Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

नाकाबन्दीले क्रिसमस र उधौलीको उल्लास देखिएन

काठमाडौं । क्रिश्चियन धर्मावलम्बीहरुको महान पर्व क्रिसमस डे र किराँत समुदायको उँधौली पर्व र नेवार समुदायले मनाउने यमरी पुन्हीको उल्लास खासै देखिएको छैन । भारतले गरेको नाकाबन्दीका कारण सबै धर्मावलम्बीहरुको चाडबाड खल्लो भएको छ । \"christmas\"क्रिश्चियन धर्मावलम्बीहरुले मान्ने पर्व भए पनि नेपालमा सबै धर्मावलम्बीहरुले क्रिसमसको शुभकामना साटासाट गर्ने र रमाइलो गर्ने गर्दछन् । डिसेम्बर २५ तारिखका दिन मनाइने क्रिसमस डेको उल्लास राजधानीका होटल रेष्टुराँहरुमा पनि खासै देखिएको छैन । क्रिश्चियन धर्मावलम्बीहरु मात्रै आपसमा शुभकामना साटासाट गरेका छन् भने सामाजिक सञ्जालहरुमा मात्रै क्रिसमसको शुभकामनाहरु देखिएका छन् । काठमाडौ लगायत देशमा बिभिन्न ठाउँमा अवस्थित चर्चहरुमा क्रिष्चियन धर्मालम्बीहरुले आपसमा शुभकामना साटासाट गरिरहेका छन् । इसाई धर्मावलम्बीले येशुको कन्या (मारियम) को कोखबाट जन्म भएको र मारियमको विवाह युसुफसँग हुन लागेको समयमा स्वर्गदूतले मानव समुदायको कल्याणका लागि संसारमा येशुले जन्म लिन लागेको भविष्यवाणी गरेको विश्वास गर्छन् । येशुले अन्याय, अत्याचार तथा विभेदबाट मानिसलाई मुक्ति दिलाउन आफैं क्रसमा चढेको मान्यता रहि आएको छ । दुःखी, गरिब, असहाय र उत्पीडित वर्गलाई सामाजिक रूपमा सशक्त बनाउन मानव समुदायलाई शिक्षा तथा सन्देश दिनुभएका येशुको जीवनको त्याग सम्पूर्ण मानिसका लागि प्रेरणा बन्न सक्ने इसाई धर्ममा उल्लेख छ । क्रिश्चियन पर्व मनाउन नेपाल सरकारले वि.सं २०६४ पछि डिसेम्बर २५ का दिन सार्वजनिक बिदासमेत दिँदै आएको छ । उधौलीको रौनक पनि कम   क्रिश्चियन धर्मावलम्बीहरुको क्रिसमसजस्तै किराँत समुदायले मनाउँने उधौंली पनि ओझेलमा परेको छ । तराई–मधेसमा जारी आन्दोलन र बन्द हड्ताल तथा भारतले गरेको नाकाबन्दीका कारण जर्जर अवस्थामा पुगेका नेपालीहरुका चाडबाडहरुमा उल्लासमय हुन सकेको छैन । [caption id=\"attachment_52135\" align=\"alignleft\" width=\"300\"]\"विदेशमा विदेशमा उधाैली मनाउँदै[/caption] खासगरी पूर्वी नेपालमा धुमधाममा साथ मनाउँने उधौंली पर्वका अवसरमा राजधानीको टुँडिखेलमा पनि रौनक हुने गर्दथ्यो । तर यसपटक त्यस्तो रौनक देख्न पाइएको छैन । पहाडमा बारीमा पैँयू फुल्न थालेपछि किरात धर्मावलम्बीहरु उँधो अर्थात तराईतिर झर्ने चलन थियो । मंसिरे पूणिर्माको यही समयलाई उनीहरुले उधौली पर्वका रुपमा मनाउने गरेका हुन् । यसलाई किराँतहरु चासोक तङनामका रुपमा मान्दै आएका छन् । प्रकृति पूजक आदिवासी लिम्बु जातिले कृषिमा आधारित जीवनशैली अपनाई आएको र ऋतु परिवर्तनसँगसँगै खेतबारीमा लगाएको अन्नबाली बटुल्ने समयलाई चासोक तङनाम भन्ने गरेको किराँतहरु बताउँछन् । यमरी पकाउन न त विजुली न त ग्यास ? \"yamari\"नेवार समुदाय आजको दिनलाई यमरी पुन्ही भनी मनाउँने गर्दछन् । नेवार समुदायले धुमधामका साथ मनाउने योमरी पुन्हीले पनि यो वर्ष उत्साह दिन सकेको छैन । नेपार समुदाय योमरी पुन्हीका दिन योमरी पकाएर खाई यो चाड मनाउने गर्छन् । घरघरमा खेतबाट ल्याएको धान सुकाएर झकारीमा राखेपछि योमरी बनाएर विभिन्न देवदेवीलाई पूजा गरेर यो पर्व मनाइन्छ । उपत्यकाका सबै क्षेत्रमा योमरी पुन्ही माने पनि काठमाडौं दक्षिण–पश्चिम क्षेत्र कीर्तिपुरलगायतमा सात गाँउले जात्रा पर्ने भएकाले मनाउने परम्परा छैन । भारतले गरेको नाकाबन्दीका कारण योमरी पकाउने ग्यास छैन भने लोडसेडिङले गर्दा विजुली समेत नबल्दा समस्या भएको नेपार समुदायको गुनासो छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending