Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

अर्को साताबाट आइओसीले मागे जति तेल दिने

\"IOC\"काठमाडौं । विगत झण्डै तीन महिना देखी नेपालले जारि गरेको नयाँ संविधानप्रति असन्तुष्टि जनाउँदै नेपालमाथि अधोषित नाकाबन्दी गर्दै आएको भारतले पछिल्लो चरणमा आपूर्ति सहज बनाउन थालेको छ ।   भारतबाट विरगंञ्नको रक्सौल नाकाबाहेक अन्य नाकाहरुबाट सहज रुपमा पेट्रोलिय पदार्थ लगाएत अन्य उपभोग्य सामानहरु आउन थालेका छन् ।   इन्डियन आयल कर्पोरेशन आइओसी ले आफ्नो डिपोमा गएका  सबै नेपाली ट्यांकरलाई तेल लोड गरेर पठाउन थालेको छ । स्रोतका अनुसार आइओसीले रक्सौल बाहेकका डिपोबाट चाहेजति पेट्रोलियम पदार्थ दिने प्रतिवद्धता जनाएको छ। रक्सौल बाहेकका नाकाबाट सहज रुपमा पेट्रोलियम पदार्थ आउन थालेपछि नेपाल आयल निगमले बजारमा आपूर्ति बढाउने तयारी गरेको छ । ‘भारतबाट आउने पेट्रोलियम पदार्थको मात्रा बढेको छ। डिजेलको आपूर्ति राम्रोसँग भइरहेको छ, आयल निगमका वितरण विभाग प्रमुख एवं प्रवक्ता मुकुन्दप्रसाद घिमिरेले , ‘केही दिनभित्रै बजारमा पेट्रोलियम पदार्थको आपूर्ति बढाउँछौं। ’ उनका अनुसार केही दिनभित्रै काठमाडौं बाहिर डिजेलको वितरण बढाउने निगमले योजना बनाएको छ ।  काठमाडौंभित्र अर्को साता नै चार पांग्रे सवारी साधनलाई पेट्रोल दिइने उनले बताए ।‘ भारतले अघोषित नाकाबन्दी लगाएपछि आइओसीले विगतको तुलनामा २५ प्रतिशतमात्रै इन्धन दिदै आएको थियो र त्यो मध्ये पनि पेट्रोल धेरै न्युन मात्रै दिने गरेको थियो । पेट्रोल न्यून परिणाममा आएपछि निजी सवारी साधनलाई महिनामा तीन पटक मात्रै पेट्रोल वितरण गरिदै आएको थियो । निगमले बिहीबार नयाँ आपूर्ति सचिव विष्णु लम्सालसँग छलफल गरेर पेट्रोलियम पदार्थ वितरण सहजीकरण गर्ने तयारी गरेको छ ।   नेपालको तराइ – मधेसमा जारी मधेसी मोर्चाको माग लाई नेपाल सरकारले बेवास्ता गरेको भन्दै भन्दै असन्तुष्टि जनाउँदै आएको भारतले पछिल्लो चरण्मा मधेसी मोर्चाको आन्दोलनको संवोधनका लागि सरकारले अघि सारेको ३ वुँदे माग प्रति सकारात्मक धारणा व्यक्त गरेको छ । तराई मधेसमा जारी आन्दोलको माग संवोधन गरि नाकामा जारी अवरोध हटेमा आपूर्ति सहज गर्न सकिने धारणा भारत सरकारले व्यक्त गर्दै आएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: