Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

चीनसँग इन्धन खरिद गर्ने दीर्घकालिन सहमति

\"kamalकाठमाडौं । भारतले गरेको नाकाबन्दीको विकल्प खोज्नुपर्ने दबाब भइरहेका बेला सरकारले चीनसँग इन्धन ब्यापारको दीर्घकालिन सहमति गरेको छ । चीनको औपचारिक निमन्त्रणामा साता ब्यापी चीन भ्रमणमा गएका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले चीनसँग इन्धन ब्यापापरसहितको ८ बुँदे सहमति गरेका हुन् । बेइजिङमा शुक्रबार भएको नेपाल र चीनका विदेशमन्त्री स्तरीय वार्तामा भएको आठ बुँदे सहमतिमा उपप्रधानमन्त्री थापाले हस्ताक्षर गरेका छन् । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले नेतृत्व गरेको टोली र चीनका विदेश मन्त्री वाङ यीले नेतृत्व गरेको टोलीबीच बेइजिङस्थित विदेश मन्त्रालयमा भएको वार्तामा आठ बुँदे सहमती भएको संयुक्त विज्ञप्ति मार्फत जानकारी दिइएको छ । नेपाल र चीन बीच भएको सहमतिको चौथो बुँदामा चीन र नेपालबीच दीर्घकालीन रुपमा तेल र ग्यासको व्यापार गर्ने उल्लेख छ । इन्धन संकट समाधान गर्न नेपाललाई मध्यकालीन र दीर्घकालीन रुपमा आपूर्ति व्यवस्था मिलाउन चीन सहमत भएको छ । विगत ६० वर्षमा नेपाल–चीन सम्बन्ध घनिष्ठ रुपमा अगाडि बढेको ठहर गर्दै अर्को वर्ष प्रधानमन्त्री तहको उच्च भ्रमण आदानप्रदान गर्ने पनि दुई देशबीच सहमति भएको छ । चीन–नेपाल सीमा व्यापार विस्तार गर्न सुक्खा बन्दरगाहहरू तथा सीमा नाकाहरू व्यवस्थित गर्ने पनि दुई देशबीच सहमति भएको छ । त्यस्तै दुई देशबीच पारबहन तथा बिप्पा सम्झौता गर्नका लागि सक्रियता साथ अध्ययन गर्ने पनि सहमति भएको छ । चीनका विदेशमन्त्रीसँगको भेटवार्ताको क्रममा चिनियाँ पर्यटकलाई भिसा नलाग्ने बनाइनेबारेमा पनि छलफल भएको छ । भूकम्पले गर्दा नेपालमा सुरक्षा सतर्कता अपनाउन भनी चीनले गरेको सूचना पनि शुक्रबारदेखि नै हटाउने पनि दुई पक्षबीच सहमति भएको छ । परराष्ट्रमन्त्री थापाले नेपालमा चिनियाँ पर्यटकलाई भिसा–मुक्त भ्रमण व्यवस्था गरिने जानकारी गराए।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending