Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

एमाओवादीले तोक्यो ७ प्रदेशको इन्चार्ज, कुन प्रदेशमा को ?

काठमाडौँ । एकीकृत नेकपा माओवादीले नेपालको संविधानअनुसारको प्रादेशिक संरचनाका आधारमा पार्टीको सङ्गठनात्मक प्रणालीलाई अवलम्बन गरेको छ । एमाओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको केन्द्रीय समितिको बैठकले संविधानले तोकेको सात प्रदेशको सङ्गठनात्मक संरचना तयार पार्ने निर्णय गरेको हो ।

\"perisdada\"विगतमा एमाओवादीले आफ्नै संरचनाअनुसार १३ वटा राज्य समिति बनाएको थियो । विगतको संरचनालाई परिवर्तन गरेर संवैधानिक प्रावधानअनुसारको संरचना बनाउने प्रस्ताव अध्यक्ष पुष्पकमल दाहालले गरेका थिए ।

अध्यक्ष दाहालको सो प्रस्तावलाई बैठकले पारित गरेको छ । सो प्रस्ताव पारित भएपछि एमाओवादीले पार्टी विधानसमेत संशोधन गर्नुपर्ने भएको छ । पार्टी विधान संशोधन गर्न केन्द्रीय समितिको विस्तार बैठक बोलाउने वा अन्य कुनै उपायबाट अगाडि जाने भन्ने विषयमा आवश्यक निर्णय गर्नुपर्ने हुन्छ ।

नयाँ सङ्गठनात्मक संरचनाअनुसार प्रदेशमा इन्चार्ज, सचिव र सहसचिवको समेत व्यवस्था गरिनेछ । प्रदेशअन्तर्गत रहेका जिल्ला समितिको संरचना भने विद्यमान संरचनाअनुसार नै रहनेछ ।

७ प्रदेशको इन्चार्ज पनि तोकिए

एकीकृत नेकपा माओवादीले ७ प्रदेशको इन्चार्ज पनि तोकेको छ । १ नम्बर प्रदेशको इन्चार्ज राम कार्की, २ नम्बरको विश्वनाथ साह, ३ नम्बरको कृष्णबहादुर महरा, ४ नम्बरको डिलाराम आचार्य, ५ नम्बर प्रदेशमा चक्रपाणी खनाल, प्रदेश नम्बर ६ मा प्रभाकर र प्रदेश नम्बर ७ को जिम्मेवारी लेखराज भट्टलाई दिइएको छ ।

गत मङ्सिर १५ गतेदेखि जारी केन्द्रीय समितिको बैठकमा धारणा राख्ने अधिकांश केन्द्रीय सदस्यले संवैधानिक व्यवस्थाअनुसार पार्टीको संरचना बदल्न, संविधानमा व्यवस्था भएका जनपक्षीय विषयलाई जनताको तहसम्म पुगेर प्रचार गर्न तथा अपुग भएका विषयलाई संविधान संशोधनमार्फत अगाडि बढाउन आग्रह गरेका थिए ।

केन्द्रीय सदस्यहरुको विचारका आधारमा एमाओवादी अध्यक्ष दाहालले संवैधानिक प्रक्रियाअनुसार नै पार्टीको संरचना बनाउने प्रस्ताव आजको बैठकमा पेस गरेका हुन् । तर सात प्रदेशमा इन्चार्ज, सचिव वा सहसचिव कसकसलाई बनाउने भन्ने विषयमा भने अन्तिम टुङ्गो लागेको छैन । सकेसम्म वरिष्ठता र कार्यक्षमताका आधारमा प्रदेशका प्रमुख बनाउने एमाओवादीको योजना छ । प्रवक्ता दीनानाथ शर्माले पार्टीको समग्र विषयमा बैठकमा छलफल भएको जानकारी दिँदै अब नयाँ आधारमा अगाडि बढिने बताए ।

नयाँ शक्तिमा लागेकालाई कारबाही

एमाओवादीले ‘नयाँ शक्ति’ भन्दै पार्टीविरुद्ध गतिविधि गरेको भन्दै स्थायी समिति सदस्य देवेन्द्र पौडेल, नेताहरु रामचन्द्र झा, गङ्गानारायण श्रेष्ठ, नवराज सुवेदी, हिसिला यमी, रामकुमार शर्मालगायत २२ जनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको प्रवक्ता शर्माले जानकारी दिए ।

यस्तै, संविधानमा समेत हस्ताक्षर नगरेका र पार्टीको बैठकमा समेत भाग लिन आनाकानी गर्दै आएका पोलिटब्यूरो सदस्य प्रभु साहलाई अन्तिम पटक स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । ‘‘पटक–पटक सोधिएको स्पष्टीकरणको जवाफ साहले नदिनु भएको अवस्थामा उहाँलाई पुनः अन्तिम पटक स्पष्टीकरण लिने निर्णय भएको छ”, प्रवक्ता शर्माले भने ।

यस्तै, बैठकले थारू, आदिवासी तथा जनजाति समुदायबाट केही नेतालाई केन्द्रीय समितिमा मनोनयन गर्ने तयारी गरेको छ । ती समुदायको भावना र चाहनालाई सम्बोधन गर्न पनि केन्द्रीय समितिमा मनोनयन गर्न लागिएको प्रवक्ता शर्माको भनाइ छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending