Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

नाकाबन्दीले क्रिसमस र उधौलीको उल्लास देखिएन

काठमाडौं । क्रिश्चियन धर्मावलम्बीहरुको महान पर्व क्रिसमस डे र किराँत समुदायको उँधौली पर्व र नेवार समुदायले मनाउने यमरी पुन्हीको उल्लास खासै देखिएको छैन । भारतले गरेको नाकाबन्दीका कारण सबै धर्मावलम्बीहरुको चाडबाड खल्लो भएको छ । \"christmas\"क्रिश्चियन धर्मावलम्बीहरुले मान्ने पर्व भए पनि नेपालमा सबै धर्मावलम्बीहरुले क्रिसमसको शुभकामना साटासाट गर्ने र रमाइलो गर्ने गर्दछन् । डिसेम्बर २५ तारिखका दिन मनाइने क्रिसमस डेको उल्लास राजधानीका होटल रेष्टुराँहरुमा पनि खासै देखिएको छैन । क्रिश्चियन धर्मावलम्बीहरु मात्रै आपसमा शुभकामना साटासाट गरेका छन् भने सामाजिक सञ्जालहरुमा मात्रै क्रिसमसको शुभकामनाहरु देखिएका छन् । काठमाडौ लगायत देशमा बिभिन्न ठाउँमा अवस्थित चर्चहरुमा क्रिष्चियन धर्मालम्बीहरुले आपसमा शुभकामना साटासाट गरिरहेका छन् । इसाई धर्मावलम्बीले येशुको कन्या (मारियम) को कोखबाट जन्म भएको र मारियमको विवाह युसुफसँग हुन लागेको समयमा स्वर्गदूतले मानव समुदायको कल्याणका लागि संसारमा येशुले जन्म लिन लागेको भविष्यवाणी गरेको विश्वास गर्छन् । येशुले अन्याय, अत्याचार तथा विभेदबाट मानिसलाई मुक्ति दिलाउन आफैं क्रसमा चढेको मान्यता रहि आएको छ । दुःखी, गरिब, असहाय र उत्पीडित वर्गलाई सामाजिक रूपमा सशक्त बनाउन मानव समुदायलाई शिक्षा तथा सन्देश दिनुभएका येशुको जीवनको त्याग सम्पूर्ण मानिसका लागि प्रेरणा बन्न सक्ने इसाई धर्ममा उल्लेख छ । क्रिश्चियन पर्व मनाउन नेपाल सरकारले वि.सं २०६४ पछि डिसेम्बर २५ का दिन सार्वजनिक बिदासमेत दिँदै आएको छ । उधौलीको रौनक पनि कम   क्रिश्चियन धर्मावलम्बीहरुको क्रिसमसजस्तै किराँत समुदायले मनाउँने उधौंली पनि ओझेलमा परेको छ । तराई–मधेसमा जारी आन्दोलन र बन्द हड्ताल तथा भारतले गरेको नाकाबन्दीका कारण जर्जर अवस्थामा पुगेका नेपालीहरुका चाडबाडहरुमा उल्लासमय हुन सकेको छैन । [caption id=\"attachment_52135\" align=\"alignleft\" width=\"300\"]\"विदेशमा विदेशमा उधाैली मनाउँदै[/caption] खासगरी पूर्वी नेपालमा धुमधाममा साथ मनाउँने उधौंली पर्वका अवसरमा राजधानीको टुँडिखेलमा पनि रौनक हुने गर्दथ्यो । तर यसपटक त्यस्तो रौनक देख्न पाइएको छैन । पहाडमा बारीमा पैँयू फुल्न थालेपछि किरात धर्मावलम्बीहरु उँधो अर्थात तराईतिर झर्ने चलन थियो । मंसिरे पूणिर्माको यही समयलाई उनीहरुले उधौली पर्वका रुपमा मनाउने गरेका हुन् । यसलाई किराँतहरु चासोक तङनामका रुपमा मान्दै आएका छन् । प्रकृति पूजक आदिवासी लिम्बु जातिले कृषिमा आधारित जीवनशैली अपनाई आएको र ऋतु परिवर्तनसँगसँगै खेतबारीमा लगाएको अन्नबाली बटुल्ने समयलाई चासोक तङनाम भन्ने गरेको किराँतहरु बताउँछन् । यमरी पकाउन न त विजुली न त ग्यास ? \"yamari\"नेवार समुदाय आजको दिनलाई यमरी पुन्ही भनी मनाउँने गर्दछन् । नेवार समुदायले धुमधामका साथ मनाउने योमरी पुन्हीले पनि यो वर्ष उत्साह दिन सकेको छैन । नेपार समुदाय योमरी पुन्हीका दिन योमरी पकाएर खाई यो चाड मनाउने गर्छन् । घरघरमा खेतबाट ल्याएको धान सुकाएर झकारीमा राखेपछि योमरी बनाएर विभिन्न देवदेवीलाई पूजा गरेर यो पर्व मनाइन्छ । उपत्यकाका सबै क्षेत्रमा योमरी पुन्ही माने पनि काठमाडौं दक्षिण–पश्चिम क्षेत्र कीर्तिपुरलगायतमा सात गाँउले जात्रा पर्ने भएकाले मनाउने परम्परा छैन । भारतले गरेको नाकाबन्दीका कारण योमरी पकाउने ग्यास छैन भने लोडसेडिङले गर्दा विजुली समेत नबल्दा समस्या भएको नेपार समुदायको गुनासो छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: