Khabar Dabali २६ बैशाख २०८३ शनिबार | 9th May, 2026 Sat

नवलपरासीमा नाकाबन्दी विरुद्ध जनप्रदर्शन

\"nawalparasi_pradarsan-750\"नवलपरासी । झण्डै ३ महिना देखि नेपालमा भारतले गरेको नाकाबन्दीको बिरुद्धमा आज नवलपरासीमा जनप्रदर्शन गरिएको छ ।
नवलपरासीको देवचुली नगरपालिका दलदले र नवलपरासीकै रामनगर गाविसको भूमहिमा नेकपा माओवादीको अगुवाईमा जनप्रदर्शन गरिएको हो । भारतले अन्तराष्ट्रिय पारवाहान अधिकारसमेत मिच्दै एउटा सदिऔदेखी चलेको छिमेकी राष्ट्रको न्यूनतम मुल्यसमेत मिचेर अत्यावश्यक सामग्रीहरु रोक लगाएर हस्तक्षेपमुखी नाकाबन्दी मात्र नभई गम्भीर मानवीय संकट समेत निम्त्याईरहेको बेला नेपालमा विभिन्न दल, संस्था तथा संगठनहरुले देशव्यापी रुपमा विरोध गरिरहेको छन् । सुरुदेखी नै संविधानसभा, संविधान निर्माण प्रक्रिया र नाकाबन्दीको विरुद्धमा आवाज उठाउँदै आएको विप्लव नेतृत्वको नेकपा माओवादीको केन्द्रिय कार्यक्रम अनुसार नवलपरासीमा विरोध सभा आयोजना गरिएको जिल्ला पार्टीले बताएको छ ।
विरोध सभामा नेकपा माओवादीका केन्द्रिय सदस्य ठाकुर चापागाई, जिल्ला सेक्रेटरी पदम केसी ‘जुझारु’, ईलाका १ र २ का सेक्रेटरी सेक्रेटरी क. मंगलसेन, ईलाका ३ का क. माधव, ईलाका ४ का  डा. शिवशंकर बस्याल ५का रामप्रित चौधरी, ईलाका ६ का पृथ्वी ढकाल,लगायतले नाकाबन्दीको खुलेर विरोध गर्दै मधेसी नेताहरुलाई भारतीय साथ लिएर मधेसको पक्षमा आवाज नउठ्ने भन्दै समग्र निकास खोज्न भारत जाने कुरा गलत रहेको बताए । वक्ताहरुले भारतले गरेको नाकाबन्दीको विरुद्धमा केन्द्रले तोकेको कार्यक्रमअनुसार आयोजित कार्यक्रममा भारतीय नाकाबन्दीको अगाडी निरिह बनेको सरकारलाई संकेत गर्दै आफूहरु हरेक चरणका आन्दोलनमा भारतीय हस्तक्षेपको विरोध गर्दै आएकोप्रति जोड दिएका थिए ।
कार्यक्रम नवलपरासीको दुई ठाउँमा गरिएको थियो । नाकाबन्दी विरुद्ध नेकपा माओवादीले मंसीर महिनाको सुरुमै देशव्यापी प्रदर्शन गरेको थियो भने अन्य अहिले केन्द्रिय नितीअनुसार प्रत्येक जिल्लामा जिल्लास्तरको विरोध सभा प्रदर्शन गर्दै आएको छ । नाकाबन्दीको विरुद्धमा चरणबद्ध आन्दोलन उठाउने केन्द्रको नीति रहेको पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी उपव्यूरो ईन्चार्ज चन्द्रबहादुर चन्द क. विरजंगले बताएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending