स्पार्टकसको संघर्षको कथा आज सम्पूर्ण मानव जातिका लागि एक उदाहरण बनेको छ ।उनको बारेमा ऐतिहासिक तथ्यहरु निकै कम मात्रामा छन् । प्रसिद्ध अमेरिकी साहित्यकार हावर्ड फास्टले एउटा ऐतिहासिक उपन्यास लेखेका छन् । जसको शिर्षक दिइएको छ ‘आदि विद्रोही’ (The Ancient Rebel) उक्त उपन्यास विश्वभर विभिन्न भाषामा उपलब्ध छ । उनको बारेमा ऐतिहासिक विवरणहरु आउन बाँकी छ । भनिन्छ, उनी निपुण सैन्य नेता थिए । स्पार्टकसको संघर्षको कथा आज सम्पूर्ण मानव जातिका लागि एक उदाहरण बनेको छ । प्राचीन रोममा दासहरु राख्ने, किनबेच गर्ने चलन थियो । दासहरु बजार बस्तु जस्तै किनबेच हुने गथ्र्यो । यसैबीच इसापूर्व ७१ र ७३ को बीचमा रोममा दास बिद्रोह भयो । जसको नेतृत्व स्पार्टकसले गरेका थिए । आदिम साम्यवादी समाजको जग भर्खरै भत्किएर तत्कालिन समाजमा साना ठूला विद्रोहहरु हुने गर्दथे । तर दास मालिकको विरुद्ध यति ठूलो संख्यामा दासहरु संगठित भएर लडेको त्यो नै पहिलो विद्रोह थियो ।
सैन्य जीवन त्यागेपछि २३ वर्षका हट्टा कट्टा लक्का जवान स्पार्टकस मिश्रको खानीमा अहोरात्र काम गर्न थाले ।सैन्य जीवन त्यागेपछि २३ वर्षका हट्टा कट्टा लक्का जवान स्पार्टकस मिश्रको खानीमा अहोरात्र काम गर्न थाले । त्यस सुनखानीमा मालिकहरु एथेन्सबाट पनि दासहरु किनेर ल्याउने गर्दथे । किनकी थे्रसका दासहरु सो कामका लागि राम्रो ठानिन्थे । काम गर्दा गर्दै उनलाई त्यहाँबाट किनेर ग्लेडिएटर बनाउन कापुआ लगियो । ग्लेडिएटर भनेको दासहरुबीच रक्ताम्य हुने गरी लडेका र आफू आफै टुक्रा टुक्रा हुने गरी लडिरहेका दासहरु मालिकहरुले रमाइलो मानी हेर्ने एउटा खेल हो । जहाँ उनीहरु टिकट किनेर उक्त खेल हेर्ने गर्दथे । स्पार्टकसलाई सो खेलका लागि प्रशिक्षण दिन थालियो । त्यही प्रशिक्षणकोबीचमै उनी आफ्ना साथीहरुसहित भागेर विसु वियस पर्वत पुगे । रोमका दास मालिकहरुकाविरुद्ध लड्न शक्ति बटुल्न थाले । दासहरुलाई संगठित गर्न थाले । दासहरुको संख्या हेर्दा हेर्दै सयौंबाट हजारौं पुग्यो । हुँदा हुँदा त्यो संख्या छोटो समयमै ९० हजार पुग्यो । खानीमा काम गर्दा गर्दा आफै फलाम जस्ता भएका दासहरु अव लड्नका लागि तयार हुन थाले । उनले घरेलु साम्रगीको कुशल प्रयोग गरेर असामान्य रणनीति बनाए । सुरु सुरुमा लुकिछिपी आक्रमण गरेपछि उनीहरु दिउँसै रोमन राज्यका किल्लाहरुमा धावा बोल्न थाले ।
प्रतिकृया लेख्नुहोस्: