Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

आफ्नै शरीरमा आगो लगाई आत्महत्या, आमा गम्भीर घाइते

\"aago\"बैतडी । बैतडीमा एक व्यक्तिले आफ्नै शरीरमा आगो लगाई आत्महत्या गरेका छन् भने आमालाई आगो लगाएर गम्भीर  घाइते बनाएका छन् । प्रहरीका अनुसार आत्महत्या गर्नेमा दुर्गास्थान–६ का ३८ वर्षीय नारायण बडू रहेका छन् । उनले आमालाई मट्टीतेल खन्याई घाइते बनाएपछि आफूले पनि आफ्नै शरीरमा मट्टीतेल छर्केर गम्भीर घाइते भएका थिए । घाइते भएका बडूको सेती अञ्चल अस्पताल कैलालीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ  । मृतक बडूले  सोमबार आफ्नै शरीरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण शाहीले भने – ‘रक्सी सेवन गरी आप्mनो र आप्mनी आमाको शरीरमा आगो लगाएको रहेछ । आगोले जलेर गम्भीर घाइते भएकी ६८ वर्षीय आमा द्रौपती बडूलाई सेती अञ्चल अस्पतालमा उपचार हुन नसक्दा काठमाडौं पठाइएको छ । यसैबीच  मङ्गलबार पोखराको सेतीनदीमा एक किशोरीको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख नायब उपरीक्षक लक्ष्मीराज अधिकारीका अनुसार फेला पर्ने किशोरी रायल गाविस–९ का धनबहादुर खातीको १८ वर्षीया छोरी सुनिता खाती रहेकी छन् । मृतक किशोरी सोमबार दिउँसो घरबाट  देउरा बजार जान्छु भनी हिँडेकी थिइन् उनले भने ‘घटना कसरी भयो भनेर केही खुल्न सकेको छैन ।’ शव मङ्गलबार सेती नदीको बेला बगरमा फेला परेको प्रहरीले बताएको छ । मृतकको शवलाई रायल स्वास्थ्य चौकीमा परीक्षण गरी आफन्तको जिम्मा लगाइएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: