Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

दिल्लीबाट फर्किएपछि मोर्चाको अबको बाटो

\"madheshiकाठमाडौं । तराइ–मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरु चार दिने भारत भ्रमणबाट स्वदेश फिरेका छन् । मोर्चाका मुख्य दुई घटक तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवल दिल्ली भ्रमणबाट फर्किएका छन् । दिल्लीको राजनीतिक भ्रमणपछि मोर्चाका घटक सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तमसपाका महेन्द्र राय यादव भने आफ्नै कामले स्वदेश फर्किएका छैनन् । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा भारत भ्रमणबाट फर्किए लगत्तै भारतले मोर्चाका नेताहरुलाई दिल्ली बोलाएका थिए । मोर्चाका नेताहरु दिल्ली जानुभन्दा एक दिनअघि सरकार र प्रमुख प्रतिपक्षी दलसँगको त्रिपक्षीय वार्तामा सहभागी भएका थिए । पछिल्लो त्रिपक्षीय वार्तामा प्रमुख तीन दलको साझा धारणा अमान्य भएको भन्दै मोर्चाका नेताहरु हिडेका थिए । मोर्चाका नेताहरु दिल्लीबाट फर्किएपछि सहमति बन्ने विश्वासका साथ प्रमुख राजनीतिक दलका नेताहरु मोर्चाका नेताहरुकै पर्खाइ थिए । मोर्चाका नेताहरु दिल्ली दौडाहाबाट फर्किएपछि प्रमुख राजनीतिक दलहरुको सक्रियता बढेको छ । आफ्ना तीन बुँदे साझा धारणाप्रति मोर्चाले असन्तुष्टी जनाएपछि अब कसरी अगाडि बढ्ने भनी प्रमुख तीन दल फेरि छलफलमा जुटेका हुन् । मोर्चालाई दिल्लीको सन्देशपछि मोर्चा केही लचिलो बन्ने नेताहरुको विश्वास छ । मोर्चाको नेताहरु जसरी पेश हुन्छन्, त्यसरी नै आफूहरु पनि सहमतिमा जुट्ने नेताहरुले तयारी गरेका छन् । मोर्चाको नयाँ रणनीति लामो आन्दोलनपछि दिल्लीको सुझाव लिएर फर्किएका मोर्चाका नेताहरुले फेरि पनि संवादलाई नै निरन्तरता दिने भएका छन् । वार्ता र संवादबाट नै समाधान निकाल्न भारतले सुझाव दिएकाले उनीहरुले फेरि पनि प्रमुख तीन दलसँगको संवादलाई निरन्तरता दिने योजना छ । तर मोर्चाले दलहरुकोसँगको अवको बार्तालाई निर्णायक बनाउने प्रयास गर्ने भएका छन् । जसका लागि तीन महिनाभित्र नभई सीमाकंनको विषयलाई तत्कालै टुंग्याउन दलहरुलाई दबाब दिनेछन् । तर तत्कालै सीमांकनको विषय टुंगो लाग्ने सम्भावना नभए निश्चित समय तोकेर सीमांकनको विषय टुंगो लगाउनेमा मोर्चाका नेताहरु सहमतिमा पुग्ने मोर्चाका एक नेताले बताए । लामो समयदेखि भएको आन्दोलन र मुलुकमा गम्भीर संकट उत्पन्न भएकाले सरकारले पनि गम्भीर्यता देखाउनुपर्ने मोर्चाका एक नेताले बताए । झापा, मोरङ, सुनसरी र थारुहट प्रदेशमा छलफल हुने   विवादस्पद झापा, मोरङ, सुनसरीमध्ये झापालाई छाडेर दुई जिल्लालाई दुई नम्बर प्रदेशमा गाभ्ने र कैलालीसहित नारायणीसम्मको भागलाई समेटेर थारुवान क्षेत्रको संरचना बनाउनेबारेमा छलफल केन्द्रीत हुने सम्भावना रहेको नेताहरुले बताएका छन् । पूर्व क्षेत्र नम्बर १ का विवादास्पद भनिएका तीन जिल्लामध्ये झापालाई छाडेर मोरङ र सुनसरीका केही भागलाई २ नम्बर प्रदेशमा गाभ्न सकिने तथा पश्चिमका कैलाली र कञ्चनपुरमध्ये कैलालीसहित नारायणी पश्चिमको भेगमा थारूवान क्षेत्रको संरचना स्वीकार्न सक्ने दिशामा अबको वार्ता केन्द्रित हुनेछ । लचकता अपनाउन भारतको सुझाव दिल्लीमा भएको राजनीतिक भेटघाटका क्रममा भारतीय विदेशमन्त्री तथा सुरक्षा सल्लाहकारले पनि लचकता अपनाएर वार्तामा बस्न मोर्चाका नेताहरुलाई सुझाव दिएका थिए भने विपक्षी दलका नेताहरुले मोर्चाका नेताहरुलाई हरुवा नेताहरुको संज्ञा दिँदै बहुमतीय प्रक्रियालाई स्वीकार गर्नुपर्ने बताएपछि मोर्चालाई अर्को दबाब परेको छ । लामो समय भइसकेकाले मधेसकै जनताहरु आजित भएका कारण मोर्चालाई पनि जतिसक्दो छिटो समाधान खोज्नुपर्ने बाध्यता बनेको छ । आन्दोलनको स्वरुप परिवर्तन गरेर भए पनि सरकारसँग आंशिक सहमतिमा आन्दोलन टुंग्गाउने मोर्चाको रणनीति रहेको सम्बद्ध स्रोतको भनाइ छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: