Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

प्रचण्डको दावी–एकाध दिनभित्रै तराई मधेसको समस्या समाधान हुन्छ

\"Prachanda_shirsha\"काठमाडौं । एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तराई मधेसमा जारी समस्या राजनीतिक तवरले एकाध दिनभित्रै सम्बोधन हुने बताएका छन् । रिपोर्टर्स क्लबले आज उनकै निवास लाजिम्पाटमा आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै अध्यक्ष प्रचण्डले व्यवस्थापिका–संसद्मा पेस भएको संविधान संशोधन विधेयकलाई पारित गर्न मधेसवादी दलको समेत सहयोग रहने बताए । मुलुकले भोग्नुपरेको समस्या समाधान गर्न विशेष पहल गरिरहेको जानकारी दिँदै उनले शुक्रबार मधेसी मोर्चासँग सार्थक वार्ता गरिने र त्यसका लागि सरकार र राजनीतिक दललेसमेत सकारात्मक पहल गरिरहेको उल्लेख गरे । आज पनि मधेसी मोर्चाका नेतासँग एक चरण वार्ता भएको र आन्दोलनरत दल पनि समस्या समाधान गर्नुपर्छ भन्नेमा रहेको आफूले पाएको स्पष्ट पार्दै अध्यक्ष प्रचण्डले सबै पक्ष लचिलो भएर प्रस्तुत भए एकाध घन्टामा समस्या समाधान हुने विश्वास व्यक्त गरे  । मधेसी मोर्चाले उठाएको प्रदेशको सीमाङ्कनबाहेकका विषयमा सहमति जुट्ने अवस्था रहेको भन्दै उनले सदनमा पेस भएको संविधान संशोधनको भाषा कस्तो बनाउने र कसरी सहमति जुटाउने भन्नेमा दलबीच संवाद जारी रहेको बताए । भूकम्पपछिको पुनःनिर्माण प्राधिकरण विधेयक पारित गर्न सहयोग गरे जसरी नै मोर्चाले संविधान संशोधन विधेयक पारित गर्न सहयोग गर्नसक्ने भन्दै उनले त्यसबाट केही माग सम्बोधन हुने र बाँकी रहेका विषयमा सम्बोधन गर्न तीन महिनाको समयसीमा दिएर उच्चस्तरीय समिति बनाइने बताए । अध्यक्ष प्रचण्डले भने– “प्रमुख राजनीतिक दल, विज्ञ, आन्दोलनरत मधेसी मोर्चाका प्रतिनिधिसमेत रहेको समिति बनाइन्छ । सो समितिले तीन महिनाभित्र दिने प्रतिवेदनका आधारमा सीमाङ्कनको विषय टुङ्ग्याइन्छ । त्यसमा सबैको सहमति हुन्छ भन्ने मेरो विश्वास छ ।” फरक एक प्रसङ्गमा अध्यक्ष प्रचण्डले कालोबजारी र कमिसनखोरलाई नियन्त्रण गर्न आफूले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकबाट सरकारलाई आग्रह गरेको जानकारी दिँदै केही हदमा नियन्त्रणमा पनि आएको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: