Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

भूकम्पपछिको पुनःनिर्माणसम्बन्धी विधेयक पारित

काठमाडौं । व्यवस्थापिका–संसद्, विधायन समितिको बैठकले भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको पुनःनिर्माणसम्बन्धी विधेयक संशोधनसहित सर्वसम्मतिले पारित गरेको छ । समितिको आज बसेको बैठकमा सहभागी सदस्यले सो विधेयक संशोधन वा यथावत रुपमा आजै पारित गर्न जोड दिएपछि सदस्य नवीन्द्रराज जोशीले पेस गरेको ‘दफा ३३ को खण्ड ९घ० र ९ङ० थप गरी क्रम मिलाउने र ९ङ० मा सो अध्यादेशबमोजिम नेपाल सरकारले गरेका नियुक्ति यसै ऐनबमोजिम मानिनेछ’ भन्ने सुझावलाई समावेश गरेर पारित गरेको हो । समितिका सभापति गङ्गा चौधरीको सभापतित्वमा बसेको सो बैठकमा सदस्यहरू रामनारायण बिंडारी,  प्रेमबहादुर सिंह, राधेश्याम अधिकारी,  लक्ष्मणलाल कर्ण, रेवतीरमण भण्डारी, कर्णबहादुर थापालगायतले भूकम्पबाट प्रभावित जनताले आठ महिना पीडा भोगिसक्दा पनि ऐनको अभावमा तिनलाई  राहत तथा पुनःस्थापनाको कार्यगर्ने प्रयत्न नभएको चर्चा गर्दै अब पनि यो विधेयक रोकेर राखे जनताको श्राप लाग्ने बताएका थिए । कानुन तथा न्याय, संसदीय मामिला मन्त्री अग्नि खरेलले बैठकमा सत्ता पक्ष र प्रतिपक्षका सबै सदस्यको विधेयकलाई पारित होस् भन्ने चाहना भएकाले प्राविधिक विषय मिलाइ विधेयक पारित गर्न आग्रह गरे । सो समितिको बैठकले आजै मुलुकी ऐनलाई प्रतिस्थापन गर्न बनेको विधेयक २०७१ को कार्यविधि र कार्यतालिका पनि पारित गरेको छ । सो विधेयकमा देवानी कानुनको संशोधन तथा एकीकरण, देवानी मुद्दाको कार्यविधिसम्बन्धी कानुन संशोधन तथा एकीकरण, फौजदारी कसुरसम्बन्धी प्रचलित कानुन संशोधन तथा एकीकरण, फौजदारी मुद्दाको कार्यविधिसम्बन्धी कानुन संशोधन तथा एकीकरण र फौजदारी कसुरमा सजाय निर्धारण तथा कार्यान्वयनसम्बन्धी व्यवस्था छन् । समन्वय समितिका संयोजक रामनारायण बिंडारीले सो विधेयकका सम्बन्धमा विज्ञको राय सुझावलाई एकीकृत गरी विशेषज्ञको रायसहित  छलफल गरी व्यवस्थापिका–संसद्मा पेस गर्न कार्यतालिका प्रस्तुत गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: