Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

अब आफै पत्ता लगाउनुस् , कुन बार जन्मिएको मानिसको स्वभाव र भविष्य कस्तो हुन्छ ?

\"first-24-hours-after-birth-01-pg-full\"एजेन्सी । ज्योतिषशास्त्रका अनुसार मानिस जन्मेको समय र उसको वातावरणले उसको भविष्य निर्धारण गर्ने गर्दछ । कुन बालक कुन बार र समयमा जन्मेका हुन्, उनीहरुको उक्त साइतले स्वभाव र चरित्र निर्धारण गर्ने ज्योतिषहरुले बताउने गरेका छन् । त्यसैले कुन बार जन्मेका मानिसहरु कस्ता हुन्छन् र उनीहरुको जीवनको विकासक्रम कसरी अगाडि बढेको हुन्छ भन्ने जानकारी यहाँ प्रस्तुत छ । आइतबार १. आइतबार जन्मेका व्यक्ति सकारात्मक सोचका मालिक हुन्छन् र निकै विश्वसनीय हुन्छन् । २. तपाईंहरु अन्र्तमुखी हुने भएका कारण थोरै साथीहरु हुन्छन् । ३. निकै संवेदनशील हुने भएका कारण तपाईंहरु कसैले भनेको कुरालाई धेरै दिनसम्म मनमा लिइ रहनु हुन्छ । ४. तपाईंहरुमा चिन्तन शक्ति निकै धेरै हुने भएका कारण लेखन अथवा वकालतको क्षेत्रमा हुनुहुनेछ । ५. तपाईंहरु अरुलाई सहयोग गर्न सधैँ तत्पर त हुनुहुन्छ नै तर तपाईंको चाँडै रिसाउने बानीले तपाईंले सहयोग गर्ने व्यक्तिहरु तपाईंसँग रिसाउने गर्दछन् । ६. तपाईं पैसावाल हुनुहुन्छ र आफ्नो बलबुँतामा नै पैसा कमाउने कोसिस गर्नुहुन्छ । ७. तपाईं कनै पनि कुरामा सम्झौता गर्नुहुन्न । ८. तपाईं सौन्दर्यलाई मन पराउनुहुन्छ त्यसकारण आइतबार जन्मेका व्यक्तिहरु धेरै जसो प्रेम विवाह गर्ने गर्दछन् । ९. तपाईंको रुपरंगमा तपाईंले आफूले आफैलाई भाग्यमानी नै सम्झनुपर्नेछ । १०. तपाईं आफ्नो सम्बन्धलाई निकै सम्मान गर्नुहुन्छ त्यसकारण मानिसहरु तपाईंको झनक्क रिसाउने बानी भइकन पनि मानिससहरु तपाईंलाई छोड्न चाहन्नन् । सोमबार १. सोमबार जन्मेका व्यक्तिहरुको स्मरण शक्ति निकै तेज हुन्छ । २. तपाईं मृदुभाषी हुनुहन्छ तर तपाईं निकै मुडी हुनुहुन्छ । ३. तपाईं निकै संवेदनशील हुनुहुन्छ त्यसकारण निकै चाँडै नर्भस हुनुहुन्छ । ४. तपाईंलाई आफ्नो परिवारसँग समय बिताउन निकै रमाइलो लाग्छ । ५. तपाईंका लागि सम्बन्ध निकै महत्व राख्नेछ । ६. तपाईं पढाईमा तिक्ष्ण हुनुहुन्छ र आफ्नो करियरमा निकै माथि पुग्नुहुन्छ । ७. सोमबार जन्मने महिलाहरु भविष्यमा निकै माया र केयर गर्ने श्रीमतीको रुपमा परिचित हुन्छिन् । ८. सोमबार जन्मेका पुरुषहरु निकै माया गर्ने स्वभावका हुन्छन् तर अलि लोभी हुने भएका कारण उनीहरुले प्रायजसो आफ्नी श्रीमतीको गाली सुन्नुपर्ने हुन्छ । ९. तपाईं आफ्नो सौन्दर्यमा निकै ध्यान दिनुहुन्छ र तपाईंको सुन्दरताले धेरैजसोलाई आकर्षित पनि गरेको हुन्छ । १०. हुन त तपाईं सबैलाई सम्मान गर्नुहुन्छ तर तपाईंको मुडी स्वभावले तपाईंलाई तनाव दिने गर्दछ । मंगलबार १. मंगलबार जन्मेका व्यक्तिहरु निकै बहादुर, स्मार्ट र एक्टिभ हुने गर्दछन् । २. यी व्यक्तिहरु अरु मानिसहरुलाई सहयोग गर्न सधैँ तत्पर रहन्छन्, उनीहरुको स्वभाव परोपकारी किसिमको हुने गर्दछ । ३. यी व्यक्तिहरु आफ्नो हरेक काम निकै गम्भीरताका साथ गर्ने गर्दछन् । ४. मंगलबार जन्मने व्यक्तिहरु गलत कुराहरु सहन नसक्ने भएका कारण उनीहरुलाई रिस पनि धेरै नै उठ्ने गर्दछ । ५. उनीहरुलाई विलासिताको जीवन बाँच्न मनपर्ने हुँदा यी व्यक्तिहरुसँग निकै धेरै लुगा, गाडी, घरलगायत विलासिताका सबै सामग्रीहरु हुने गर्दछ । ६. यस्ता व्यक्तिहरु इमान्दार हुने गर्दछन् र साँचो कुरा बोल्ने गर्दछन् जसकारण आफ्नो बलबुँतामा नै सफलता हाँसिल गर्ने गर्दछन् । ७. यिनिहरु सामाजिक हुँदैनन् र भगवानमाथि विश्वास राख्ने गर्दछन् । ८. यस्ता व्यक्तिहरु सजिलैसँग कसैलाई माफी दिँदैनन् । ९. यी व्यक्तिहरु निकै खर्चिला हुने गर्दछन् र आफ्नो निर्णय आफैँ लिने गर्दछन् । १०. उनीहरुको वैवाहिक जीवन निकै सुखमय तरिकाले व्यतीत हुने गर्दछ र उनीहरुले निकै राम्रो जीवनसाथी पाउने गर्दछन् । ११. कुनै पनि कुरामा छिट्टै मन भरिने कुरा यी व्यक्तिहरुको नकारात्मक पक्ष हो । १२. स्ट्रेट फरवार्ड हुने भएका कारण धेरैजसो मानिसहरुले उनीहरुको बारेमा गलत धारणा बनाउने गर्दछन् तर यी व्यक्तिहरुको मन निकै कोमल हुने गर्दछ । बुधबार १. बुधबार जन्मेका व्यक्तिहरु शान्त, विदुषी र बिजनेश माइन्डका हुने गर्दछन् । २. तपाईंको जीवनमा योजनाहरुको कुनै स्थान नभए पनि तपाईं निकै सुव्यवस्थित तरिकाले काम गर्न चाहनुहुन्छ । ३. तपाईं सफा र स्वच्छ विचारधाराका मालिक हुनुहुन्छ । ४. तपाईंलाई नयाँ–नयाँ कुराहरु जान्न निकै मन लाग्छ । ५. तपाईंको कुरा गर्ने तरिका निकै प्रभावशाली छ । ६. तपाईंहरु कुनै पनि कुरामा त्यति तनावमा नहुने भएका कारण तपाईंहरु जीवनमा निकै सन्तुष्ट हुन्छ । ७. सकारात्मक सोच सँगै जीवनमा अघि बढ्ने तपाईंहरुले निकै सफलता हात पार्नु हुन्छ । ८. तपाईंहरुलाई धेरै रिस त उठ्दैन तर एकचोटी रिसाइसकेपछि तपाईंको रिस शान्त हुन निकै समय लाग्ने गर्दछ । ९. तपाईंहरु कसैलाई पनि सजिलै माफी दिनुहुन्न । कुनै पनि व्यक्ति एक पटक मननपरेमा ती व्यक्तिहरुले जे गरे पनि तपाईंलाई प्रभावित तुल्याउन सक्दैनन् । १०. तपाईंहरु खर्चिलो स्वाभावको हुनुहुन्छ र आफ्नो निर्णय आफैँ लिनुहुन्छ । ११. तपाईंको वैवाहिक जीवन निकै सुखी हुन्छ किनभने तपाईं आफ्नो पार्टनरको निकै हेरबिचार गर्नुहुन्छ । १२. तीब्र बुद्धि हुने भएका कारण बुधबार जन्मिएका मानिसहरु प्रायः शैक्षिक क्षेत्रमा देखिन्छन् । बिहिबार १. बिहिबार जन्मेका व्यक्ति निकै मेधावी, शान्त र निकै समझदार हुने गर्दछन् । २. तपाईं मानिसहरुलाई निकै इज्जत गर्नुहुन्छ त्यसकारण मानिसहरुका लागि आदर्श पनि हुनुहुन्छ । ३. तपाईं सफा र स्वच्छ बिचारधाराका मालिक हुनुहुन्छ । ४. तपाईंको भित्र नेतृत्व गर्ने गुण हुन्छ त्यसकारण तपाईं जुन क्षेत्रमा काम गर्नुहुन्छ त्यहाँको उच्च पद अवश्य हाँसिल गर्नुहुन्छ । ५. तपाईं निकै मेहनत गर्नुहुन्छ र आफ्ना सामानहरु आफूले भने कै ठाउँमा होस् भन्ने चाहनुहुन्छ । ६. स्वतन्त्रता तपाईंलाई मन पर्ने भएका कारण बन्धनमा बस्न चाहनुहुन्न । ७. तपाईं चाँडै नै मानिसहरुलाई विश्वास गर्नुहुन्छ जसको प्रतिफल तपाईंले भोग्न पर्छ । ८. तपाईंको धेरै साथी हुन्छन् तर साँचो मित्र निकै कम । ९. तपाईं स्ट्रेट फरवार्ड हुनुहुन्छ र सुन्दरताको प्रिय हुनुहुन्छ । १०. बिहिबार जन्मेका व्यक्ति आकर्षक र अन्टेन्सन प्रिय हुने भएका कारण धेरैजसो यिनिहरु प्रेम विवाह गर्छन् । उनीहरुको वैवाहिक जीवन सुखमय हुने गर्दछ । ११. स्वास्थ्यको दृष्टिकोणले बिहिबार जन्मेका व्यक्तिहरु धेरैजसो सानो–तिनो रोगको शिकार हुने गर्दछन् जस्तै ज्वरो, पेट दुखाई अथवा टाउको दुखाई । १२. बिहिबार जन्मेका व्यक्तिहरु धेरै पैसा कमाउने गर्दछन् र मन खोलेर खर्च पनि गर्छन् । शुक्रबार १.शुक्रबार जन्मेका व्यक्तिको मन, दिमाग र शरिर निकै राम्रो हुने गर्दछ । २. तपाईंहरु धेरैजसो रचनात्मक क्षेत्रमा देखिनुहुन्छ । ३. तपाईंलाई संगीत, फिल्मी क्षेत्र, मिडिया, खेलजस्ता कुराहरुले आकर्षित गर्ने गर्दछ । ४. तपाईं मधुर स्वरमा बोल्नुहुन्छ र मनमोहक मुस्कानका मालिक हुनुहुन्छ । ५. तपाईं निकै भावुक हुनुहुन्छ जसका कारण कहिलेकाँही तपाईं दुखी पनि हुनुहुनेछ । ६. यदि तपाईं पुरुष हुनुहुन्छ भने महिलाहरुमा र महिला हुनुहुन्छ भने पुरुषहरुमा लोकप्रिय हुनुहुन्छ । ७. तपाईं आफ्नो सम्बन्धमा निकै सजक हुनुहुन्छ तर कहिलेकाँही यहि सजकता नै सम्बन्धमा भारी पर्ने गर्दछ । ८. तपाईंका निकै धेरै साथी हुन्छन् तर साँचो मित्र निकै कम । ९. तपाईंलाई रिस निकै कम आउँदछ तर जब आउँछ नजिक भएका व्यक्तिको हालत खराब हुन्छ । १०. तपाईंको राम्रा गुणहरु नै तपाईंका लागि नराम्रो साबित हुन्छ । ११. तपाईंसँग धनको कमी हुँदैन तर तपाईं त्यसलाई बचत गर्न सक्नुहुन्न । १२. तपाईंले प्रत्येक कुराहरुमा सफलता निकै ढिलो पाउनुहुन्छ तर जब पाउनुहुन्छ स्थायी रुपमा पाउनुहुन्छ अर्को शब्दमा भन्नुपर्दा तपाईं मेहनती हुनुहुन्छ र संघर्ष गर्न सक्नुहुन्छ । शनिबार १.शनिबार जन्मेका व्यक्ति निकै गम्भीर र जिम्मेवार हुने गर्दछन् । २. तपाईं निकै मेधावी, बुद्धिमान र बिजनेस माइन्डका हुनुहुन्छ । अर्को शब्दमा भन्ने हो भने तपाईं हरेक कुरामा परफेक्ट हुनुहुन्छ । ३. तपाईं हाइ क्लास वस्तुहरु मनपराउनुहुन्छ । तपाईंले लगाउने लुगादेखि जुत्तासम्मले तपाईंको हाई क्लास पर्सनालिटी झल्काउँछ । ४. तपाईं हुन त सफा मनको हुनु हुन्छ तर कहिले काँही स्पष्ट वक्ताको रुपमा तपाईंको आलोचना पनि हुने गर्दछ । ५. तपाईंको लागि कुनै पनि सम्बन्ध निकै महत्वपूर्ण हुने गर्दछ र साथीहरुको लागि जे पनि गर्न तयार हुनुहुन्छ । ६. तपाईं पैसावाला हुनुहुन्छ तर तपाईं छिट्टै पैसा खर्च गर्नुहुन्न । ७. तपाईंलाई संगीत र खेलमा रुची हुन्छ । ८. तपाईंलाई रिस उठेपछि नराम्रो सँग उठ्छ भने गलत कुराहरुलाई सहन सक्नुहुन्न । ९. तपाईं जिद्दि हुनुहुन्छ र आफूले भनेको जस्तै हुनुपर्छ भन्ने बिचार राख्नुहुन्छ । १०. तपाईं कसैलाई पनि ठेस पुर्याउन चाहनुहुन्न । ११. तपाईंको वैवाहिक जीवन सुखमय हुन्छ किनभने तपाईं आफ्नो पार्टनरलाई निकै केयर गर्नुहुन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending