Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

मधेसमा वार्ता गर्ने भनेको मोर्चाको सिंहदरबारमै सुटुक्क वार्ता

\"fourकाठमाडौं । पछिल्लो पटक भएको सरकार, विपक्षी दल र मोर्चाबीच भएको त्रिपक्षीय वार्तापछि अब मधेसमै वार्ता गर्ने भन्दै हिडेका मोर्चाका वार्ता टोलीले सोमवार सिंहरदबारमै सुटुक्क वार्ता गरेको छ । प्रमुख तीन दलले आफूहरुको सहमति विपरीत भूकम्पपछिको पुनर्निर्माण र संविधान संशोधन विधेयक संसदमा पेश गरेको भन्दै अब मधेसमै वार्ता गर्ने भन्दै मोर्चाका नेताहरु हिडेका थिए । उनीहरुले त्यसपछि थप आन्दोलन घोषणा गरेपछि मधेसका केही जिल्लाहरुमा आन्दोलन चर्किएको छ । पछिल्लो पटक आन्दोलन घोषणा गरेपछि आइतबार रौतहट सदरमुकाम गौरमा प्रदर्शनमा उत्रिएका एक विद्यार्थीको प्रहरीको गोली लागेर मृत्यु भइसकेको छ । यता मोर्चाले भने अब मधेसमै वार्ता गर्ने भनेर घुर्कि लगाए पनि सोमवार परराष्ट्र मन्त्रालयमा सुटुक्क वार्ता गरेका छन् । उक्त अनौपचारिक वार्तामा मोर्चाको मागसम्बन्धमा उपप्रधान तथा परराष्ट्रमन्त्री थापाले सरकारले तयार गरेको तीन बुँदे धारणा पेश गरेका छन् । परराष्ट्र मन्त्रालयमा भएको अनौपचारिक छलफलमा सरकारी पक्षले आइतबार मन्त्रिपरिषदले गरेको निर्णय पनि मोर्चा नेताहरुलाई सुनाएको थियो । आइतबार राती आकस्मिक मन्त्रिपरिषद बैठकले प्रदेश सिमाङ्कन समाधान गर्न राजनीतिक संयन्त्र गठन गर्ने र मोर्चाले आन्दोलन फिर्ता लिन आह्वान गरेको थियो । आगामी वार्ता कसरी निर्णायक बनाउने भन्नेबारे दुवै पक्षबीच अनौपचारिक छलफल भएको बताइएको छ । मोर्चासँगको वार्ताका लागि भन्दै ब्यवस्थापिका संसदको बैठकसमेत स्थगित गरिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending