Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

चीनसँग इन्धन खरिद गर्ने दीर्घकालिन सहमति

\"kamalकाठमाडौं । भारतले गरेको नाकाबन्दीको विकल्प खोज्नुपर्ने दबाब भइरहेका बेला सरकारले चीनसँग इन्धन ब्यापारको दीर्घकालिन सहमति गरेको छ । चीनको औपचारिक निमन्त्रणामा साता ब्यापी चीन भ्रमणमा गएका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले चीनसँग इन्धन ब्यापापरसहितको ८ बुँदे सहमति गरेका हुन् । बेइजिङमा शुक्रबार भएको नेपाल र चीनका विदेशमन्त्री स्तरीय वार्तामा भएको आठ बुँदे सहमतिमा उपप्रधानमन्त्री थापाले हस्ताक्षर गरेका छन् । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले नेतृत्व गरेको टोली र चीनका विदेश मन्त्री वाङ यीले नेतृत्व गरेको टोलीबीच बेइजिङस्थित विदेश मन्त्रालयमा भएको वार्तामा आठ बुँदे सहमती भएको संयुक्त विज्ञप्ति मार्फत जानकारी दिइएको छ । नेपाल र चीन बीच भएको सहमतिको चौथो बुँदामा चीन र नेपालबीच दीर्घकालीन रुपमा तेल र ग्यासको व्यापार गर्ने उल्लेख छ । इन्धन संकट समाधान गर्न नेपाललाई मध्यकालीन र दीर्घकालीन रुपमा आपूर्ति व्यवस्था मिलाउन चीन सहमत भएको छ । विगत ६० वर्षमा नेपाल–चीन सम्बन्ध घनिष्ठ रुपमा अगाडि बढेको ठहर गर्दै अर्को वर्ष प्रधानमन्त्री तहको उच्च भ्रमण आदानप्रदान गर्ने पनि दुई देशबीच सहमति भएको छ । चीन–नेपाल सीमा व्यापार विस्तार गर्न सुक्खा बन्दरगाहहरू तथा सीमा नाकाहरू व्यवस्थित गर्ने पनि दुई देशबीच सहमति भएको छ । त्यस्तै दुई देशबीच पारबहन तथा बिप्पा सम्झौता गर्नका लागि सक्रियता साथ अध्ययन गर्ने पनि सहमति भएको छ । चीनका विदेशमन्त्रीसँगको भेटवार्ताको क्रममा चिनियाँ पर्यटकलाई भिसा नलाग्ने बनाइनेबारेमा पनि छलफल भएको छ । भूकम्पले गर्दा नेपालमा सुरक्षा सतर्कता अपनाउन भनी चीनले गरेको सूचना पनि शुक्रबारदेखि नै हटाउने पनि दुई पक्षबीच सहमति भएको छ । परराष्ट्रमन्त्री थापाले नेपालमा चिनियाँ पर्यटकलाई भिसा–मुक्त भ्रमण व्यवस्था गरिने जानकारी गराए।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: