध सुमधुर हुने विश्वास गरेका छन् । ‘नेपाली पोशाक लगाऔं, राष्ट्रियता जोगाऔं’ भन्ने नाराका नेपाली युवाहरुले चलाएको अभियानसँगै ढाकाटोपीको सान्दर्भिकता पनि अझै बढ्ने विश्वास गरिएको छ । सामाजिक सञ्जालहरुमा मात्र नभइ राजधानीका युवाहरु नयाँ वर्षको नयाँ विहानीमा माइतीघर मण्डलमा ढाका टोपीमा सजिएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: