Ntc summer Offer
Khabar Dabali ७ जेष्ठ २०८१ सोमबार | 20th May, 2024 Mon
NIMB

के के हुन् अल्छी मानिसले खाने चार जागिर ?

\"neaktivni-750\" एजेन्सी । थोरै काम गरेर धेरै कमाउने रहर कस्लाई पो नहोला र । दुनियाँमा थोरै काम गरेर धेरै कमाउन सकिने कामहरु पनि रहेका छन् । यसलाई मानिसहरु अल्छिले खाने जागिर भनेर भन्छन् । कम परिश्रम गरेर धेरै पैसा कमाउने काम अथवा अल्छिले खाने जागिर के के हो त ? इन्टरनेट साइट मार्फत प्रश्नोत्तर सोधी बीबीसीले एउटा सर्भेक्षण गरेको छ । बीबीसीले स्मार्ट तथा अल्छी मानिसका लागि सबैभन्दा राम्रो जागिर कुन होला ? भनेर सोधेको थियो । त्यसमा प्राप्त जवाफमध्ये अल्छीका लागि सबैभन्दा उपयुक्त ४ जागिर यस प्रकार रहेका छन् : १. विज्ञ बन्ने कामः \"lecturer-006-750\" जो मानिस बुद्धिमान तर अल्छी छन् उनीहरुको लागि सबैभन्दा राम्रो काम हो केही कुराको विशेषज्ञ बन्नु । तपाइँले मानिसहरुको बीचमा आफ्नो विचार तथा राय बाँड्नुहुन्छ वा उपदेश दिनुहुन्छ तर त्यो विचार अनुसार तपाइँले काम गर्नु पर्दैन, अरुले नै गर्छ ।’ उनका अनुसार आइडिया भन्ने यस्तो चिज हो की जो मानिसलाई सजिलो तथा रमाइलो लाग्छ । सम्भवतः कुनै दोश्रो मानिसलाई नयाँ आइडिया फुराउन हम्मे हम्मे पर्छ र त तपाइँलाई पैसा तिर्छ । २.चीनमा अंग्रेजी पढाउने कामः \"schoolchildren-750\" कम्प्युटर गेम डिजाइनर एन्डी ली चेसिरी लेख्छिन्, ‘बेइजिङमा मैले जति शिक्षकलाई भेटेँ हरेक तिनजनामा एक जनाको दाबी हुन्थ्यो की उनीहरु निकै मेधावी छन् तर निकै अल्छी छन् ।’ चीनमा शिक्षकको माग उच्च रहेको र तलब पनि राम्रो रहेको उनको भनाइ छ । त्यसका साथै जागिर खानका लागि आवश्यक योग्यता तथा मापदण्ड पनि खासै कडा छैनन् । कतिपय अवस्थामा छ अंग्रेजी भाषा बोल्ने देशमा जन्मिएमा मात्रै पनि अंग्रेजी भाषा पढाउने शिक्षकको योग्यता काफी हुन्छ । अंग्रेजी पढाउनेका लागि समयतालिका पनि खुकुलो हुन्छ र धेरैले यसलाई पार्टटाइम जब बनाइरहेका हुन्छन् । चीनमा घुमफिर गर्न जाने अंग्रजी भाषीले रमाइलो गर्दै अंग्रेजी पढाउँदा पनि मध्यम वर्गका चिनियाले जत्तिको सजिलै कमाउने सक्ने उनको दाबी छ । त्यसैले अल्छी मानिसका लागि चीनमा अंग्रेजी पढाउन जानु सबैभन्दा राम्रो विकल्प रहेको उनको भनाइ छ । ३.कम्प्युटर प्रोग्रामिङ गर्ने काम : \"348679bc2048051663f792950b230240-750\" यदि घर तथा कार्यालयभन्दा बाहिर तटा टाढा टाढा जान तपाइँलाई सम्भव छैन भने तपाइँका लागि कम्प्युटर प्रोग्रामर बन्नु उपयुक्त हुने सुझाव छ पल डेलिंगरको । उनका अनुसार यो एउटा निरन्तर सिक्ने प्रक्रिया हो । तर यसमा खासै मेहेनत गर्नुपनि पर्दैन । विस्तारै तपाइँले उहीँ चुनौति बारम्बार आफ्नो अगाडि आएको पाउनुहुन्छ । यसमा काम पनि कम गरे हुन्छ । उत्कृष्ट कम्प्युटर प्रोग्रामरको त काम नै सानो कोड लेख्नु हो । यो करिअरमा पैसा पनि मनग्गे कमाइन्छ, तर मानिसलाई यसले अल्छी बनाउँछ । उनका अनुसार कम्प्युटर प्रोग्रामर बन्नुभयो भने तपाइँलाई ठूलाबडा मानिससँग भेट्ने मौका मिल्छ अनि धनाढ्य लगानीकर्ताहरु तपाइँको आइडियालाई किन्नका लागि मनग्गे पैसा खर्चिन्छन् । ४.माइक्रोसफ्टको जागिर खाने काम : \"04satya-nadella-letter6-750\" अल्छी मान्छेका लागि माइक्रोसफ्टको जागिर उपयुक्त हुन्छ भन्दा नसुहाउँदो लाग्नसक्छ । तर क्वोरा डट कमका प्रयोगकर्ता अरविन्द कृष्णनले भने अल्छी तर स्मार्ट मानिसका लागि माइक्रोसफ्टको बाटो देखाएका छन् । कृष्णनले अर्बपति बिल गेट्सको कथनको हवाला दिएका छन् । बिल गेट्सले भन्थे ‘मैले पनि पनि मुस्किल काम गर्नका लागि सधै अल्छी व्यक्ति छान्दछु । किनकी त्यस्ता मानिसले त्यस्तो काम गर्नका लागि सजिलो तरिका खोज्दछन् ।’ स्रोत : बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies