Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

प्रचण्डलाई प्रधानमन्त्रीको प्रस्ताव, यसरी हुँदैछ ओली ढाल्ने खेल

\"prachanda_oli\"काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सरकारका निर्णायक साझेदार एकिकृत नेकपा माओवादीका अध्यक्ष पूस्पकमल दाहाल प्रचण्डलाई पून प्रधानमन्त्रीको प्रस्ताव गरिएको स्रोतहरुले बताएका छन् । ओली सरकार निर्माणको क्रममा समेत प्रचण्डलाई प्रधानमन्त्री बन्ने प्रस्ताव ल्याएको उक्त निकायले अहिले फेरी कांग्रेस र मधेसवादीको समर्थन प्रचण्डलाई प्रधानमन्त्रीमा प्रस्ताव गरिएको हो ।   यसरी प्रस्ताव ल्याउनेमा छिमेकी राष्ट्र भारतको नेपाल मामला हेर्ने उच्च कुटनीतिक निकाय भएको बताइएको छ । उच्च राजनीतिक स्रोतका अनुसार ओली सरकारलाई संविधान संशोधन गर्न लगाएर नाकाबन्दीबाट उन्मूक्ति लिएको भारतले अहिले नयाँ रणनीति अन्तर्गत यस्तो प्रस्ताव गरिरहेको छ ।   काठमाडौंमा अहिले भारतीय केही अधिकारीहरु नयाँ राजनीतिक वातावरण निर्माणका लागी सक्रिय छन् । उनीहरुको प्लान १ अन्तर्गत एमाओवादीको समर्थन फिर्ता लिन लगाएर ओली सरकार गिराउने र कांग्रेस महाधिवेशनसम्मका लागी प्रचण्ड नेतृत्वको सरकार निर्माण गरेर नेपालको वामपन्थी एकता भत्काउने प्रयास गर्ने छन् । प्लान २ अन्तर्गत यो प्रस्ताव प्रचण्डले नमानेको अवस्था साना दल लगायत गच्छदार, राप्रापा नेपाललाई सरकारको समर्थन फिर्ता गराउने योजना ति अधिकारीहरुको छ ।   राप्रपा, गच्छदार नेतृत्वको दल र अन्य साना पार्टीहरुको समर्थन फिर्ता हुँदा ओली सरकार अल्पमतमा पर्छ र नेपाली कांग्रेसको नेतृत्वमा मधेसवादी दलहरु सहितको सहभागीतामा सरकार निर्माण गर्ने उनीहरुको योजना छ । सोही गृहकार्य अन्तर्गत ति अधिकारीहरु अहिले नेपालका उच्च नेताहरुसँग नियमित संवादमा रहेको समेत स्रोतले बतायो ।   भारतीय कुटनीतिक निकाय निरन्तर नाकाबन्दीको विकल्पमा नेपालको राजनीतिक नेतृत्वलाई तह लाउने उचित समय खोजिरहेको थियो । भारत भ्रमणमा गएका कमल थापा मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले सिमाकंन बाहेकमा संविधान संशोधन गर्न आफु तयार रहेको जानकारी पठाएपछि नयाँ दिल्लीमा नेपाल मामला सम्बन्धी जानकारहरुको एक छलफलबाट यस्तो रणनीति बनाइएको बताईन्छ ।   सोही छलफलको निष्कर्षस्वरुप कुटनीतिक निकायका केही अधिकारीहरु पछिल्लो समय काठमाडौंमा कृयाशिल छन् । स्रोत भन्छ,–अहिले उनीहरुले दोहोरो भूमिका निर्वाहा गरिरहेका छन् । ओलीलाई यही सरकार टिकाउने आस्वाशन दिने र अरुलाई सरकार ढाल्न उक्साउने ।   यही रणनीति मुताविक प्रचण्डलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरिसकिएको छ । तर चतुर तथा तिक्ष्ण प्रचण्डले ३ महिनामा आफुलाई ढाल्ने भारतीय योजनाको सुईको पाएकै कारण हुनसक्छ अहिले सरकारको विकल्पमा सोच्न नसकीने बताएर पठाएको बताईन्छ ।   नेपाली कांग्रेसको महाधिवेशन नजिकिएको र नेतृत्वमा कसको सम्भावना भन्ने नटुगिंएकाले पनि उनीहरु त्यतिबेलासम्मलाई प्रचण्डलाई प्रधानमन्त्री बनाउन चाहन्छन् । भारतीय चाहना कांग्रेसका रामचन्द्र पौडेललाई हो तर देउवा सम्भावनालाई समेत उनीहरुले विकल्प बनाएको उक्त स्रोतको दावी छ ।   यसो गर्न सकिएमा नेपालका दूई ठुला बामपन्थी दल एमाले र एमाओवादीको सम्बन्ध नराम्रोसँग बिग्रने समेत उनिहरुको आँकलन छ ।   ति अधिकारीहरुले प्रचण्डलाई मनाउनका लागी नेपाली कांग्रेसका महामन्त्री कृष्ण सिटौला देखि अमरेश सिंहसम्मलाई लगाएको छ भने मधेसवादी दलका नेताहरुले समेत सांकेतिक रुपमा प्रचण्डलाई कुराकानी गरिसकेका छन् । प्रधानमन्त्री ओली र प्रचण्ड दुवैलाई चिढ्याउँदा सरकार अझै मजबुत बन्ने निष्कर्ष ती भारतीय कुटनीतिक अधिकारीहरुको छ । तसर्थ उनीहरु ओलीलाई व्यालेन्स गर्दै प्रचण्ड उचालिरहेका छन् । तर प्रचण्डले ति अधिकारीहरुलाई सकारात्मक जवाफ दिएका छैनन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending