Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

कालीकोटमा भोकमरी समस्या बढ्यो

\"kalikot\"कालीकोट। यस वर्ष पनि खडेरीले हिउँदे बाली उत्पादनमा कमी आउने भएपछि कृषक चिन्तित भएका छन् । गएको बर्खे बाली खडेरीले सुकेपछि भोकमरीको समस्यामा परेका कालीकोटका अधिकांश गाउँका कृषक हिउँदे बालीमा समेत असर परेपछि चिन्तित भएका हुन् । गाउँमा खाद्यान्न किन्न आर्थिक सामथ्र्य छैन कसरी घरपरिवार पाल्ने भन्दै स्थानीयवासी चर्को ब्याजदरमा ऋण निकाल्दै कालापहाड ९भारत० जान थालेका छन् । थिर्पु गाविसका अनरुप सुनारले दुःख पोख्दै भने लगाएको अन्न सुकेर नष्ट भयो खानालाई ऋण निकालेर स्थानीय लालीघाट बजारबाट चामल ल्याएर खानुपर्ने बाध्यता रहेको बताए । जिल्लाका अधिकांश गाउँका कृषक सिँचाइको अभाव झेल्दै आएका छन् । बर्खे तथा हिउँदे बालीका लागि आकाशे पानीको भरमा बाली लगाउनु पर्ने बाध्यता भएपछि दुवै मौसमको बाली उत्पादनमा कमी आएको हो । जिल्लाका सिँचाइ हुने रास्कोट क्षेत्रको फुकोट, स्युना, सिपखाना, ओदानकु, चिल्खाया थिर्पुलगायतका गाविसमा  सिँचाइबाट गहुँबाली लगाइएको छ भने जिल्लाका राम्नाकोट, थिर्पु, नानीकोट, धौलागोह, खिन, बदालकोटलगायतका गाविसमा लगाएको बर्खे बाली खडेरीले सुकेर नष्ट भएपछि भोकमरीको समस्या भएको छ । त्यहीमाथि हिउँदे बाली लगाएर उम्रिन लाग्दा खडेरी परेपछि कृषक विभिन्न निकायमा धाउन थालेका छन् । जिल्लास्थित खाद्य संस्थान, सङ्घसंस्थालगायतका निकायमा सहयोगका लागि अनुरोध गरेका छन् । जिल्लाका पाँचवटा गाविसलाई भने सुक्खा क्षेत्र घोषणा गर्दै विश्व खाद्य कार्यक्रमले कामका लागि खाद्यान्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस वर्ष पनि जिल्लाका अन्य गाविसमा कामका लागि खाद्यान्न कार्यक्रम सुरु गर्नुपर्ने माग जिल्लावासीले गरेका छन् । जिल्लाका  नानीकोट, बदालकोट, रकु, मान्मलगायतका गाविसका कृषकले बर्खेबाली सुकेको अवस्थामा जिप्रका कालीकोटमा  धर्ना दिएका थिए । जिल्ला कृषि विकास कार्यालय, कालीकोटको मातहतमा खडेरीको अनुगमनका लागि स्थलगत अध्ययन टोली पठाइएको थियो । सो टोलीले गरेको अध्ययनअनुसार जिल्लामा बखे बालीमा ५४ प्रतिशत बढी उत्पादनमा कमी आएको प्रतिवेदन प्रस्तुत गरेको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending