Khabar Dabali १ जेष्ठ २०८३ शुक्रबार | 15th May, 2026 Fri
Investment bank

एमाले मन्त्री पाण्डेको सम्पत्ति ८७ तोला सुनदेखि हाइड्रो पावरमा लगानी

\"somकाठमाडौं । उद्योगमन्त्री सोमप्रसाद पाण्डेय एमालेबाट मन्त्री बनेका हुन् । कम्युनिष्ट इतिहास बोकेका एमाले नेताको सम्पत्ति पनि कमै होला भन्ने सबैलाई लाग्न सक्छ । तर उनको सम्पत्ति भने अथाह छ । पाल्पाका एमाले नेता पाण्डे ऊ बेलादेखि नै ठेक्कापट्टा गर्ने भएकाले त्यसक्षेत्रका सबैले ठेकेदार नेताकै रुपमा चिन्ने गर्थे । पाल्पा र पाल्पा आसपासका खयरको सप्लाई गर्नेमा उनी एक नम्बर नै गनिन्थे । तीनै ठेकेदार अहिलेका उद्योगमन्त्री हुन् । मन्त्रिपरिषद कार्यालयमा मन्त्री पाण्डेले पेश गरेको सम्पत्ति विवरणमा ७८ तोला सुनदेखि हाइड्रोपावरसम्ममा लगानी रहेको उल्लेख छ । उनले पेश गरेको सम्पत्ति विवरणअनुसार पाल्पा मदनपोखरा गाविस–१ मा घरवाससहितको तीन रोपनी जग्गा चार दाजुभाइको संयुक्त नाममा रहेको उल्लेख छ । उक्त घरजग्गा पनि बाबुले नै दिएको भन्दै पुख्र्यौली सम्पतिकोरुपमा उल्लेख गरेका छ्न । मन्त्री पाण्डेको पाल्पामा मात्र होइन, लुम्बिनी अञ्चलकै केन्द्र मानिने बुटवलमा पनि घरघडेरी प्रशस्त रहेको छ । उनले दिएको विवरण अनुसार रुपन्देहीको बुटवल नगरपालिका–३ र १० मा १५ धुर जग्गा देखाइएको छ । पाल्पा र बुटवलमा घर ठड्याएका उनले काठमाडौंमा पनि आलिसान महल बनाएका छन् ।  एमाले बरिष्ठ नेता माधवकुमार नेपालका सम्धीसमेत रहेका मन्त्री पाण्डेको काठमाडौं महानगरपालिका–३४ मा सात आना जग्गा विसं २०५० मा पैतृक र सो आर्जनबाट खरिद गरिएको जनाइएको छ । मन्त्री पाण्डेका छोरा डा. विशाल पाण्डेयको नाममा ललितपुरको कार्यबिनायक नगरपालिका–४ मा करिब ११ आना जग्गा रहेको छ । पाण्डेका छोरा विशाल भने पेशाले पनि डाक्टर नै हुन् । उनको कार्यविनायकको जग्गा बैंक ऋण, पैतृक सम्पत्ति र डाक्टरी पेशाबाट प्राप्त आम्दानी भएको उल्लेख छ । मन्त्री पाण्डेयसहित चारभाइको संयुक्त नाममा पाल्पाको मदनपोखरामा ४४ रोपनी जग्गा, मन्त्री पाण्डेयको एकल नाममा ललितपुर उपमहानगरपालिका–३ मा एक रोपनी ११ आना र पत्नी स्व रुक्मिणी पाण्डेयको नाममा रुपन्देही जिल्लाको कोटीहवामा दुई कट्ठा जग्गा छ । उनीसँग ८७ तोला सुनसहित ११ तोला चाँदी पनि रहेको विवरणमा उल्लेख छ । विभिन्न बैंक र सहकारीमा गरी उनको नाममा १५ लाख ४० हजार नगद छ । विभिन्न बैंक, सहकारी र हाइड्रोपावरमा उनको संस्थापक एवम् साधारण सेयर गरी ३९ लाख ७० हजार बराबरको खरिद गरिएको मन्त्री पाण्डेयले पेस गरेको सम्पत्ति विवरणमा उल्लेख छ । मन्त्री पाण्डेयको नाममा इन्भेष्टमेन्ट बैंक पुल्चोकमा ९८ लाख रूपैयाँको ओडी ऋण छोराहरुले व्यापारमा लगानी गर्न लिइएको उल्लेख छ । उनको नाममा विसं २०५४ मा सांसद हुँदा सुविधामा खरिद गरेको १८ लाख रूपैयाँको टोयोटा जिप छ भने उनका छोराहरु डा. पाण्डेय र अचलराजको नाममा एक(एक जिप तथा कार रहेको विवरणमा खुलाइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending