Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

कांग्रेस कब्जा गर्ने देउवा सूत्र यस्तो छ

\"Sher-Bahadur-Deuba\"काठमाडाैं । कांग्रेसमा स्थापित हुन कहिले गिरिजा त कहिले सुशील तगारो बनेपछि कांग्रेस बरिष्ठ नेता शेरबहादुर देउवा १३ औं महाधिवेशनमा जसरी पनि पार्टी कब्जा गर्ने धुनमा लागेका छन् । अब अर्को महाधिवेशनमा उमेरले समेत साथ नदिने भएपछि क्रियाशील सदस्यता वितरणदेखि नै उनले ‘रणनीतिक मुभ’ सुरु गरिसकेका थिए ।   साम, दाम, दण्ड र भेद के प्रयोग गरेर हुन्छ देउवाको एउटै ध्यान जसरी पनि पार्टी कब्जा गर्नु नै रहेको छ । औपचारिक र अनौपचारिक रुपमा पनि देउवा निकटका नेताहरु यो विषय बताउन पछि पर्दैनन् । कोइराला परिवारको राजनीतिक, पारिवारिक लिगेसीको शैलीमा नभई आफ्नै बलमा राजनीतिमा स्थापित हुँदै प्रधानमन्त्री बने पनि पार्टी प्रमुखको भूमिकामा भने देउवा पुग्न सकेका छैनन् । त्यसैले एकपटक कांग्रेसका बागडोर सम्हाल्ने गरी उनले रणनीति बनाएका हुन् । केही दिन अघि रिपोटर्स क्लब नेपालले गरेको साक्षात्कारमा पनि सभापति सुशील कोइरालाले निर्वाचनमा जस्तो सम्पर्क कार्यालय खोलेर प्रचार गरेको, साम, दाम, दण्ड र भेद प्रयोग गर्ने शैली पार्टीमा देखिएको आरोप देउवालाई लगाएका थिए । उनको यस्तो रणनीतिमा आफू पक्षधर ४० प्रतिशत केन्द्रीय सदस्यको दरिलो आँट र साथसमेतरहेको उनी निकट एक केन्द्रीय सदस्य बताउँछन् । साथै, ७५ मध्ये ४२ जिल्ला सभापति देउवा पक्षमा छन् । संस्थापनमा उपसभापति, महामन्त्री जस्ता प्रमुख पदमा नेताहरुको दाबी तीव्र भए पनि देउवा पक्षका नेताहरु यसपटक लोभ नगरी जसरी पनि देउवालाई पार्टीको सत्तामा पुर्याउन तयार छ । यस्तो तयारीलाई देउवा पक्षका नेताहरु त्याग भन्न रुचाउँछन् । ‘संस्थापनमा पदाधिकारी बन्न तँछाड र मडाको अवस्था छ तर, हाम्रो समूहमा नेताहरु त्याग गरेर भए पनि एउटै लक्ष्यमा हुनुुहुन्छ त्यो हो जसरी पनि देउवाजीलाई जिताउने’ ती नेता भन्छन, ‘त्यसैले पदाधिकारी नथपी अलिहेकै पदमा नेताहरुलाई मनाउने र संस्थापनका केहीलाई भित्र्याउने तयारी छ ।’ संस्थापनमा असन्तुष्ट महामन्त्री कृष्ण सिटौला, अर्जुननरसिंह केसी, गगन थापा, चन्द्र भण्डारीसहितका हस्तीलाई देउवाले आफूतिर तान्दैछन् । यी नेताले देउवालाई साथ दिए उनलाई पार्टी सत्तामा पुग्न गाह्रो नरहेको प्रारम्भिक हिसाब संस्थापनले नै निकालिसकेको छ । पार्टीमा स्थापित हुन देउवा पक्षले रच्दै आएका अर्को चाल भनेको क्रियाशील सदस्यता वितरणको हो । यसका लागि सदस्यतावितरणको सुरुदेखि नै देउवा पक्षले खतरनाक रणनीति बनाएको थियो । आफ्नो पक्षका धेरैभन्दा धेरैलाई सदस्य बनाउने तर, संस्थापनले धाँधली गरेको सन्देश दिने । यस्तो रणनीतिमा देउवा पक्ष सफल पनि भएको प्रारम्भिक बुझाई छ । ७५ मध्ये ६५ जिल्लामा सदस्यताबारे केही न केही विवाद हुन पुगेको छ । यसको प्रत्यक्ष फाइदा देउवापक्षलाई भएको छ । किनकी सदस्स्यता विवादपछि छानविन गर्न बनेको समितिमा संयोजक बनाइए नरहरि आचार्य । सुशील कोइराला नेतृत्वमा सरकार बन्दा विश्वासपात्र बने पनि यस अघि उनी सधैं कोइरालाहरुको कटु आलोचक बन्दै आएका थिए । तर, आज उनै आचार्यले धोका दिएको आरोपले संस्थापनमा खैलाबैला मच्चिएको छ । देउवापक्षले धाँधली गरेको धेरै ठाउँमा सदस्यलाई महाधिवेशनमा भाग लिन पाउने गरी अधिकार दिएको देखाउन मात्र केही पर्सा, महोत्तरी, धनुषा, नुवकोट जस्ता जिल्लामा सदस्यता स्थगित गरिएको भन्दै संस्थापनपक्षका नेताहरु चिढिएका छन् । छानविन समितिको प्रतिवेदनमाथि छलफल गर्दै देउवा पक्षका नेताहरुले सबै ४ लाख ७० हजार सदस्यलार्ई महाधिवेशनका कार्यक्रममा भाग लिन दिनुपर्ने पक्षमा छन् तर, संस्थापन पक्षका नेताहरु धेरै ठाउँमा र कतिपय केन्द्रीय नेताहरुलाई नै सदस्यता नदिइएको भन्दै १२ औंको सूची अनुसार महाधिवेशनमा भाग लिन दिनुपर्ने पक्षमा छन् । तर, केन्द्रीय समितिमा छलफल भई पुनः अन्तिम निर्णयको लागि छानविन समितिमा पुगेको सदस्यतासम्बन्धी प्रतिवेदनलाई जस्ताको तस्तै पारित हुने सम्भावना देखिएको छ । यस्तो भए आफ्नो पक्ष महाधिवेशनमा पराजित हुने बुझाई संस्थापनपक्षको छ । ‘पाउनुपर्नेले पाएका छैनन् नपाउनुपर्नेले पाएका छन’ संगठन विभाग प्रमुखसमेत रहेका आनन्दप्रसाद ढुंगाना भन्छन्, ‘यसरी पार्टी कब्जा गर्न खोज्दै गरिएको अवस्थलाई नजरअन्दाज गर्दै प्रतिवेदन परिमार्जन नगरी जस्ताको तस्तै पारित गर्न हुन्न ।’ संस्थापनका दिलेन्द्रप्रसाद बडु, ढुंगाना, रामशरण महत, दिलबहादुर घर्तीसहितका नेता यस्तो अभियानमा छन् । तर, सामान्यमात्र परिमार्जन भई प्रतिवेदन पारित भएमा देउवा पक्षका नेताहरु धेरै महाधिवेशन प्रतिनिधिक रुपम आउँनेछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending