Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

दिल्ली दौडाहामा रहेका मोर्चाका नेताले मोदीलाई नै भेट्न पाएनन्

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा दिल्ली भ्रमणमा रहेका तराई–मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुले मंगलवार पनि राजनीतिक भेटघाट जारी राखेका छन् । \"Madhesi-morcha-ka-4-neta\"उनीहरुले मंगलबार भारतीय विदेश सचिव एस.जयशंकर र प्रधानमन्त्रीका सुरक्षा मामला सल्लाहकार अजित डोबलसँग भेटवार्ता गर्दैछन् । मोर्चाका नेताहरुले साउथ ब्लकमा विदेश सचिव जयशंकरलाई भेट गरेका छन् । जयशंकरसँगको भेटपछि अजित डोबलसँग उनीहरुले भेट गर्ने कार्यक्रम छ । अाज माेदीका सल्लाहकार डोबलसँग भेट गर्ने नेताहरुले अपरान्ह ६ बजे सल्लाहकार डोबलसँग भेट गर्ने कार्यक्रम छ । डोबलसँग भेटवार्ता गरेपछि मात्रै प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्ताबारे निक्यौल हुने बताइएको छ । मोदीकै निमन्त्रणमा दिल्ली दौडाहामा रहेका मोर्चाका नेताहरुले मोदीलाई भेट गर्ने समय भने अहिलेसम्म पनि पाएका छैनन् । मधेस आन्दोलनका बारेमा ‘ब्रिफिङ गर्न भन्दै दिल्ली गएका मोर्चाका नेताहरुले भारतीय विदेशमन्त्री सुष्मा स्वराज तथा अन्य राजनीति दलका नेताहरुलाई भने आइतबार नै भेटवार्ता गरिसकेका छन् । सोमवार भारतको राज्यसभा बैठकमा नेपाल मामिलासम्बन्धमा बहस हुने भएकाले त्यसअघि नै मधेस आन्दोलनबारे छलफल गर्न भन्दै मोर्चाका नेताहरुलाई दिल्ली बोलाइएको थियो । मोर्चाका नेताहरुले संसद वैठक बस्नु अघि नै भारतीय नेताहरुलाई भेट गरी नेपालमा भारतले नाकाबन्दी नगरेको र आफूहरुले नाकामा धर्ना दिएका कारण पारवहन नभएको बताएका थिए । उनीहरुले आफूहरुले लामो समयदेखि आन्दोलन गर्दा पनि सरकारले वेवास्ता गरेको भन्दै सहयोगका लागि पनि याचना गरेका थिए । मधेशी मोर्चाका नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो र महेन्द्र राय यादव आइतबार दिल्ली दौडाहामा छन् । उनीहरुको टोलीमा तराइ मधेश लोकतान्त्रिक पार्टीका ह्दयेश त्रिपाठी र चन्दा चौधरी पनि छन् । दिल्लीमा मधेस अान्दाेलनबारे बहस मधेशी मोर्चाका नेताहरुले मंगलबार पूर्व राजदूत जयन्त प्रसादको अध्यक्षतामा हुने अब्जर्भर रिसर्च फाउण्डेसन(ओआरएफ)को नेपालमा भएको मधेस आन्दोलनबारेको बहस कार्यक्रममा भाग लिँदैछन् । जवाहरलाल नेहरु विश्वबिद्यालयस्थित तराइ मधेश स्टडी ग्रुपले आयोजना गर्न लागेको अन्तरक्रियामा पनि मोर्चाका नेताहरुले बेलुका सहभागिता जनाउने बताइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending