Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

नेपाली उत्पादनलाई भन्सार छुट दिने अमेरिकाको निर्णय स्वागतयोग्य – प्रधानमन्त्री

\"oli\"काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा उत्पादित कपडा निर्यातमा लाग्ने भन्सार छुट दिने अमेरिकी सरकारको निर्णयलाई स्वागत गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल उद्योग वाणिज्य महासङ्घ, उद्योग परिसङ्घ र चेम्बर अफ कमर्सका प्रमण्डलसँग आज भएको भेटमा उनले अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनको माग बढेकाले व्यवसायीलाई कपडा र तयारी पोसाकको उत्पादन बढाउन आग्रह गरे । लामो समयदेखि तराईमा भएको आन्दोलनका कारण बन्द उद्योग खुलाउन सरकारले विशेष पहल गर्ने आश्वासन दिँदै प्रधानमन्त्री ओलीले भने, “लामो समयदेखि उद्योगधन्दा बन्द हुँदा देशको अर्थतन्त्र ध्वस्त भएको छ । उद्योग खुलाउन सरकारले विशेष योजना छिट्टै ल्याउँछ ।” उनले बन्द खुलाउन उद्योगी व्यवसायीले दृढतापूर्वक सरकारलाई साथ दिनुपर्ने बताए । आफ्नो उत्पादनलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन उत्पादनको गुणस्तर र मूल्यमा ध्यान दिन व्यवसायीलाई आग्रह गर्दै प्रधानमन्त्री ओलीले कृषि र उद्योगलाई समायोजन हुने गरी उद्योग सञ्चालन गर्नुपर्ने बताए। प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालका अनुसार प्रधानमन्त्री ओलीले भने, “कपास रोप्नेदेखि गलैँचा बुन्नेसम्मका काम स्वदेशमै भए भने कृषि र उद्योग एकीकृतरुपमा अगाडि बढ्छ । जब कच्चा पदार्थ आफैँसँग हुन्छ, त्यस्ता उद्योगले लामो समयसम्म उत्पादन दिन पनि सक्छन्, त्यहीँबाट सुरु हुन्छ आत्मनिर्भरता ।” भेटमा महासङ्घका अध्यक्ष पशुपति मुरारका, परिसङ्घका अध्यक्ष नरेन्द्र बस्नेत, चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठ, महासङ्घका पूर्व अध्यक्ष सुरज वैद्यलगायतको सहभागिता थियो । उनीहरुले लामो समयको बन्दबाट उद्योग व्यवसाय चौपट भएकाले उद्योग सञ्चालन गर्ने वातावरण बनाइदिन प्रधानमन्त्रीसँग माग गरेका थिए । व्यवसायीले धरान–उदयपुर–सिन्धुली सडक पुनःनिर्माण गरेर वैकल्पिक मार्ग सञ्चालन गर्न पनि प्रधनमन्त्रीसँग माग गरेको प्रेस सल्लाहकार दाहालले जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: