Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

सुन्तला बिक्री नहुँदा किसान निराश

\"orangeम्याग्दी । गतवर्ष सुन्तला बिक्रीबाट १५ लाख गाउँमा भित्र्याएका जिल्लाको भकिम्ली–५ राखुका किसान यसपटक निराश छन् । गत वर्ष मङ्सिर महिनामा सबै बगानको सुन्तला बिक्री गरेका  राखुका किसानले यसपाली दुई ट्रक मात्र बेचेका छन् । तराई बन्द, इन्धन अभाव र भारतीय सुन्तलाले बजार ओगटेकाले जिल्लाभरका किसानलाई  पिरोलेको छ । ‘गत वर्ष मङ्सिरमै ११ ट्रक सुन्तला काठमाडौँ लगेर बिक्री ग¥यौँ’ राखुका किसान खिमबहादुर पुनले भने , ‘यसपाली दुई ट्रक सुन्तला बिक्री गर्न काठमाडौँमा आठ दिन बस्नुप¥यो ।’ कालीमाटीस्थित तरकारी तथा फलफुल बिक्री केन्द्रसम्म सुन्तला पु¥याउन र बिक्री गर्न समस्या परेको उनको भनाइ छ । गतवर्ष सुन्तला नटिप्दै व्यापारी बगैँचामै सुन्तला खरिद गर्न आएका थिए । यसपाली किसान आफैँले गाउँमा सुन्तला सङ्कलन गरेर बजारसम्म पु¥याउन बाध्य छन् । जिल्लाको सुन्तलाको बजार सदरमुकाम बेनी, काठमाडौं, पोखरा र नारायणघाट हो । ‘महँगो भाडा तिरेर बजारसम्म पु¥याएको सुन्तला सस्तोमा बेच्नुपर्ने बाध्यता छ’ बास्कुनाका किसान तिलक गुरुङले भने ‘भारतीय सुन्तलाले बजार ओगट्दा मर्का परेको छ ।’ भारतबाट आयात गरिएको सुन्तलालाई नेपालकै गोरखा, म्याग्दी, स्याङ्जा, पाल्पालगायतको भनेर बिक्री गर्ने गरेका छन् । बजारसम्म पु¥याउन नसक्दा सयौं किसानको सुन्तला बोटमै छ ।  गतवर्ष बजारमा पु¥याउँदा प्रतिकिलो रु ६५ का दरले सुन्तला बिक्री  गरेका किसानले यसपाली प्रतिकिलो रु ५० भन्दा बढी मूल्य पाउन सकेका छैनन् । जिल्ला सुन्तला उत्पादक कृषक सङ्घका सचिव भेषनाथ गौतमकाअनुसार विगतका वर्षमा मङ्सिर महिनामा ६० प्रतिशत सुन्तला बिक्री भइसक्थ्यो भने यसवर्ष २० प्रतिशत पनि बिक्री हुन सकेको छैन । ‘ढुवानीको साधन नपाउने र पाएपनि दोब्बर भाडा तिरेर बजारसम्म पु¥याउँदासमेत बिक्री नहुँदा किसान निराश छन् उनले भने । रोगका कारण दाना झर्ने समस्याले किसान थप चिन्तित बनेका छन् । ‘गतवर्ष रु एक लाखको सुन्तला बेचेका थियौँ’ भकिम्ली–५ राखुकी जसीकला रोकाले भनिन, ‘यसपाली रु ८० हजारमा व्यापारीलाई ठेक्का दिएका छौ ।’ जिल्ला कृषि विकास कार्यालयका अनुसार यसवर्ष दुई हजार ९०५ मेट्रिक टन सुन्तला उत्पादन हुने अनुमान गरिएको छ । जिल्लाभर ६८५ हेक्टरमा सुन्तला खेती हुन्छ । वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालकाअनुसार गतवर्ष रु दुई करोड ५० लाख मूल्य बराबरको ५३१ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । जिल्लाको दाना, भुरुङ तातोपानी, नारच्याङ, हिस्तान, पिप्ले, घतान, पात्लेखेत, भकिम्ली, सिङ्गा, बरङ्जा, अर्मन, देवीस्थान, बिम, ताकम र मुनालगायतका गाविसमा किसानले व्यावसायिक सुन्तला खेती गरेका छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending