Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

राहतकोषको पैसा पीडितलाई बाँड्ने कि थुपारेर राख्ने ?

\"taharo\"काठमाडौं । वैशाख १२ र २९ गतेको शक्तिशाली भूकम्पले घर भत्काएपछि पालमुनीको बास झनै विकराल बन्दै गएको छ । गर्मीको बेला भूकम्प गएकाले पाल मात्रै पाए पनि हुन्थ्यो भन्ने चिन्ता थियो, त्यो बेला । टाउको ओत्न पाल मात्रै पाए पनि हुन्थ्यो भन्दै पालका लागि ठूलै युद्ध जितेका उनीहरुको ब्यवस्थापन भने अझै भएको छैन । भूकम्पले ६० लाख भन्दा बढीको घरहरु पूर्णरुपमा भत्किए भने ऐतिहासिक तथा धार्मिक तथा पुरातात्विक महत्वका संरचनाहरु ध्वस्त भए । भूकम्पले ध्वस्त संरचनाको तत्काल पुनर्निर्माण गरिनुपर्ने भन्दै काठमाडौंमा अन्तर्राष्ट्रिय दाता सम्मेलनसमेत आयोजना गरियो । स्कुल, कलेज, स्वास्थ्य संस्था स्थापनाका लागि महायज्ञ गरी आर्थिक संकलन गरिएजस्तै भूकम्पपछिको ‘अन्तर्राष्ट्रिय महायज्ञ’ बाट खर्बौ रुपैयाँ सहयोगको घोषणा भए । भूकम्पपीडितका नाममा प्रधानमन्त्रीको नाममा स्थापना गरिएको राहत कोषमा अरबौं रुपैयाँ जम्मा भए । तर दाताबाट प्राप्त सहयोग र प्रधानमनत्री राहतकोषमा संकलन भएको रकम पीडित सम्म पुग्न सकेको छैन । पीडितहरुका लागि सामुहिक बासको ब्यवस्था गर्नेदेखि भूकम्प प्रतिरोधात्मक घरहरु निर्माण गर्ने सरकारको योजना कागजमा मात्रै सीमित भएको छ । भूकम्पपीडितको ब्यवस्थापन र पुनर्निर्माणका लागि निर्माण गर्न लागिएको प्रोजेक्टमै हानाथाप भइरहँदा पीडितको ब्यवस्थापन अहिलेसम्म हुन सकेको छैन । केही दिनयता बढ्दै गएको चिसोले कठ्याङग्रिएर आठ महिनादेखि पालमुनी ओत लागेका भूकम्पपीडित वृद्धवृद्धा र बालबालिकाहरु धमाधम मर्न थालेका छन् । चिसोका कारण सिन्धुपाल्चोकको ठोकर्पामा मात्रै सात जना भूकम्पपीडितको ज्यान गइसकेको छ । हिमाली भेगमा मात्र होइन, पहाडी तथा तराई क्षेत्रमा समेत चिसो बढ्दै गइरहेको छ । चिसो अत्याधिक बढेपछि पालमुनी बस्न बिबश पीडितहरुलाई कम्बल बाँड्न सरकारलाई के कुराले छेकेको छ ? चिसोले कठ्याङग्रिएका पीडितहरुलाई ओढ्ने कपडा बाँड्नको लागि पुनर्निर्माण प्राधिकरण नै चाहिने हो कि विपद् ब्यवस्थापन मन्त्रालय नै आवश्यकता हो भन्ने प्रश्न उब्जिएको छ । पीडितले ओढ्ने कपडा नपाए पनि पीडितका लागि ब्यवस्थापन गर्न भने नयाँ मन्त्रालय नै स्थापना गरिँदै छ । नयाँ बनेको मन्त्रालयले आफ्नै मन्त्री बस्ने घर बनाउने हो कि भूकम्पपीडितलाई बस्ने टहरो बनाइदिने हो, त्यो भने हेर्न बाँकी नै छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies