Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

नयाँ वर्ष अंग्रेजी, ढाकाटोपी नेपाली !

[caption id=\"attachment_53204\" align=\"alignleft\" width=\"768\"]\"ढाकाटाेपीमा ढाकाटाेपीमा सजिएका पाल्पालीहरू[/caption]   काठमाडौं । आजबाट अंग्रेजी वर्षको नयाँ वर्ष सन् २०१६ शुरु भएको छ । विश्वभरका जनताले नयाँ वर्ष मनाइरहेका छन् । विश्वका नागरिकहरुले जस्तै नेपालीहरुले पनि अंंग्रेजी नयाँ वर्ष मनाइरहेका छन् । विक्रम सम्बतको नयाँ वर्षका रुपमा वैशाख १ गतेलाई मान्ने गरिए पनि नेपाली समुदायले अंग्रेजी वर्षलार्इृ पनि उत्तिकै उत्साहका साथ नयाँ वर्षका रुपमा मनाउँने गर्दछन् । \"Topi-Dibas-1\"नयाँ वर्षका अवसरमा एक आपसमा शुभकामना साटासाट गरेर नेपालीहरु पनि अंग्रेजी नयाँ वर्षलाई साथ दिइरहेका छन् । तर अहिलेको अंग्रेजी नयाँ वर्षलाई नेपाली युवाहरुले फरक ढंगले मनाइरहेका छन् । अंग्रेजी वर्षलाई पनि उत्तिकै रुपमा सद्भाव राखिने भएकाले नयाँ वर्ष मान्ने गरिएको बताउने युवाहरुले अंग्रेजी नयाँ वर्ष मनाए पनि आफू नेपाली हो भन्ने कुरा नविर्सन आह्वान गरेका छन् । त्यहि राष्ट्रियताको अभियान स्वरुप नेपाली युवाहरुले समाजिक सञ्जाल मार्फत आह्वान गरी अंगेंजी नयाँ वर्षलाई नेपाली ढाकाटोपी दिवसमा रुपमा मनाएका छन् । सामाजिक सञ्जाल मार्फत नै आह्वान गरी नयाँ वर्षको दिन ढाका टोपी लगाउन आग्रह गरिएकैले देश विदेशमा रहेका नेपालीहरुले शुक्रबार ढाका टोपीमा सजिएर सामाजिक सञ्जाल रंगाएका छन् । किन देखियो नेपाली युवाहरुमा ढाका टोपी मोह ? पहिले पहिलका वृद्धहरुको टाउकोमा जहिले पनि ढाका टोपी सजिएकै हुन्छ । तर नेपाली युवाहरुको शिरमा ढाकाटोपी सजिन कि त मन्त्री मन्त्री हुनुपर्ने वा उच्च ओहोदाको सरकारी कर्मचारी नै हुनुपर्ने अवस्था छ । \"Topi\"नेपालीहरुको महान तिहार अर्थात भाइटीकामा टोपीको महत्व हुने गरे पनि भाइटीकामा समेत ढाकाटोपी लगाउन छाडेका नेपाली युवाहरुलाई अहिले ढाका टोपीको मोह त्यसै जागेको भने होइन । भारतले नाकाबन्दी गरिदिएपछि नेपाली युवाहरुमा राष्ट्रियताको भावना बढ्दै गएको हो । राष्ट्रियताको भावना बढ्दै गएका नेपालीहरुले नेपाली ढाकाटोपी नेपालीको प्रतिकका रुपमा रहेको भन्दै अंग्रेजी नयाँ वर्षलाई नेपाली ढाकाटोपी दिवसका रुपमा मनाउन आह्वान गरेका हुन् । भारतविरोधी भावना बढ्दै गएका नेपालीहरुले अंग्रेजी नयाँ वर्षलाई नेपाली टोपी दिवसको रुपमा मनाउन आह्वान गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि नयाँ वर्षसँगै नेपालीहरुसँगको सम्बन्ध सुमधुर हुने विश्वास गरेका छन् । ‘नेपाली पोशाक लगाऔं, राष्ट्रियता जोगाऔं’ भन्ने नाराका नेपाली युवाहरुले चलाएको अभियानसँगै ढाकाटोपीको सान्दर्भिकता पनि अझै बढ्ने विश्वास गरिएको छ । सामाजिक सञ्जालहरुमा मात्र नभइ राजधानीका युवाहरु नयाँ वर्षको नयाँ विहानीमा माइतीघर मण्डलमा ढाका टोपीमा सजिएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending