Khabar Dabali २७ बैशाख २०८३ आईतवार | 10th May, 2026 Sun

दिल्ली दौडाहामा रहेका मोर्चाका नेताले मोदीलाई नै भेट्न पाएनन्

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा दिल्ली भ्रमणमा रहेका तराई–मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुले मंगलवार पनि राजनीतिक भेटघाट जारी राखेका छन् । \"Madhesi-morcha-ka-4-neta\"उनीहरुले मंगलबार भारतीय विदेश सचिव एस.जयशंकर र प्रधानमन्त्रीका सुरक्षा मामला सल्लाहकार अजित डोबलसँग भेटवार्ता गर्दैछन् । मोर्चाका नेताहरुले साउथ ब्लकमा विदेश सचिव जयशंकरलाई भेट गरेका छन् । जयशंकरसँगको भेटपछि अजित डोबलसँग उनीहरुले भेट गर्ने कार्यक्रम छ । अाज माेदीका सल्लाहकार डोबलसँग भेट गर्ने नेताहरुले अपरान्ह ६ बजे सल्लाहकार डोबलसँग भेट गर्ने कार्यक्रम छ । डोबलसँग भेटवार्ता गरेपछि मात्रै प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्ताबारे निक्यौल हुने बताइएको छ । मोदीकै निमन्त्रणमा दिल्ली दौडाहामा रहेका मोर्चाका नेताहरुले मोदीलाई भेट गर्ने समय भने अहिलेसम्म पनि पाएका छैनन् । मधेस आन्दोलनका बारेमा ‘ब्रिफिङ गर्न भन्दै दिल्ली गएका मोर्चाका नेताहरुले भारतीय विदेशमन्त्री सुष्मा स्वराज तथा अन्य राजनीति दलका नेताहरुलाई भने आइतबार नै भेटवार्ता गरिसकेका छन् । सोमवार भारतको राज्यसभा बैठकमा नेपाल मामिलासम्बन्धमा बहस हुने भएकाले त्यसअघि नै मधेस आन्दोलनबारे छलफल गर्न भन्दै मोर्चाका नेताहरुलाई दिल्ली बोलाइएको थियो । मोर्चाका नेताहरुले संसद वैठक बस्नु अघि नै भारतीय नेताहरुलाई भेट गरी नेपालमा भारतले नाकाबन्दी नगरेको र आफूहरुले नाकामा धर्ना दिएका कारण पारवहन नभएको बताएका थिए । उनीहरुले आफूहरुले लामो समयदेखि आन्दोलन गर्दा पनि सरकारले वेवास्ता गरेको भन्दै सहयोगका लागि पनि याचना गरेका थिए । मधेशी मोर्चाका नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो र महेन्द्र राय यादव आइतबार दिल्ली दौडाहामा छन् । उनीहरुको टोलीमा तराइ मधेश लोकतान्त्रिक पार्टीका ह्दयेश त्रिपाठी र चन्दा चौधरी पनि छन् । दिल्लीमा मधेस अान्दाेलनबारे बहस मधेशी मोर्चाका नेताहरुले मंगलबार पूर्व राजदूत जयन्त प्रसादको अध्यक्षतामा हुने अब्जर्भर रिसर्च फाउण्डेसन(ओआरएफ)को नेपालमा भएको मधेस आन्दोलनबारेको बहस कार्यक्रममा भाग लिँदैछन् । जवाहरलाल नेहरु विश्वबिद्यालयस्थित तराइ मधेश स्टडी ग्रुपले आयोजना गर्न लागेको अन्तरक्रियामा पनि मोर्चाका नेताहरुले बेलुका सहभागिता जनाउने बताइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending