Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

वर्तमान द्वन्दको बिजारोपण काँग्रेस र एमालेः शाह

\"????????????????????????????????????\" भक्तपुर । नेपाली जनताका दलका अध्यक्ष हरिचरण शाहले वर्तमानमा राजनीतिक द्वन्द्व नेपाली काँग्रेस र एमालेले ल्याएको बताए । रफत सञ्चार क्लबले बुधावार गरेको साक्षात्कार कार्यक्रममा उनले संसदमा करिब दुई तिहाइको नजिक रहेको नेपाली काँग्रेस र एमाले मिलेर नयाँ  संविधान निर्माण गरेको र त्यसैको परिणाम अहिले द्वन्द्व आएको बताए । नेपाली नेताहरु भारतमा धाएर होइन स्वदेशमा नै बसेर मधेसको समस्याको समाधान गर्नुपर्ने भन्दै उनले भने – ‘कहिले मधेसी नेता भारत धाउने कहिले मन्त्रीहरु मधेस धाउँदा समस्या जाहाँको त्यहि रहेको हो । ठूला दलले सरकारले सञ्चालन गर्न नसकेको साबित भैसकेकाले अब नेतृत्व साना दलले गनुपर्ने भन्दै शाहले नेपालको इतिहासमा ठूला दल असफल साबित भैसकेको बताए । अध्यक्ष शाहले भने वर्तमान राष्ट्रिय संकटको एक मात्र निकास वर्तमान सरकार बिघटन गरी राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्छ । वर्तमान सरकार माले मसाले र मण्डलेको मिलेमतोमा बनेकाले नेपालको राज्य कोषको रकम समाप्त गर्न मात्र वर्तमान सरकार बनेको उनको  आरोप छ । भारतले यसअघि पनि नाकाबन्दी गरेको र भविष्यमा पनि गर्नसक्ने प्रति वर्तमान सरकार बेलैमा सजक  भएर नेपालमा नै आत्मनिर्भर हुन सक्ने वैकल्पिक उपायको खोजी गर्नुपर्ने उनले सुझाव दिए  । उनले भने– ‘भारतले गरेको नाकाबन्दीको कुटनीतिक पहल गर्न कमल थापा जस्तै ब्यक्तिलाई पठाउनुले भारतले आफ्नो लाभको मात्र बिचार गरेको र नेपाल भित्रको समस्या नेपालमै समाधान गर्न नसकि भारत धाउने रोगकै कारण भारतले समेत आफ्नो पाएकको स्थान खोजेको उनको भनाइ छ । उत्तर तर्फको नाका खोल्न सरकारले ढिला गरेको भन्दै शाहले भने नेपाल सरकारले कहिल्यै पनि दिर्घकालिन योजना ल्याएर काम गर्न नसक्दा नेपाल दिन प्रतिदिन परनिर्भर बन्नु परेको र सबै दोष सरकारको रहेको उनको टिप्पणी छ । तराईमा कामदार वर्गको हित हुने काम गर्न राजनीतिक दलहरुले नसक्दा समस्या दिन प्रतिदिन बल्झिँदै गएको भन्दै उनले जहिल पनि मन्त्री बनेका तराईका नेताहरुले लाभ लिइरहेको आरोप लगाए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: