Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

विपद् ब्यवस्थापनको छुट्टै मन्त्रालय बन्ने

\"singhadarbar\"काठमाडौं । वैशाखमा गएको महाभूकम्पले ध्वस्त संरचनाहरुको पुनर्निर्माणका लािग पुनर्निर्माण प्राधिकरण बनाउने तयारी भइरहेकाबेला विपद ब्यवस्थापन हेर्ने छुट्टै मन्त्रालय स्थापना गरिने भएको छ । भूकम्पपछिको पुनर्निर्माण तथा कुनै पनि विपद ब्यवस्थापनका लागि छुट्टै मन्त्रालय आवश्यक पर्ने भन्दै विपद् ब्यवस्थापन हेर्ने छुट्टै मन्त्रालय बनाउन लागिएको हो । नयाँ मन्त्रालयसहित विभिन्न चार मन्त्री पनि विहीबार नै विस्तार गर्ने तयारी गरिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । मन्त्रीपरिषद् विस्तार गर्ने सम्बन्धमा तथा निर्णय गर्न दिउँसो मन्त्रिपरिषद्को वैठक बस्दैछ । मन्त्रिपरिषद्को बैठक पछि बेलुबा पाँच बजे नयाँ मन्त्रीहरुलाई सपथ खुवाउने कार्यक्रम तय भएको छ । एमालेबाट राज्य र सहायकमन्त्री तथा साना दुई दलबाट दुई जनालाई मन्त्री बताउने प्रधानमन्त्री केपी ओलीले तयारी गरेका हुन् । ओली नेतृत्वको सरकारमा २४ जना फुलमन्त्री रहेका छन् भने चार जना राज्यमन्त्री र दुई सहायक राज्य मन्त्री रहेका छन् । विहीबार थप चार जना मन्त्री विस्तार गरिएपछि मन्त्रिपरिषद् संख्या ३४ पुग्नेछ । वर्तमान मन्त्रिमण्डलमा उपप्रधानमन्त्री मात्रै ६ जना रहेका छन् । ओली नेतृत्वको सरकारमा सरकारलाई समर्थन गर्ने दलहरुलाई भागबण्डा नपुगेपछि नयाँ मन्त्रालय स्थापना तथा पुराना मन्त्रालयहरुलाई पनि टुक्राउने तयारी गरिएको स्रोतले बताएको छ । थप गर्ने तयारी भइरकेको छ भने साना दलबाट पनि केहीलाई मन्त्री बनाउने तयारी भइरहेको छ । विहीबार विस्तार गरिने मन्त्रिपरिषदमा राप्रपाबाट दीपक बोहोरा, परिवार दलबाट एकनाथ ढकाल, समाजवादी जनता दलका प्रेमबहादुर सिंह र राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिकका शिवलाल थापा रहने बताइएको छ । ‘बेलुका पाँच बजेका लागि तयार रहनु भनी प्रधानमन्त्रीबाट जानकारी आएको छ’, परिवार दलका एकनाथ ढकालले भने, ‘तर कसकसलाई कुन कुन मन्त्री बनाउने भन्ने जानकारी आएको छैन ।’ मन्त्रिपरिषदको वैठकले टुंगो लगाउने ढकालले बताए । शान्ति तथा पुननिर्माण, श्रम र शहरी विकास मन्त्रालयको जिम्मेवारी पनि अहिलेसम्म प्रधानमन्त्री केपी ओलीले नै सम्हाल्दै आएका छन् । एमालेका तर्फबाट मन्त्री बनेकी शान्ता मानवी पनि अहिलेसम्म विना विभागीय छिन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending