दोलखा । दोलखा जिल्लामा चिसोबाट मृत्यु हुने भूकम्प प्रभावित वृद्धवृद्धाको सङ्ख्या दिन प्रतिदिन बढ्दै जान थालेको छ । विभिन्न गाविसमा गरी आज थप पाँच जनाको चिसोका कारण मृत्यु भएको छ ।
भूकम्पले घर भत्किएपछि जस्ताको टहरा र पालमा बस्दै आएका वृद्धवृद्धा चिसोका कारण बिरामी पर्ने र मृत्यु हुने क्रम पछिल्ला दिन बढ्दै गएको छ ।
पछिल्लो तथ्याङ्कअनुसार दोलखा चङ्खु गाविस–७ की ५५ वर्षीय मिठ्ठु तामाङ, लापिलाङ–३ का ७३ वर्षीय गम्भीर थामी, पवटी–५ का ५८ वर्षीय बमबहादुर तामाङ, शैलुङ्गेश्वर–५ का ८२ वर्षीय देवकुमारी कार्की र कालिञ्चोक–१ की ६६ वर्षीय सानुमाया थामीको चिसोका कारण बिरामी परी मृत्यु भएको हो ।
यसअघि भूकम्पले घर भत्किए पछि जस्ताको टहरामा बस्दै आएका मेलुङ–८ का ६८ वर्षीय विष्णुमाया श्रेष्ठ र ७० वर्षीय जगतबहादुर श्रेष्ठ, दोलखा डाँडाखर्क– ८ का ९५ वर्षीय धनराज तामाङ, झुले गाविस–७ का ८६ वर्षीय लालबहादुर कार्की, झुले गाविस–४ का ८३ वर्षीय जानुका कार्की, गैरीमुदी गाविसका ६८ वर्षीय लालबहादुर तामाङ, बुलुङ गाविस–८ का ६२ वर्षीय भक्तबहादुर मगर र जफे गाविस–१ का ७९ वर्षीय भद्रकुमारी पोखरेलको चिसोका कारण मृत्युु भएको स्थानीयवासीले बताएका थिए ।
जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक बेलबहादुर पाण्डेले दोलखाको केही गाविसमा वृद्धवृद्धाको मृत्यु भएको जानकारी आएको भए पनि चिसोकै कारण मृत्यु भएको हो भने तथ्य प्रमाणित भइनसकेकोे बताउनुभयो । जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख माधव लम्सालले दोलखाको विभिन्न ठाउँमा मृत्यु भएका मानिस चिसोको कारणभन्दा पनि दम, मिर्गौला जस्ता समस्याले पीडित रहेको बुझिएको बताए । मृत्यु भएका अधिकांश दीर्घरोगी भएको उनको भनाइ छ ।
भूकम्पले घर भत्किए पछि टहरामा बसेका बिरामी, वृद्धवृद्धा, बालबालिकाले स्वास्थ्यमा कुनै समस्या भए तत्काल स्वास्थ्य कार्यालयमा सम्पर्क गर्न र तातो कपडा लगाएर बस्न उहाँले सुझाव दिए । मृत्यु हुनेहरुको सङ्ख्या बढेर सरोकारवालामाथि चुनौती थपिएको नागरिक समाज दोलखाका अध्यक्ष चिरञ्जीवी मास्केले बताए ।
सरकारले भूकम्प प्रभावित जिल्लामा राहत तथा पुनःस्थापनाको काम प्रभावकारी ढङ्गले अगाडि बढाउन नसक्दा घरवारविहीन बनेका पीडित धमाधम बिरामीसमेत पर्न थालेका छन् । स्थानीय विकास अधिकारी सीता परियारका अनुसार दोलखाका भूकम्पपीडितलाई न्यानो कपडाका लागि सरकारले दिने भनेको रु १० हजार वितरण सुरु गरिएको छ ।
जिल्लाको भूकम्पपीडितको सङ्ख्याको हिसाबले रु ८५ करोड ८५ लाख ८० हजार आवश्यक पर्नेमा अहिले रु ५० करोडमात्र प्राप्त भएको पनि उनले जानकारी दिए । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...




प्रतिकृया लेख्नुहोस्: