Khabar Dabali १ जेष्ठ २०८३ शुक्रबार | 15th May, 2026 Fri
Investment bank

ओलीज्यू, सार्वजनिक बस चढेर बालकोट जाने कि !

\"chhatकाठमाडौं । भारतले गरेको नाकाबन्दीको मार सबैलाई परेको छ । तर सबैभन्दा बढी मार भने भक्तपुर बालकोटका बासिन्दाले खेप्नु परेको छ । काठमाडौंको कलंकीबाट भक्तपुरको बालकोट जाने बस छुट्ने गर्छ । बाग्मती यातायातको साना मिनी बस उक्त रुटमा चल्छ । भारतले गरेको नाकाबन्दीका कारण ट्राफिक प्रहरीले छतमा झुण्डिएर यात्रा गर्न पनि छुट दिएकोले यात्रुहरु जसोतसो झुण्डिएर यात्रा गर्न बाध्य भएका छन् । भक्तपुरको बालकोट यस्तो ठाउँ हो, जहाँ प्रधानमन्त्री केपी शर्मा ओलीको घर पनि छ । प्रधानमन्त्री हुन्जेल सरकारी निवास बालुवाटरमा बस्न पाउने भए पनि ओली बेला बेलामा सरकारी सुविधाको चिल्लो गाडी हाँकेर बालकोट पुग्छन् । कलंकी–बानेश्वर–कोटेश्वर रुटको गाडी नहुँदा समस्या कलंकी–बानेश्वर–कोटेश्वर चल्ने निलो माइक्रो बस भारतको नाकाबन्दीपछि चल्न छाडेको पनि यो रुटमा चल्ने गाडी नहुँदा यात्रुले समस्या झेल्नु परेको छ । ग्यासबाट चल्ने गरेका निलो माइक्रोबस नाकाबन्दी गरेपछि ठप्पै भयो । कलंकीबाट बानेश्वर रुटमा चल्ने सवारी नहुँदा बानेश्र आउने यात्रुहरु पनि बालकोट जाने बसमा कोचिन्छन् । कलंकी–बानेश्वर–कोटेश्वर ब्याट्रीबाट चल्ने सफा टेम्पो चल्ने भए पनि ती टेम्पो पनि एकाएक विस्थापित भए । \"Busko-Chhat-ma-yatra\"           बाग्मती यातायातको दादागिरी राजधानीमा पछिल्लो समय साझा यातायात सञ्चालन गरिएपछि केही समय भने यो रुटका यात्रुलाई केही राहत मिलेको थियो । कलंकी–बानेश्वर हुँदै एयरपोर्ट रुटमा सझा यातायात चलेपछि राहतको महशुस गरेका यात्रुलाई साझा यातायातले रुट बदलेपछि फेरि उस्तै समस्या भयो । साझा यातायातले यात्रु नपाएर रुट बदलेको भने होइन, बाग्मती यातायातको दादागिरीले गर्दा नै रुट बदल्न बाध्य भएको साझा यातायातका कर्मचारीहरु बताउँछन् । नाकाबन्दीका कारण सवारी चाप कम भएको भन्दै कतिपय ठाउँ सेना, प्रहरीको गाडीले पनि सेवा दिएको छ । तर यो रुटमा भने बैकल्पिक सवारीसमेत नहुँदा पछिल्लो समय झनै समस्या भएको यात्रुहरु बताउँछन् । देशको प्रधानमन्त्री नै आफ्नो गाउँको भएपछि राहत पाइने आशामा थिए, बालकोटबासी । तर प्रधानमन्त्री भएपछि त जनताको समस्या कालोशिशाभित्रको गाडीबाट देखिने कुरा पनि भएन, बालकोट हिडेका एक यात्रुले भने । भनिन्छ, आफू नमरी श्वर्ग देखिन्न । त्यसैले प्रधानमन्त्रीज्यू आम नागरिकसको समस्या नदेखेपछि आफ्नै गाउँका बासिन्दाको समस्या बुझ्नलाई एक पटक आफैले सार्वजनिक गाडी चढेर बालकोट जाने हो कि ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending