Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

तीन मन्त्रालय टुक्रियो, चार मन्त्री थपिए

\"singhadarbar\" काठमाडौं । सत्तारुढ दलका नेताहरुलाई मन्त्री पदमा भाग नमिलेपछि तीन महत्वपूर्ण मन्त्रालय फुटाएर अलग अलग बनाइएको छ । विहीबार बसेको मन्त्रिपरिषद बैठकले स्वास्थ्य तथा जनसंख्या, विज्ञान तथा वातावरण र शहरी विकास मन्त्रालयलाई टुक्राइएको हो । मन्त्रिपरिषदको निर्णय अनुसार अव स्वास्थ्य मन्त्रालय र जनसंख्या मन्त्रालय छुट्टाछुट्टै हुनेछ भने विज्ञान तथा प्रविधि मन्त्रालय र वातावरण मन्त्रालय पनि अलग अलग हुनेछन् । यस्तै, शहरी विकास मन्त्रालयलाई टुक्राएर सरसफाइ तथा खानेपानी मन्त्रालय बनाइएको छ । मन्त्रिमण्डल विस्तार, जम्बो मन्त्री मण्डल बन्यो एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले विहीबार पुनः मन्त्रिपरिषद विस्तार गरेको छ । विहीबार चार जना मन्त्री थपिएका छन् । चारै जना मन्त्री साना दलका तर्फबाट बनाएका छन् । मन्त्रिपरिषद विस्तार गरिएपछि राप्रपाबाट दीपक बोहोरा, नेपाल परिवार दलका एकनाथ ढकाल, जनमुक्ति पार्टी लोकतान्त्रिकका शिवलाल थापा र समाजवादी जनता पार्टीका प्रेमबहादुर सिंह मन्त्री बनेका छन् । राप्रपाका नेता दीपक बोहरालाई श्रम तथा रोजगार मन्त्रीको जिम्मेवारी दिइएको छ भने समाजवादी जनता पार्टीकाका प्रेमबहादुर सिंहले खानेपानी तथा सरसफाइ, जनमुक्ति पार्टीका शिवलाल थापाले विज्ञान तथा प्रविधि र परिवार दलका एकनाथ ढकालले विनाविभागीय मन्त्रीको सपथ लिए । मन्त्रालय टुक्र्याएर मन्त्री थपिएपछि केही पुराना मन्त्रीको मन्त्रालय पनि हेरफेर भएको छ । यसअघि नै मन्त्रीको सपथ लिएकी एमाले नेतृ शान्ता मानवीलाई विहीबार शान्ति तथा पुनर्निर्माण मन्त्रीको जिम्मेवारी दिइएको छ भने विश्वेन्द्र पासवानलाई जनसंख्या तथा वातावरण मन्त्री बनाइएको छ । योसँगै मौजुदा मन्त्रिपरिषद् ३४ सदस्यीय भएको छ । ती मध्ये ६ जना उपप्रधान, २१ जना मन्त्री, चार जना राज्य मन्त्री र २ जना सहायकमन्त्री छन् । यसअघि सरकारले दुई मन्त्रालय विभाजन गर्ने निर्णय गरेको थियो । विहीबार नै बसेको मन्त्रिपरिषद बैठकले मन्त्रालय विभाजन गर्ने निर्णय गरेको हो । मन्त्रालय विभाजनसँगै मन्त्रालयको संख्या २८ पुगेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: